प्रदेश समाचार

बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलनबाट शैक्षिक रूपान्तरणको सन्देश

बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलनबाट शैक्षिक रूपान्तरणको सन्देश

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, शिक्षा, समाचार
सुर्खेत । सुर्खेतमा सम्पन्न बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलन–२०२६ ले शिक्षा, प्रविधि र अनुसन्धान क्षेत्रमा सहकार्य विस्तार गर्दै शैक्षिक रूपान्तरणका लागि ठोस पहल आवश्यक रहेको निष्कर्ष निकालेको छ । समापन समारोहमा वक्ताहरूले सम्मेलनबाट प्राप्त उपलब्धि र निष्कर्षहरू व्यवहारमा लागू गर्न जोड दिँदै आधुनिक शिक्षा प्रणालीतर्फ रूपान्तरण अनिवार्य भएको बताए । प्रमुख अतिथि तथा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले सम्मेलनमा उठेका विचार र सुझावहरू कार्यान्वयनमा लैजान सबै सरोकारवाला पक्ष सक्रिय हुनुपर्ने बताए । उनले सूचना प्रविधि र नवप्रवर्तनको तीव्र विकाससँगै शिक्षा प्रणालीमा व्यापक परिवर्तन भइरहेको उल्लेख गर्दै विश्वविद्यालयहरूलाई समयअनुकूल प्राविधिक, नीतिगत तथा प्राज्ञिक रूपमा सक्षम बनाउनुपर्नेमा जोड दिए । विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले यस्ता अन...
मनोहरा सुकुम्बासी बस्तीमा डोजर अभियान जारी, १३ डोजर परिचालन

मनोहरा सुकुम्बासी बस्तीमा डोजर अभियान जारी, १३ डोजर परिचालन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
काठमाडौं । कागेश्वरी मनोहरा क्षेत्रमा रहेको मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा घर–टहरा भत्काउने अभियान आज पनि जारी राखिएको छ। बाँकी संरचना हटाउन सोमबार बिहान ७ बजेदेखि १३ वटा डोजर परिचालन गरिएको हो। आइतबारदेखि सुरु गरिएको उक्त अभियान अन्तर्गत अधिकांश घर–टहरा हटाइसकिएको भए पनि केही संरचना बाँकी रहेकाले आज पुनः डोजर चलाइएको सम्बन्धित निकायले जनाएको छ। अभियानमा भक्तपुरबाट खटिएको नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाको नगर प्रहरी संयुक्त रूपमा परिचालित छन्। सुरक्षाको व्यवस्थासहित बस्ती खाली गराउँदै डोजर प्रयोग गरेर अवैध संरचना हटाउने कार्य भइरहेको छ। यसअघि पनि महानगर प्रमुख बालेन्द्र (बालेन) शाहको निर्देशनमा थापाथली र गैह्रीगाउँ क्षेत्रका सुकुम्बासी बस्ती हटाइएको थियो। ती क्षेत्रबाट हटाइएका परिवारलाई कीर्तिपुर, नागार्जुन र भक्तपुरका विभिन्न स्थानमा अस्थायी रूपमा व्यवस्थापन गरिएको थ...
मनोहरा सुकुम्बासी बस्तीमा डोजर अभियान जारी, १३ डोजर परिचालन

मनोहरा सुकुम्बासी बस्तीमा डोजर अभियान जारी, १३ डोजर परिचालन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । कागेश्वरी मनोहरा क्षेत्रमा रहेको मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा घर–टहरा भत्काउने अभियान आज पनि जारी राखिएको छ। बाँकी संरचना हटाउन सोमबार बिहान ७ बजेदेखि १३ वटा डोजर परिचालन गरिएको हो। आइतबारदेखि सुरु गरिएको उक्त अभियान अन्तर्गत अधिकांश घर–टहरा हटाइसकिएको भए पनि केही संरचना बाँकी रहेकाले आज पुनः डोजर चलाइएको सम्बन्धित निकायले जनाएको छ। अभियानमा भक्तपुरबाट खटिएको नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाको नगर प्रहरी संयुक्त रूपमा परिचालित छन्। सुरक्षाको व्यवस्थासहित बस्ती खाली गराउँदै डोजर प्रयोग गरेर अवैध संरचना हटाउने कार्य भइरहेको छ। यसअघि पनि महानगर प्रमुख बालेन्द्र (बालेन) शाहको निर्देशनमा थापाथली र गैह्रीगाउँ क्षेत्रका सुकुम्बासी बस्ती हटाइएको थियो। ती क्षेत्रबाट हटाइएका परिवारलाई कीर्तिपुर, नागार्जुन र भक्तपुरका विभिन्न स्थानमा अस्थायी रूपमा व्यवस्थापन गरिएको थ...
सरकारी नयाँ मस्यौदा निर्देशिका: सार्वजनिक सवारीमा जीपीएस जडान अनिवार्य बनाइने

