दुर्गा प्रसाईंविरुद्धको अनुसन्धान सम्पन्न, सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश
काठमाडौं । पर्सा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध गरिएको अनुसन्धान सम्पन्न गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेत का अनुसार सोमबार उक्त प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरिएको हो ।
प्रहरीले जेठ ४ गते वीरगन्जस्थित दियालो होटल बाट प्रसाईंलाई पक्राउ गरेको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ तथा राज्यविरुद्धको कसुर सम्बन्धी मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन पेश गरिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा प्रसाईंले विभिन्न युट्युब अन्तर्वार्ता तथा सार्वजनिक अभिव्यक्तिमार्फत महिलामाथि अपमानजनक टिप्पणी गरेको, सेना र प्रहरीजस्ता राज्यका निकायबारे विवादास्पद अभिव्यक्ति दिएको तथा प्रधानमन्त्री बालेन्द्र शाह, रवि लामिछाने, कुलमान घिसिङ र हर्क सम्पाङ लगायतबारे विभिन्न दाबी गरेको उल्लेख गरिएको छ ...















