सुदूरपश्चिम

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, लुम्बिनी, समाचार, सुदूरपश्चिम
कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको बस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएपछि पल्टिएको प्रहरीले जनाएको छ। शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित उक्त बसमा चालकसहित ४६ जना सवार थिए। दुर्घटनामा चालक कैलालीको धनगढी उपमहानगरपालिका–१३ गेटा निवासी ४२ वर्षीय हरीसिंह महरा, बैतडीको सिवास गाउँपालिका–६ निवासी २५ वर्षीय चक्रबहादुर रोकाया, डोटीको दिपायल सिलगढी नगरपालिका–५ निवासी ३० वर्षीय भरत मल्ल, कैलालीको गोदावरी नगरपालिका–१ निवासी २८ वर्षीय विमल भट्ट, गोदावरी नगरपालिका–२ निवासी ५५ वर्षीया सीतादेवी बादी, डडेलधुरा निवासी २९ वर्षीय नरेन्द्र ताम्राकार, उनकी श्रीमती २५ वर्षीया आलिया ताम्राकार, २ वर्षीय सुदर्शन ताम्राकार, बझाङको थलारा गाउँपालिका–...
भीरबाट टेम्पो खसालिएको घटनामा १२ जना नियन्त्रणमा

भीरबाट टेम्पो खसालिएको घटनामा १२ जना नियन्त्रणमा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, सुदूरपश्चिम
काठमाडौं — कैलालीको गोदावरीमा भीरबाट टेम्पो खसालिएको घटनामा संलग्न १२ जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। डिभिजन वन कार्यालय कैलालीका कर्मचारीहरूले चुरे क्षेत्रको अतिक्रमण हटाउने क्रममा एक टेम्पोलाई भीरबाट धकेलेर खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना विवादमा तानिएको हो। घटना शनिबार गोदावरी–४ गाईमारे क्षेत्रको भएको हो। बासपानीकी ४४ वर्षीया धनादेवी धामीको टेम्पो वन कार्यालयका कर्मचारीहरूले भीरबाट खसालेको आरोप छ। धामी उक्त टेम्पोमा सामान राखेर सडक छेउमै व्यापार गर्दै आएकी थिइन्। प्रहरीका अनुसार भिडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना बढेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले १२ जना कर्मचारीलाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप सोधपुछका लागि डिभिजन वन कार्यालय र सब–डिभिजन वन कार्यालय अत्तरियाका ११ कर्मचारीलाई समेत बोलाइएको छ। वन कार्यालयले भने टेम्पो वन तथा राजमार्ग अति...
हुम्ला–बाजुरा सीमा विवादबारे छानबिन गर्न गृह मन्त्रालयको टोली हुम्लामा

हुम्ला–बाजुरा सीमा विवादबारे छानबिन गर्न गृह मन्त्रालयको टोली हुम्लामा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार, सुदूरपश्चिम
सिमकोट । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा उत्पन्न विवाद तथा झडप घटनाबारे स्थलगत अध्ययन गर्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली हुम्ला पुगेको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज पौडेल को नेतृत्वमा रहेको टोली आइतबार सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। टोलीले विवादित क्षेत्र लाम्पाटा र च्याचौरको अवलोकन गरी घटनाको वास्तविक अवस्था बुझ्ने काम गरेको छ। सिमकोट बसाइँका क्रममा टोलीले स्थानीय नागरिक, घटनामा संलग्न पक्ष, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा नागरिक अगुवासँग छलफल गर्ने कार्यक्रम रहेको छ। गत जेठ २ देखि ४ गतेसम्म सीमा विवादका कारण हुम्ला र बाजुराका स्थानीयबीच झडप भएको थियो। विवाद चर्किएपछि गृह मन्त्रालयले घटनाको अध्ययन तथा समाधानका लागि छानबिन समिति गठन गरेको हो। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ बजे...
बाघको आक्रमणबाट नाबालकसहित चार जना घाइते

