सुकुमबासी बस्तीमा डोजर र मुकुम्लुङ केबलकारबारे हर्क साम्पाङको प्रश्न : ‘अरूलाई खाने बाघले आफूलाई पनि खान्छ’
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सरकारका पछिल्ला कदमप्रति असन्तुष्टि जनाउँदै विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय समुदायमाथि अन्याय भइरहेको आरोप लगाएका छन्।
काठमाडौँका विभिन्न सुकुमबासी बस्तीमा महानगर र सरकारले डोजर चलाइरहेका बेला सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सरकारको दोहोरो मापदण्डमाथि प्रश्न उठाएका हुन्।
अध्यक्ष साम्पाङले एकातिर गरिब तथा सुकुमबासीका बस्ती हटाइरहेको सरकारले अर्कोतिर व्यवसायिक स्वार्थका लागि प्राकृतिक सम्पदामा क्षति पुर्याउने गतिविधिलाई सहयोग गरिरहेको टिप्पणी गरेका छन्। मुकुम्लुङ (पाथीभरा) क्षेत्रमा प्रस्तावित केबलकार परियोजनाको सन्दर्भ उल्लेख गर्दै उनले लेखेका छन्:
‘सुकुमबासी बस्ती हटाउन सक्रिय सरकार मुकुम्लुङमा कञ्चनजङ्गा आरक्षण क्षेत्र नै मासेर गुराँसघारी उजाड्ने गरी केबलकार निर्माण गर्न खोज्ने व्यापारीलाई कि...















