ताजा अपडेट

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिको आधुनिकीकरण आवश्यक : राष्ट्रपति

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिको आधुनिकीकरण आवश्यक : राष्ट्रपति

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिमा आधुनिकीकरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। २३औँ राष्ट्रिय धान दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले कृषिलाई आधुनिक र व्यावसायिक बनाउँदै विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने बताए। यसबाट धान तथा चामलको आयात घटाई देशलाई आत्मनिर्भर बनाउन सकिने उनको भनाइ छ। राष्ट्रपतिले श्रम संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर बन्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिँदै कृषि केवल जीविकोपार्जनको माध्यम नभई सम्मानित र आकर्षक व्यवसायका रूपमा विकास गर्न सबैलाई आह्वान गरेका छन्। साथै, त्यसका लागि सम्बन्धित निकायले आवश्यक नीति, योजना र सहयोग उपलब्ध गराउनुपर्ने उल्लेख गरेका छन्। धान रोपाइँको महिना नेपाली कृषि संस्कृति र जीवनशैलीसँग गहिरो रूपमा जोड...
अब गृह मन्त्रालयसँग सिधै सम्पर्क गर्न सकिने, ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

अब गृह मन्त्रालयसँग सिधै सम्पर्क गर्न सकिने, ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार, सुरक्षा
काठमाडौं, १४ असार — गृह मन्त्रालयले नागरिकका गुनासा, सुझाव तथा आवश्यक जानकारी सहज रूपमा प्राप्त गर्ने उद्देश्यले ‘हेलो गृह कल सेन्टर’ औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। गृह प्रशासनलाई थप पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री बनाउने लक्ष्यसहित यो सेवा सुरु गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अब नागरिकले आफ्ना गुनासा, सुझाव वा आवश्यक जानकारी विभिन्न माध्यमबाट सिधै गृह मन्त्रालयसम्म पुर्‍याउन सक्नेछन्। यसका लागि टोल–फ्री नम्बर १११२ उपलब्ध गराइएको छ, जहाँ कुनै शुल्क नलाग्ने गरी फोन गरेर आफ्ना समस्या वा जिज्ञासा राख्न सकिनेछ। त्यसैगरी, डिजिटल माध्यम प्रयोग गर्न चाहने नागरिकले gunaso@moha.gov.np इमेलमार्फत पनि गुनासा, सुझाव वा प्रतिक्रिया पठाउन सक्नेछन्। यस्तै, मन्त्रालयले मोबाइल तथा ह्वाट्सएप नम्बर ९८५१३६०६०३ समेत सञ्चालनमा ल्याएको छ। उक्त नम्बरमार्फत नागरिकले आवश्यक जानकारी लिनुका...
सिक्किममा जगद्गुरु शिवशक्ति बाबा र पत्रकार कुमार भट्टराई भव्य सम्मानित

सिक्किममा जगद्गुरु शिवशक्ति बाबा र पत्रकार कुमार भट्टराई भव्य सम्मानित

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
  सिक्किम — सिक्किमको गान्तोक जिल्लाअन्तर्गत सिङ्ताम बजारस्थित प्रणामी मन्दिरमा आयोजित जगद्गुरु शिवशक्ति बाबाको दुईदिने आध्यात्मिक तथा सेवा शिविर सम्पन्न भएको छ। आयोजकका अनुसार शिविरमा सिक्किमका विभिन्न स्थानबाट आएका श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सर्वसाधारणदेखि विभिन्न विशिष्ट व्यक्तित्व (VIP) तथा सिक्किम प्रहरी समेत शिविरमा सहभागी भई सेवा लिएका थिए। सहभागीहरूले शिविरप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्। शिविरको सफल आयोजनालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय कथावाचक रोहितराज महाराजज्यूले जगद्गुरु शिवशक्ति बाबालाई प्रशंसापत्रसहित भव्य सम्मान प्रदान गरेका छन्। यसै अवसरमा शिविरका गतिविधि तथा समाचारलाई दर्शकमाझ प्रभावकारी रूपमा पुर्‍याएको योगदानको कदरस्वरूप एक्सप्रेस टिभी न्युज नेपालका प्रबन्ध निर्देशक कुमार भट्टराईलाई पनि अन्तर्राष्ट्रिय कथावाचक रोहितराज मह...
सनातन सिन्दूर अभियानका केन्द्रीय संयोजक यबराज आचार्य सिक्किममा भव्य सम्मानित

