कृषकको सम्मान राज्यको प्राथमिकतामा हुनुपर्छ : राष्ट्रपति पौडेल
Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले कृषकको सम्मानलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। कृषि, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम–२०८२ लाई सम्बोधन गर्दै उनले किसानको प्रगति नै राष्ट्रको समृद्धिसँग प्रत्यक्ष जोडिएको उल्लेख गरे।
राष्ट्रपति पौडेलले किसानको मुस्कानमा देशको खुसी र किसानको उन्नतिमा राष्ट्रको समृद्धि गाँसिएको भन्दै कृषि क्षेत्रलाई केवल जीविकोपार्जनको माध्यम नभई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा विकास गर्नुपर्ने धारणा राखे। उनले श्रम संस्कृतिको विकास गर्दै किसानको मेहनत, पसिना र समर्पणलाई राज्यले उचित सम्मान गर्नुपर्ने बताए।
उनले कृषि क्षेत्रको विकासका लागि राज्य, निजी क्षेत्र र सम्बन्धित निकायहरू एकजुट भएर लगानी, प्रविधि, बजारीकरण तथा युवाको सहभागिता बढाउनुपर्ने आवश्यकता औँल्याए। आधुनिक प्रविधिको प्रयोग, यु...















