काठमाडौं चक्रपथमा थपिए १६ नयाँ विद्युतीय बस, महानगर यातायातको सेवा विस्तार
काठमाडौं । महानगर यातायात प्रा.लि.ले काठमाडौं उपत्यकामा आफ्नो विद्युतीय बस सेवा विस्तार गर्दै थप १६ वटा नयाँ बस सञ्चालनमा ल्याएको छ। बुधबारदेखि चक्रपथ क्षेत्रमा नियमित सेवा दिने गरी यी बस सञ्चालनमा आएका हुन्।
नयाँ बसहरू ३३ सिट क्षमताका भए पनि उभिएर यात्रा गर्ने यात्रुका लागि पर्याप्त स्थान व्यवस्था गरिएको छ। एकैपटक करिब ७० जना यात्रुले यात्रा गर्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ।
चीनबाट आयात गरिएका यी बसमा १४४ किलोवाट क्षमताको सीएटीएल ब्याट्री जडान गरिएको छ। एकपटक पूर्ण चार्ज गरेपछि करिब २०० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता रहेको बताइएको छ। प्रत्येक बसको बजार मूल्य करिब १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको छ।
बस सेवा विस्तार कार्यक्रममा महानगर यातायातका सचिव केशव नेपालले विद्युतीय सवारी नै भविष्यको आवश्यकता भएको उल्लेख गर्दै कम्पनीले आगामी दिनमा थप विद्युतीय बस सञ्चालन गर...















