प्रदेश समाचार

जंगली बँदेल ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा, धपाउन वा मार्न पाइने

जंगली बँदेल ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा, धपाउन वा मार्न पाइने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, मधेस प्रदेश, समाचार, सुदूरपश्चिम
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले किसानको बालीनालीमा क्षति पुर्‍याउँदै आएको जंगली बँदेललाई एक वर्षका लागि ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरेको छ। Ministry of Forests and Environmentले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६ बमोजिम उक्त निर्णय गरेको हो। राजपत्रमा प्रकाशित सूचनाअनुसार अब किसानले आफ्नो निजी खेत, खला वा बारीमा पसेर क्षति पुर्‍याउने (सानो जातको बँदेल बाहेक) जंगली बँदेललाई बिना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्नेछन्। तर यो व्यवस्था निश्चित सर्तसहित लागू गरिएको छ। बँदेलले वास्तविक रूपमा बालीनाली वा धनजनमा क्षति पुर्‍याएको अवस्थामा मात्र किसानले व्यक्तिगत वा सामूहिक रूपमा नियन्त्रण गर्न पाउनेछन्। यदि बँदेल जिउँदै समातिएमा नजिकको राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा डिभिजन वन कार्यालयमा बुझाउनुपर्नेछ। साथै, घटनाबारे सम्बन्धित...
धादिङ बस दुर्घटना : गृह मन्त्रालयमा बैठक, छानबिन समिति गठन

धादिङ बस दुर्घटना : गृह मन्त्रालयमा बैठक, छानबिन समिति गठन

Breaking News 1, Breaking News 2, ताजा अपडेट, पर्यटन, प्रदेश समाचार, बागमती, समाचार
धादिङमा भएको भीषण बस दुर्घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गर्ने निर्णय गरेको छ। ठूलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको बैठकले घटनाको विस्तृत अनुसन्धान गर्ने निर्णय गरेको मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन्। बैठकमा गृहमन्त्री ओम प्रकाश, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघका प्रतिनिधि तथा तीनवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए। छलफलपछि दुर्घटनाको कारण, जिम्मेवारी र आगामी सुरक्षा उपायबारे अध्ययन गर्न छानबिन समिति गठन गर्ने निर्णय गरिएको हो। पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति करिब १ बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५, भैंसेगौडाबाट त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। तीमध्ये १७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ट्रमा सेन्टरम...
राष्ट्रपति पौडेलद्वारा ग्याल्पो ल्होसारको अवसरमा शुभकामना

राष्ट्रपति पौडेलद्वारा ग्याल्पो ल्होसारको अवसरमा शुभकामना

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
राष्ट्रपति रामचन्द्र पौडेल ले ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश दिँदै पर्वले नेपालीबीच एकता, सामाजिक-सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताएका छन्। उनले भनेका छन्, “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक रूपमा विविधतायुक्त राष्ट्र भएकाले ग्याल्पो ल्होसारजस्ता पर्वहरूले सबै नेपालीबीच एकता र सामाजिक सद्भाव सुदृढ गर्न मद्दत पुर्याउँछ। यसले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने काम गर्छ।” राष्ट्रपतिले शेर्पा समुदायका स्वदेश तथा विदेशमा रहेका दिदीबहिनी र दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त पनि गरेका छन्।...
रामेछाप बस दुर्घटना अपडेट