बाघको आक्रमणबाट नाबालकसहित चार जना घाइते

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार, सुदूरपश्चिम, सुरक्षा, स्वस्थ्य
कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणबाट नाबालकसहित चार जना घाइते भएका छन् । मंगलबार साँझ महेन्द्रनगरबाट बेलडाँडीतर्फ जाँदै गरेको क्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत कालिकिच नजिकै बाघले आक्रमण गर्दा उनीहरू घाइते भएका हुन् । कालिकिचबाट करिब दुई किलोमिटर टाढा निकुञ्ज क्षेत्रको हुलाकी सडकमा भएको आक्रमणमा मोटरसाइकल चालक बेलौरी नगरपालिका–९ खजुवाका वीरेन्द्र ठगुन्ना, उनकी श्रीमती कल्पना ठगुन्ना, अढाई वर्षीय छोरा रियान्स र १४ वर्षीया भान्जी आरुसी साहु घाइते भएका छन् । प्रहरीका अनुसार साँझ करिब ७ः३० बजेतिर बाघले मोटरसाइकल चालक ठगुन्नाको हातमा आक्रमण गर्दा सवारी अनियन्त्रित भई दुर्घटना भएको थियो । चालक ठगुन्नाको दाहिने खुट्टा, दुवै हात तथा शरीरका विभिन्न भागमा चोट लागेको छ भने अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । श्रीमती र बालक छोराको टाउको, अनुहा...
भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीका बहुमूल्य सामान बरामद

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीका बहुमूल्य सामान बरामद

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार, सुदूरपश्चिम, सुरक्षा
धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको बहुमूल्य धातु, गरगहना तथा नगदसहित दुई करोडभन्दा बढी मूल्य बराबरका सामान नेपाल प्रहरीले बरामद गरेको छ । तीन महिनाअघि फागुन १३ गते भारतको दिल्लीस्थित राजेन्द्रनगर निवासी संजयकुमार माखीजाको घरबाट करोडौं मूल्यका धनसम्पत्ति चोरी भएपछि आरोपीहरू फरार रहेका थिए । घटनामा संलग्न बाजुराको बुढीगंगा नगरपालिका–१० का उपेन्द्र रावतसहितको समूह नेपालतर्फ भागेको खुलेपछि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक महेश शाहीका अनुसार भारतीय नागरिक संजयकुमार माखीजाले नेपाल प्रहरीमा उजुरी दिएपछि विभिन्न जिल्लासँग समन्वय गरेर अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धानका क्रममा प्रहरीले उपेन्द्र रावतसहित बाजुराको खप्तड छान्ना गाउँपालिका–३ का लोकेश धामी र अछामको साँफेबगर नगरपालिका–४ का अर्जुन सुनारलाई पक्राउ गरे...
गोदावरी नगरपालिकाका मेयर भट्ट सवार सरकारी गाडी दुर्घटनामा

गोदावरी नगरपालिकाका मेयर भट्ट सवार सरकारी गाडी दुर्घटनामा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाडौं । कैलालीको गोदावरी नगरपालिका का मेयर वीरेन्द्र भट्ट सवार सरकारी गाडी शनिबार राति धनगढी–अत्तरिया ६ लेन सडकखण्डअन्तर्गत गेटा क्षेत्रमा दुर्घटनामा परेको छ। सुपप्र ०१–००१ झ ६०१ नम्बरको सरकारी गाडी दुर्घटनामा परेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। दुर्घटनामा गाडीमा सामान्य क्षति पुगेको भए पनि कुनै मानवीय क्षति नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनाग्रस्त गाडी हाल प्रहरी चौकी कैलाली गाउँमा राखिएको छ भने मेयर भट्ट सकुशल अवस्थामा आफन्तसँग घर फर्किएको बताइएको छ।...
प्रदेश सभा बैठक: दुई विधेयक एक वर्षदेखि अलपत्र, सचिवालयमै थन्किए

प्रदेश सभा बैठक: दुई विधेयक एक वर्षदेखि अलपत्र, सचिवालयमै थन्किए

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सचिवालयमा दर्ता गरेका दुई महत्वपूर्ण विधेयक एक वर्षदेखि अघि नबढ्दा अलपत्र अवस्थामा रहेका छन्। सभा सञ्चालन भइरहे पनि विधेयकहरू छलफलमा नआउँदा प्रक्रिया रोकिएको हो। टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धी विधेयक र बडघर/भलमनसा प्रथा संरक्षण तथा विकास सम्बन्धी विधेयक दुवै प्रदेश सभा सचिवालयमै थन्किएका छन्। यी विधेयक क्रमशः २०८१ चैत ३ र २०८२ जेठ २१ गते दर्ता भएका थिए। विगतमा बिजनेस अभावको समस्या भोगेको प्रदेश सभामा अहिले दर्ता भएका विधेयक नै अगाडि नबढ्दा कार्यसम्पादनमाथि प्रश्न उठेको छ। सत्तारूढ नेपाली कांग्रेसले यस विषयमा असन्तुष्टि व्यक्त गर्दै मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको दलको बैठकमार्फत सभामुख भीमबहादुर भण्डारीलाई विधेयक तत्काल अगाडि बढाउन आग्रह गर्ने निर्णय गरेको छ। दलका प्रमुख सचेतक विक्रमसिंह धामीका अनुसार दुवै...
पालिकामा खटाइएपछि दुई उपसचिवको राजीनामा