सरकारी नयाँ मस्यौदा निर्देशिका: सार्वजनिक सवारीमा जीपीएस जडान अनिवार्य बनाइने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
काठमाडौं । सार्वजनिक सवारी साधनलाई थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सरकारले जीपीएस प्रणाली अनिवार्य गर्ने तयारी गरेको छ । अब सार्वजनिक सवारीका धनीहरूले आफ्ना सवारीमा जीपीएस उपकरण जडान गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको “सवारी साधनलाई प्रविधिजडित, सुरक्षित र यात्रीमैत्री बनाउने सम्बन्धी निर्देशिका, २०८२ (मस्यौदा)” मा यस्तो प्रावधान राखिएको हो । निर्देशिकाअनुसार जडान गरिने जीपीएस उपकरणको सुरक्षा र सञ्चालनको जिम्मेवारी चालक तथा परिचालक दुवैमा रहनेछ । आवश्यक प्राविधिक सहयोग सम्बन्धित निकायबाट उपलब्ध गराइने उल्लेख गरिएको छ । साथै, जीपीएस प्रणालीको प्रभावकारी अनुगमनका लागि नियन्त्रण केन्द्रसहितको विशेष प्रणाली स्थापना गरिनेछ । यसमार्फत सवारी साधनको वास्तविक समयको विवरण, मार्ग र अन्य डेटा संकलन तथा व्य...
सरकारी जग्गा खाली गराउने अभियान जारी, गोठाटार र मनोहरामा डोजर सञ्चालन

सरकारी जग्गा खाली गराउने अभियान जारी, गोठाटार र मनोहरामा डोजर सञ्चालन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी किनार तथा जोखिमयुक्त सार्वजनिक र सरकारी जग्गा खाली गराउने अभियान आज पनि निरन्तर अघि बढाइएको छ। सरकारले हिजो अधुरो रहेका संरचना हटाउने कामलाई तीव्रता दिँदै बिहानैदेखि टोली परिचालन गरेको हो। कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ को गोठाटार (बुद्धचोक) र वडा नं. ९ को मनोहरा क्षेत्रमा रहेका जोखिमपूर्ण बस्ती हटाउने कार्य सुरु गरिएको छ। डोजर प्रयोग गरी असुरक्षित संरचनाहरू हटाउने क्रम जारी रहेको छ। बस्ती हटाउनुअघि स्थानीयवासीका सरसामान सुरक्षित रूपमा निकाल्न र स्थानान्तरण गर्न सुरक्षाकर्मीले सहयोग गरेका छन्। सम्बन्धित क्षेत्रका संरचना हटाइसकेपछि बाँकी रहेका काठमाडौँ महानगरपालिका वडा नं. ९ (गैरीगाउँ) र वडा नं. ३१ (शान्तिनगर) का नदी किनारका बस्तीहरू पनि खाली गरिने जनाइएको छ। यसअघि काठमाडौँ महानगरपालिका वडा नं. ११ स्थित थापाथली क्षेत्रमा रहेको सरकारी जग्गा शा...
मनोहरामा डोजरसहित प्रहरी परिचालन, आजै संरचना हटाइने तयारी

मनोहरामा डोजरसहित प्रहरी परिचालन, आजै संरचना हटाइने तयारी

Breaking News 1, Breaking News 2, आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं — कागेश्वरी मनोहरा क्षेत्रमा अवस्थित सुकुम्बासी बस्ती हटाउने अभियान पुनः तीव्र पारिएको छ। आइतबार बिहान ९ बजेदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने डोजरहरू समेत तयारी अवस्थामा राखिएका छन्। यसअघि संरचना भत्काउन पुगेको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेपछि रात परेकाले फर्किएको थियो। तर आज बिहानैदेखि पुनः सुरक्षाकर्मी र उपकरणसहित टोली त्यहाँ पुगेको हो। बिहानैदेखि बस्तीका बासिन्दाले घर–टहराबाट सामान निकाल्न थालेका छन्। महानगर प्रहरी बलका इन्स्पेक्टर ईश्वर वाग्लेले आज जुनसुकै अवस्थामा पनि संरचना हटाइने स्पष्ट पारे। उनका अनुसार करिब १० वटासम्म डोजर परिचालन गर्ने तयारी गरिएको छ। “मनोहरामा बिहान ९ बजेदेखि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ, विभिन्न स्थानबाट डोजर ल्याइँदैछ,” उनले बताए।...
५० यार्ड टाढाबाट आएको संदिग्ध व्यक्तिबारे ट्रम्पको प्रतिक्रिया