सनातन सिन्दूर अभियानका केन्द्रीय संयोजक यबराज आचार्य सिक्किममा भव्य सम्मानित

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
सनातन सिन्दूर अभियानका केन्द्रीय संयोजक तथा प्राचीनकालीन वैदिक सनातन राष्ट्रको संकल्पकर्ता यबराज आचार्य सिक्किममा विशेष सम्मानबाट सम्मानित भएका छन्। सिक्किमका रोहित राज महाराजले आचार्यलाई धार्मिक, सांस्कृतिक तथा सनातन मूल्य–मान्यताको संरक्षण र प्रवर्द्धनमा पुर्‍याउँदै आएको योगदानको उच्च कदर गर्दै भव्य सम्मान प्रदान गरेका हुन्। सम्मान कार्यक्रममा सनातन धर्मप्रति आस्था राख्ने विभिन्न क्षेत्रका व्यक्तित्व तथा श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सम्मान ग्रहणपछि आचार्यले आफूलाई प्रदान गरिएको सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण सनातन धर्मप्रेमीहरूको सम्मानका रूपमा लिएको बताए। उनले सिक्किमबाट प्राप्त आत्मीयता, सद्भाव र प्रेमप्रति आभार व्यक्त गर्दै भने, "यो केवल सम्मान मात्र होइन, सिक्किमवासीको माया, विश्वास र आत्मीयताको प्रतीक हो। यसले मलाई सनातन धर्म, संस्कृति र राष्ट्र चेत...
२४ घण्टाभित्र सडकका खाल्डा नपुरे सरकारबाटै जरिवाना असुल गर्नुपर्ने माग

२४ घण्टाभित्र सडकका खाल्डा नपुरे सरकारबाटै जरिवाना असुल गर्नुपर्ने माग

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले नागरिकबाट मात्र कर र जरिवाना असुल्ने प्रवृत्ति अन्त्य गर्दै आफ्नो दायित्व पूरा नगर्ने सरकारी निकायलाई पनि जरिवाना तिराउने व्यवस्था गर्न माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ट्राफिक नियम उल्लंघन गर्ने नागरिकमाथि कडा जरिवानाको व्यवस्था गर्न खोजिएको अवस्थामा राज्य पनि आफ्ना कमजोरीप्रति उत्तिकै जिम्मेवार हुनुपर्ने बताएका हुन्। उनले सडकमा परेको खाल्डो २४ घण्टाभित्र नपुरिए सम्बन्धित सरकारी निकायबाट जरिवाना असुल गर्नुपर्ने र त्यसका कारण दुर्घटना भए सरकारले क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था गर्नुपर्ने धारणा राखे। शाहीले भने, “नागरिकले ट्राफिक नियम उल्लंघन गर्दा एक लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था गर्न सकिन्छ भने राज्यले आफ्नो दायित्व पूरा नगर्दा किन जरिवाना नतिर्ने ? कानु...
सुनको भाउ तोलामा ४ हजार ७ सय रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा ४ हजार ७ सय रुपैयाँले बढ्यो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, ब्यापार, समाचार
काठमाडौं — नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ४ हजार ७ सय रुपैयाँले बढेको हो। शुक्रबार प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ४ हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी आज १४५ रुपैयाँले बढेर ४ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।...
मदन भण्डारीको ७५औँ जन्मजयन्ती आज मनाइँदै, एउटै मञ्चबाट ओली–प्रचण्डसहित शीर्ष नेताहरूको सम्बोधन

