मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग लिङ्देनको आग्रह
Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका छन्।
राप्रपाको स्थापना दिवसको ३६औँ वर्ष प्रवेशका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा बोल्दै उनले उक्त प्रतिवेदन गम्भीर प्रकृतिको रहेको भन्दै सरकारले ढिलाइ नगरी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए।
अध्यक्ष लिङ्देनले मानव अधिकार आयोगले दोषी ठहर्याएका वा अभियुक्तका रूपमा देखिएका व्यक्तिहरूले कानुनी प्रक्रिया पूरा गरी छिटोभन्दा छिटो सफाइ लिनुपर्नेमा पनि जोड दिए। उनका अनुसार आयोगका प्रतिवेदनहरू नेपालभित्र मात्र सीमित नहुने भएकाले अन्तर्राष्ट्रिय स्तरमा समेत यसको प्रभाव रहने गर्दछ।
उनले भने, “मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन अत्यन्त महत्त्वपूर्ण छ। यसले धेरै विषय उजागर गरेको छ। सरकारले ...