५० यार्ड टाढाबाट आएको संदिग्ध व्यक्तिबारे ट्रम्पको प्रतिक्रिया

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं — अमेरिकी राष्ट्रपति Donald Trump ले ह्वाइट हाउस संवाददाता भोजमा देखिएको संदिग्ध व्यक्तिबारे प्रतिक्रिया दिएका छन्। उनले उक्त व्यक्ति “५० यार्ड टाढाबाट जुध्न आएको” दाबी गरेका हुन्। राष्ट्रपति ट्रम्पका अनुसार ती व्यक्ति कार्यक्रम कक्षबाट निकै टाढा रहेको र तत्काल खतरा न्यून रहेको बुझिएको थियो। “त्यसैले ऊ कार्यक्रम कक्षबाट धेरै टाढा थियो,” उनले स्पष्ट पारे। हातहतियारसहितको उक्त व्यक्ति कार्यक्रमस्थलभित्र कसरी प्रवेश गर्न सफल भयो भन्ने विषय अझै खुल्न सकेको छैन। यस घटनापछि सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। CNN का अनुसार, घटनापछि भित्री कार्यक्रमहरूको सुरक्षा रणनीति परिवर्तन गर्नेबारे सोधिएको प्रश्नमा ट्रम्पले सामान्य प्रतिक्रिया दिँदै भने, “जस्तो छ, त्यस्तै हो।” उनले कार्यक्रम कक्ष अत्यन्त सुरक्षित रहेको दाबी गर्दै गुप्त सुरक्षा सेवाका एजेन्टहरूको कार्यप्रदर्शन “धेरै प्र...
थापाथली सुकुमबासी बस्ती खाली गर्ने कार्य तीव्र, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

थापाथली सुकुमबासी बस्ती खाली गर्ने कार्य तीव्र, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार, सुरक्षा
काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुमबासी बस्ती खाली गर्ने कार्यलाई तीव्र बनाएको छ । बस्ती हटाउने क्रममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । महानगर प्रहरी प्रमुख विष्णु प्रसाद जोशीका अनुसार हालसम्म उक्त क्षेत्रमा वास्तविक ‘होमलेस’ (बसोबासविहीन) व्यक्ति फेला नपरेको बताइएको छ । उनले भने, “अहिलेसम्म वास्तविक होमलेस भेटिएका छैनन्। असक्त, वृद्ध तथा गर्भवती महिलाहरूलाई उहाँहरूको अनुरोधअनुसार सुरक्षित स्थानमा पठाइएको छ। दुई परिवारलाई बिरामी भएपछि अस्पताल पुर्‍याइएको छ भने सामान ढुवानीका लागि चार ट्रक प्रयोग गरिएको छ।” जोशीका अनुसार टहराभित्र रहेका सामान बाहिर निकाल्ने काम जारी छ भने अधिकांश व्यक्तिहरू आफ्ना गन्तव्यतर्फ गइसकेका छन् । उनले थपे, “यदि कोही वास्तविक होमलेस हुनुहुन्छ भने आउनुस् भने पनि अहिलेसम्म कोही सम्पर्कमा आउनुभएको छैन।” नगर प्रहरीका अनुसार ...
दीपेन्द्रको उत्कृष्ट प्रदर्शनमा नेपालद्वारा यूएईसामू मध्यम लक्ष्य प्रस्तुत

दीपेन्द्रको उत्कृष्ट प्रदर्शनमा नेपालद्वारा यूएईसामू मध्यम लक्ष्य प्रस्तुत

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
आईसीसी लिग– २ अन्तगर्त त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले यूएईलाई मध्यम लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर यूएईसामू २०१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको हो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे । उनले ७५ रन प्रहार गरे । त्यस्तै, नेपाल लागि ओपनर आशिफ शेख ७ तथा कुशल भुर्तेल २४ रन बनाएर आउट भए । त्यसैगरी, भीम सार्की १०, कप्तान रोहितकुमार पौडेल २, बसिर अहमद २०, आरिफ शेख र सोमपाल कामी १५–१५, करण केसी २२ र सन्दीप लामिछाने २ रनमा आउट भए । ललित राजवंशी शून्य रनमा अविजित रहे । यूएईका जनाइड सिद्धकी र अजय कुमारले ३–३ विकेट लिए ।...
सुकुम्बासी बस्ती हटाउन ठूलो संख्यामा सुरक्षा बल परिचालन (तस्बिरहरू)

सुकुम्बासी बस्ती हटाउन ठूलो संख्यामा सुरक्षा बल परिचालन (तस्बिरहरू)

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार, सुरक्षा
काठमाडौँ । सरकारले सुकुम्बासी बस्ती खाली गराउने अभियानअन्तर्गत आज थापाथली र गैरीगाउँ क्षेत्रमा ठूलो संख्यामा सुरक्षा बल परिचालन गरेको छ। सम्भावित प्रतिरोधलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी व्यापक रूपमा खटाइएको हो। सरकारले आज ती क्षेत्रमा रहेका अस्थायी संरचना हटाउने कार्य अघि बढाएको जनाएको छ। सुकुम्बासी समुदायबाट विरोध हुन सक्ने आकलनका कारण सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ। यसैबीच, बाँकी रहेका मनोहरा, सिनामंगललगायत क्षेत्रका बस्तीहरू भोलि हटाउने तयारी गरिएको सरकारी स्रोतले जनाएको छ। अभियानलाई चरणबद्ध रूपमा अघि बढाउँदै सार्वजनिक तथा नदी किनार क्षेत्रको संरक्षण गर्ने लक्ष्य राखिएको छ।...