पालिकामा खटाइएपछि दुई उपसचिवको राजीनामा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा खटाइएका दुई उपसचिवले राजीनामा दिएका छन्। डडेल्धुरा र बाजुराका स्थानीय तहमा खटाइएका नवराज ओझा र भोजबहादुर ऐडीले पदबाट राजीनामा दिएका हुन्। डडेल्धुराको अमरगढी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरिएका नवराज ओझाले स्वास्थ्य अवस्था र व्यक्तिगत कारण देखाउँदै प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याललाई राजीनामा बुझाएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रवक्ता समेत रहेका ओझाको सेवा अवधि करिब एक वर्ष मात्र बाँकी रहेको बताइएको छ। यस्तै, बाजुराको बुढीगंगा नगरपालिकामा खटाइएका उपसचिव भोजबहादुर ऐडीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेर राजीनामा दिएका छन्। उनलाई २०८२ पुसमा नै उक्त पालिकामा खटाइएको भए पनि असहजता र दुर्गम क्षेत्रमा पुनः खटाइएपछि उनले पद छाडेको बुझिएको छ। यस घटनाले स्थानीय तहमा कर्मचारी व्यवस्थापन र सरुवा प्रणा...
प्रचण्डको आरोप : बालेन नेतृत्वको सरकार निरङ्कुशतातर्फ उन्मुख

प्रचण्डको आरोप : बालेन नेतृत्वको सरकार निरङ्कुशतातर्फ उन्मुख

Breaking News 1, Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार, सुदूरपश्चिम
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ले बालेन शाह नेतृत्वको वर्तमान सरकार निरङ्कुशताको दिशातर्फ उन्मुख भएको आरोप लगाएका छन्। बिहीबार रुकुम पश्चिमको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले ट्रेड युनियन र विद्यार्थी सङ्गठन खारेज गर्ने तयारी भइरहेको भन्दै सरकारको कदमप्रति असन्तुष्टि जनाए। साथै, अध्यादेश ल्याउने प्रक्रियाबारे पनि उनले आलोचना गरे। उनले भने, ‘सदनलाई छल्दै अध्यादेश ल्याउने र बोलाइसकेको अधिवेशन स्थगित गर्ने कार्य लोकतन्त्र र संसदीय अभ्यासविपरीत हो। यस्तो प्रवृत्तिबाट सरकार सचेत हुनुपर्छ, अन्यथा यो संविधानको मर्मविपरीत हुनेछ।’ प्रचण्डले सुकुमबासी समस्याबारे पनि धारणा राख्दै वैकल्पिक व्यवस्था नगरी बल प्रयोग गरिएकोप्रति आपत्ति जनाए। ‘सुकुमबासीले अतिक्रमण गरेका भए पनि उनीहरूको वास्तविक अवस्था बुझेर उचित छानबिन हुनुपर्थ्यो,’ उनले भने, ‘तर सरकारले हतारम...
दोदोधरालाई ‘पावर हब’ बनाउने योजना : सुदूरपश्चिम प्रसारणलाइनमा १३० अर्ब लगानी आवश्यक

दोदोधरालाई ‘पावर हब’ बनाउने योजना : सुदूरपश्चिम प्रसारणलाइनमा १३० अर्ब लगानी आवश्यक

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार, सुदूरपश्चिम
काठमाडौं — सुदूरपश्चिम क्षेत्रमा विद्युत् प्रसारण पूर्वाधार विस्तार गर्दै कैलालीको दोदोधरालाई देशकै प्रमुख ‘पावर हब’ बनाउने रणनीति अघि सारिएको छ। राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड का कार्यकारी अधिकृत सागर श्रेष्ठ का अनुसार बहुआयामिक प्रसारणलाइन निर्माणमार्फत सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऊर्जा बजारसँग जोड्ने तयारी भइरहेको छ। योजनाअनुसार हुम्लाबाट सुरु हुने प्रसारणलाइन बझाङ हुँदै दैजी–दोदोधरा जोडिनेछ भने कर्णाली करिडोरमार्फत डोल्पा, जाजरकोट र सुर्खेत हुँदै उत्पादित विद्युत् दोदोधरामा संकलन गरिनेछ। साथै, पश्चिम सेती आयोजना र बेतन कर्णालीको विद्युत् समेत दोदोधरामै ल्याउने गरी थप प्रसारणलाइन निर्माणको प्रक्रिया अघि बढाइएको छ। श्रेष्ठका अनुसार दोदोधरालाई ऊर्जा केन्द्रका रूपमा विकास गर्दा त्यहाँबाट भारतको बरेलीसम्म विद्युत् निर्यात गर्न छोटो र सहज मार्ग खुल्नेछ। यसले ने...