रामेछाप बस दुर्घटना अपडेट

Breaking News 1, Breaking News 2, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, पर्यटन, प्रदेश समाचार, बागमती, समाचार
रामेछाप मन्थली नजिक भएको बस दुर्घटनामा ज्यान गुमाउने १२ मध्ये १० जनाको सनाखत गरिएको छ। मृतकको नामसहितको विवरण यस प्रकार छ: लिखु तामाकोशी–७: भीमबहादुर तामाङ (३८), सानुमाया तामाङ (३५), रमिता तामाङ (२६), तारा तामाङ (३१) लिखु तामाकोशी–४: बबी तामाङ (२२), दीपेन्द्र बस्नेत (२६) लिखु तामाकोशी–६: दीपेश बस्नेत, मानकुमारी बरुवाल (४५) सिन्धुली गोलन्जोर–६: शिव श्रेष्ठ (३४) दोलखा भीमेश्वर–८: मानबहादुर तामाङ (६०) मृतक दुई जनाको सनाखत अझै बाँकी छ। प्रहरीका अनुसार दुर्घटनामा बस चालकसहित ८ जना घाइते भएका छन्। घाइतेहरू खुर्कोट शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचाररत छन्। बस चालकलाई नियन्त्रणमा लिइएको छ र बाँकी यात्रुको खोजतलाश जारी छ। दुर्घटना भएको बस अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको, काठमाडौँ–ओखलढुङ्गा मार्गको मसानटार, मन्थली...
नेकपाको प्रतिबद्धता सार्वजनिक : ५ वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि र वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य

नेकपाको प्रतिबद्धता सार्वजनिक : ५ वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि र वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य

Breaking News 1, Breaking News 2, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। ‘तारा’ चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएको पार्टीले आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ। पार्टीले आगामी ५ वर्षभित्र १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल गर्ने, प्रतिवर्ष ५ लाख रोजगारी सिर्जना गर्ने र गरिबी दर उल्लेख्य रूपमा घटाउने लक्ष्य अघि सारेको छ। भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्ने, डिजिटल प्रशासन लागू गर्ने र सुशासन सुनिश्चित गर्ने प्रतिबद्धता पनि गरिएको छ। यसका साथै, कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने, भूमिहीनलाई लालपुर्जा वितरण गर्ने, स्वास्थ्य सेवा नि:शुल्क बनाउने, ‘एक पालिका–एक स्मार्ट विद्यालय’ लागू गर्ने तथा ऊर्जा, पूर्वाधार र पर्यटन...
हेटौँडाको आन्तरिक राजस्व कार्यालयद्वारा ८० करोडभन्दा बढी राजस्व सङ्कलन

हेटौँडाको आन्तरिक राजस्व कार्यालयद्वारा ८० करोडभन्दा बढी राजस्व सङ्कलन

Breaking News 1, Breaking News 2, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
मकवानपुर, माघ २५ गते । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिनामा ८० करोड आठ लाख ९९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा कुल तीन अर्ब २७ करोड ९२ लाख ३२ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा आठ करोड ८६ लाख १० हजार रुपैयाँले बढी हो। उक्त अवधिमा अन्तःशुल्कबाट एक अर्ब ८८ करोड ६४ लाख ८७ हजार, आयकरबाट ५९ करोड ३२ लाख ७१ हजार, मूल्य अभिवृद्धि कर (भ्याट) बाट ४६ करोड ७१ लाख ३० हजार, स्वास्थ्य जोखिम करबाट २७ करोड ७३ लाख दुई हजार, ब्याजबाट तीन करोड ६९ लाख ४७ हजार तथा बहाल करबाट ८१ लाख २६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो। गत आर्थिक वर्षको सोही अवधिमा तीन अर्ब १९ करोड छ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो। हाल कार्यालयमा आय...
निरन्तर ५० वर्ष प्रकाशित पत्रपत्रिकालाई ‘प्रेस काउन्सिल सम्मान’ प्रदान गरिने

निरन्तर ५० वर्ष प्रकाशित पत्रपत्रिकालाई ‘प्रेस काउन्सिल सम्मान’ प्रदान गरिने

Breaking News 1, Breaking News 2, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
प्रेस काउन्सिल नेपालले निरन्तर ५० वर्षसम्म प्रकाशन हुँदै आएका पत्रपत्रिकालाई ‘प्रेस काउन्सिल सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ। धादिङको सल्यानटारमा माघ १७ गते बसेको काउन्सिलको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो। काउन्सिलले बिहीबार जारी गरेको विज्ञप्तिमा यसअघि प्रदान गरिँदै आएका पुरस्कारलाई अझ पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित कार्यविधिमा सुधार तथा परिमार्जन गर्ने निर्णयसमेत गरिएको उल्लेख छ। त्यसैगरी, निर्वाचन आचारसंहिता जागरण अभियान धादिङबाट शुभारम्भ गर्ने निर्णय गरिएको काउन्सिलले जनाएको छ। अभियानअन्तर्गत पहिलो चरणमा सातै प्रदेशका प्रमुख सहरमा निर्वाचन आचारसंहिता र मिडियाको भूमिकासम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ। पत्रकार आचारसंहिताको अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णयसमेत बैठकले गरेको छ। साथै, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, स्वच...
बागमती नदीमा फोहर फाल्नेलाई शनिबारदेखि कानुनी कारबाही गरिने