मदन भण्डारीको ७५औँ जन्मजयन्ती आज मनाइँदै, एउटै मञ्चबाट ओली–प्रचण्डसहित शीर्ष नेताहरूको सम्बोधन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । तत्कालीन नेकपा (एमाले) का महासचिव तथा जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले आज काठमाडौंस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल तथा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरू एउटै मञ्चमा सहभागी हुनेछन्। फाउन्डेसनले आयोजना गरेको ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय विमर्शमा ओली, प्रचण्ड, नेपाल, खनाल र यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको आतिथ्यमा हुने यो कार्यक्रम पछिल्लो राजनीतिक परिवेशका कारण विशेष अर्थपूर्ण रूपमा हेर...
मदन भण्डारी हिरक जयन्तीको अवसरमा टोखामा रक्तदान कार्यक्रम सम्पन्न

मदन भण्डारी हिरक जयन्तीको अवसरमा टोखामा रक्तदान कार्यक्रम सम्पन्न

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, स्वस्थ्य
नेपाल कम्युनिष्ट पार्टी (एमाले) टोखा नगर कमिटीको आयोजनामा मदन भण्डारीको हिरक जयन्तीको अवसर पारेर आयोजित वृहत् रक्तदान कार्यक्रम टोखा नगरपालिका–७ मा सफलतापूर्वक सम्पन्न भएको छ। “रक्तदान गरौँ, जीवनदान दिऔँ” भन्ने मानवीय सन्देशलाई आत्मसात् गर्दै आयोजित कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) टोखा नगर कमिटीका अध्यक्ष गोपी पाठक, टोखा नगरपालिका–७ का वडा अध्यक्ष, टोखा नगरपालिका–८ का वडा अध्यक्ष रमेश खत्री, वडा ८ सदस्य अनुप राई, विजय बानियाँ लगायत पार्टीका नेता–कार्यकर्ता, जनप्रतिनिधि, सामाजिक व्यक्तित्व तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित वक्ताहरूले रक्तदानलाई सबैभन्दा ठूलो मानवीय सेवामध्ये एक भएको उल्लेख गर्दै स्वस्थ व्यक्तिले नियमित रूपम...
टोखा–११ मा युवा तथा महिला लक्षित १० दिने इभेन्ट डेकोरेशन तालिम सम्पन्न

टोखा–११ मा युवा तथा महिला लक्षित १० दिने इभेन्ट डेकोरेशन तालिम सम्पन्न

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, शिक्षा, समाचार
  काठमाडौं। टोखा नगरपालिका–११ को आयोजनामा युवा तथा महिलालाई स्वरोजगार तथा सीपमूलक व्यवसायतर्फ प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने इभेन्ट डेकोरेशन तथा स्वरोजगार सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिम समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नं. ११ का वडा अध्यक्ष घनश्याम खड्काको उपस्थिति रहेको थियो। कार्यक्रममा वडा सदस्य ईश्वरी घिमिरे आचार्य, वडा सदस्य रञ्जिता बोगटी, वडा सचिव, सहजीकरण गर्ने ग्रामीण विकास तथा अनुसन्धान केन्द्रका प्रतिनिधि, टोखा ११ को सक्रिय युवा प्रत्येक सामाजिक कार्यमा मा चासो राख्ने मनोज सर, इभेन्ट डेकोरेशनका प्रशिक्षक तथा सम्पूर्ण प्रशिक्षार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। समापन समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले सीपमूलक तालिमले युवाहरू र महिलाहरूलाई आत्मनिर्भर बन्न, उद्यमशीलता विकास गर्न तथा रोजगारी सिर्जना गर्न महत...
दाहाल र नेपालले शेखर कोइरालासँग गरे भेट

दाहाल र नेपालले शेखर कोइरालासँग गरे भेट

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, राजनीति, समाचार
विराटनगरस्थित कोइराला निवासमा नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग शुक्रबार भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा देशको समसामयिक राजनीतिक अवस्था, पछिल्लो राजनीतिक घटनाक्रम तथा आपसी चासोका विविध विषयमा छलफल भएको जनाइएको छ। वर्तमान राजनीतिक परिस्थितिका बीच भएको यस भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।...