गुन्द्रुकमा कडा मापदण्ड लागू, उत्पादनदेखि बिक्रीसम्म अनिवार्य स्वच्छता नियम
काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालय ले परम्परागत नेपाली खाद्य पदार्थ गुन्द्रुकको गुणस्तर सुनिश्चित गर्न नयाँ मापदण्ड लागू गरेको छ। यस व्यवस्थासँगै अब गुन्द्रुक उत्पादनदेखि प्याकेजिङ र बजार वितरणसम्म कडाइ गरिने भएको छ।
मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार गुन्द्रुकको स्पष्ट परिभाषा, उत्पादन प्रक्रिया र गुणस्तरसम्बन्धी मापदण्ड निर्धारण गरेको जनाएको छ। रायो, तोरी, मुलालगायत सागपातलाई नुनबिना प्राकृतिक वा ल्याक्टिक एसिड किण्वन विधिबाट तयार पारिएको खाद्य पदार्थलाई गुन्द्रुकका रूपमा परिभाषित गरिएको छ।
नयाँ नियमअनुसार किण्वन प्रक्रियामा फलाम, एल्युमिनियम, तामा वा पित्तलका भाँडाको प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ। साथै गुन्द्रुकमा ढुसी, किरा, माटो, प्लास्टिक वा धातुजस्ता कुनै पनि अशुद्ध पदार्थ मिसिन नहुने स्पष्ट गरिएको छ। कृत्रिम रंग, सुगन्ध र प्रिजरभेटिभको प्रयोग...