बागमती नदीमा फोहर फाल्नेलाई शनिबारदेखि कानुनी कारबाही गरिने

Breaking News 1, Breaking News 2, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र बग्ने बागमती नदी तथा नदी किनारमा फोहर फाल्ने कार्य नियन्त्रण गर्न कडाइ गर्ने भएको छ। महानगरपालिकाले आगामी शनिबारदेखि बागमती नदी र यसको दायाँ–बायाँ क्षेत्रमा फोहर फाल्ने व्यक्ति, समूह वा संस्थामाथि प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट गरेको छ। महानगरका अनुसार नदी प्रदूषण बढ्दै जाँदा वातावरण, जनस्वास्थ्य र शहरी सौन्दर्यमा नकारात्मक असर परेकोले यस्तो कदम चालिएको हो। नदी सफा र व्यवस्थित राख्न नियमित अनुगमन गरिने तथा फोहर फाल्ने कार्य भेटिएमा जरिवाना तथा अन्य कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ। महानगरपालिकाले बागमती नदीलाई स्वच्छ र सुरक्षित बनाउन सबै नागरिक, व्यवसायी तथा सरोकारवालालाई नदी किनारमा फोहर नफाल्न र सरसफाइ अभियानमा सहयोग गर्न पनि अनुरोध गरेको छ।...
दोस्रो चरणमा निर्वाचन प्रधानमन्त्री कार्की

दोस्रो चरणमा निर्वाचन प्रधानमन्त्री कार्की

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, मनोरञ्जन, राजनीति, समाचार
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री कार्की नवलपरासी (बर्दघाट–सुस्तापूर्व) — प्रधानमन्त्री सुशीला कार्कीले मौसम प्रतिकूल भएमा हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन गराउन सकिने स्पष्ट पारेकी छन्। नवलपरासीको कावासोती नगरपालिका–१, हात्तिखोरमा आयोजित राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भई सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन सरकारले आवश्यक सबै सहयोग गर्ने बताइन्। उनले भनिन्, “विशेषगरी हिमाली जिल्लामा मौसम अनुकूल नभए निर्वाचन दोस्रो चरणमा गराउने तयारीमा सरकार रहन्छ।” कम मतदाता रहेका दुर्गम स्थानमा सवारीसाधनको प्रयोग गरी मतदाता ओसारेर भए पनि निर्वाचन सम्पन्न गराइने प्रधानमन्त्रीको भनाइ थियो। तर, सबै प्रयास असफल हुने असाधारण अवस्थामा मात्र दोस्रो चरणमा निर्वाचनको विकल्प अपनाइने उनले स्पष्ट पारिन्। प्रधानमन्त्र...
निपाह भाइरसप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

निपाह भाइरसप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

Breaking News 1, Breaking News 2, आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, समाचार, स्वस्थ्य
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरससम्बन्धी सम्भावित जनस्वास्थ्य जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। केही देशमा निपाह भाइरसका घटना देखिएको सन्दर्भ उल्लेख गर्दै मन्त्रालयले आवश्यक सबै पूर्वतयारीका कदम चालिरहेको जनाएको छ। यसैक्रममा सबैलाई आतङ्कित नहुन, तर सचेत, सजग र जिम्मेवार बन्न अनुरोध गरिएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी तथा दक्षिण–पूर्वी एसिया क्षेत्रमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम न्यून रहेको मूल्याङ्कन गरे पनि छिमेकी मुलुकमा देखिएका घटनालाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाइएको मन्त्रालयको भनाइ छ। मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका स्वास्थ्य संस्था र निकायलाई सचेत गराइसकेको र निपाह भा...