राजनीति

भीआइपी मुभमेन्ट अन्त्य, नागरिक सेवामा सहजता: गृह मन्त्री सुधन गुरुङ

भीआइपी मुभमेन्ट अन्त्य, नागरिक सेवामा सहजता: गृह मन्त्री सुधन गुरुङ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङले ‘भीआइपी मुभमेन्ट’का नाममा नागरिकले भोग्नुपर्ने असुविधा अन्त्य गर्न आवश्यक रहेको बताएका छन्। गृह मन्त्रालयमा आज पदभार ग्रहण गरेपछि उनले कर्मचारीलाई निर्देशन दिँदै परिवर्तनको सुरुआत आफैँबाट गर्नुपर्नेमा जोड दिएका छन्। जेनजी आन्दोलनको अगुवाइ गरेका मन्त्री गुरुङले आन्दोलनपश्चात् मन्त्रीहरूको सेवासुविधा खारेजी र सवारी व्यवस्थामा नागरिकलाई सास्ती दिने प्रवृत्ति रोक्नुपर्ने बताए। उनले स्वयं निजी कार चलाएर मन्त्रालयबाट बाहिर निस्किएर उदाहरण प्रस्तुत गरे। मन्त्री गुरुङले भने, “नागरिक तहमा ‘भीआइपी मुभमेन्ट’ले गाह्रो पार्दै आएको छ। यस क्रममा नागरिकले दुःख पाउनु भएन, यस्तो कार्य नगर्न सबै मन्त्रीहरुलाई आग्रह गर्दछु।” साथै, मन्त्रालयमा पदबहालीपछि उनले जेनजी सहिद परिवार र घाइतेलाई साक्षी राखेर सेवा प्रवाहलाई एकद्वार प्रणाली मार्फत सुनिश्चित गर्ने निर्णय गरे। यसका लाग...
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह लाई हार्दिक बधाई दिएका छन्। राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहणपछि लामिछानेले प्रधानमन्त्री शाहलाई अँगालो हाल्दै बधाई व्यक्त गरेका हुन्। यसैगरी, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराई ले पनि प्रधानमन्त्री शाहलाई बधाई दिएका छन्।...
बालेन सरकारमा चार मन्त्रीको नाम टुंगियो

बालेन सरकारमा चार मन्त्रीको नाम टुंगियो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। उनले आज मध्याह्न १२:३४ बजे शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ। बालेन नेतृत्वको सरकारमा को–को मन्त्री बन्ने भन्ने विषयमा अझै पूर्ण रूपमा स्पष्ट भइसकेको छैन। बिहीबार बसेको केन्द्रीय समिति बैठकमा पार्टी सभापति रवि लामिछानेले मन्त्रीहरू योग्यताको आधारमा छनोट गरिने बताएका थिए। उनले सबै केन्द्रीय सदस्य तथा सांसदहरूलाई नेतृत्वमाथि विश्वास गर्न पनि आग्रह गरेका थिए। यस कारण धेरै सांसदहरू अझै अन्योलमा देखिएका छन्। प्रधानमन्त्री बन्न लागेका बालेन शाहले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरिरहेका छन्। मन्त्रालयको संख्या घटाएर मन्त्रिपरिषद् बनाउने विषयमा समेत छलफल भइरहेको छ। तर, कति मन्त्रालय रहने भन्ने विषय अझै सार्वजनिक गरिएको छैन। आज बि...
उपराष्ट्रपति यादव र बङ्गलादेशका राजदूत रहमानबीच भेटवार्ता

उपराष्ट्रपति यादव र बङ्गलादेशका राजदूत रहमानबीच भेटवार्ता

Breaking News 1, Breaking News 2, अन्तर्वार्ता, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
  उपराष्ट्रपति रामसहायप्रसाद यादव र बङ्गलादेशका राजदूत मो. शफिकुर रहमानबीच भेटवार्ता भएको छ। लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा शुभकामना आदान–प्रदानका साथै द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षहरूबारे छलफल भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ। उपराष्ट्रपति यादवले सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल–बङ्गलादेशबीच मित्रवत् र सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै, सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान र विश्वासमा आधारित रहेको बताए। उनले बङ्गलादेशसँगको सम्बन्ध नेपालले उच्च महत्त्व दिएको पनि बताए। उपराष्ट्रपति यादवले बङ्गलादेशमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा बधाई दिँदै नयाँ सरकारलाई शुभकामना व्यक्त गरे। साथै नेपालमा पनि प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रियामा रहेको उल्लेख गर्दै, दुवै देशका सरकारबीच सहकार्य ...
मन्त्री छनोटका लागि रोष्टर बनाउँदै रवि–बालेन

मन्त्री छनोटका लागि रोष्टर बनाउँदै रवि–बालेन

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बागमती, राजनीति, समाचार
प्रधानमन्त्रीको शपथग्रहणको मिति नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू सम्भावित मन्त्रीहरूको नामबारे छलफलमा जुटेका छन्। पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटसम्बन्धी अनौपचारिक परामर्श भइरहेको एक नेताले जानकारी दिए। संसद् सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बुधबार पद तथा गोपनीयताको शपथ लिनेछन् र उनैले सांसदहरूलाई शपथ गराउनेछन्। सांसदहरूको शपथग्रहणलगत्तै रास्वपाले संसदीय दलको बैठक बोलाएर नेता चयन गर्ने तयारी गरेको छ। बैठक चैत १२ मै बस्ने कि चैत १३ मा राख्ने भन्ने विषयमा आन्तरिक छलफल जारी रहेको एक नेताले बताए। रास्वपा प्रवक्ता मनिष झाले पनि दलको बैठकबारे औपचारिक निर्णय नभएको स्पष्ट पारे। उनका अनुसार अहिलेसम्म सांसदहरूको शपथग्रहणसम्बन्धी सूचना मा...
रवि लामिछानेको मुद्दामा आज आदेश आउँदै

रवि लामिछानेको मुद्दामा आज आदेश आउँदै

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ। आइतबार महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतको मागअनुसार लामिछानेको मुद्दा फिर्तासम्बन्धी निर्णय संशोधनको फाइल सर्वोच्च अदालतमा पेस गरेको थियो। यसअघि, बिहीबार सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले अभियोगपत्र संशोधनका लागि दिइएको निर्देशन र त्यससँग सम्बन्धित कागजातहरू महान्यायाधिवक्ताको कार्यालयबाट झिकाउन आदेश दिएको थियो। गत पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्धको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेपछि सो विषयमा सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो।...
‘जेन–जी’ आन्दोलनले क्षति पुगेका संरचनाको मर्मत अन्तिम चरणमा

‘जेन–जी’ आन्दोलनले क्षति पुगेका संरचनाको मर्मत अन्तिम चरणमा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
हेटौँडा । बागमती प्रदेश सरकार का भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा ले ‘जेन–जी’ आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचना तथा सरकारी कार्यालयहरूको मर्मत कार्यको स्थलगत अनुगमन गरेका छन्। मंगलबार मन्त्री देवकोटासहितको टोलीले हेटौँडास्थित चार मन्त्रालय रहेको पाँचतले भवन, प्रमुख सचिवको निवासलगायत क्षतिग्रस्त संरचनाहरूको निरीक्षण गरेको हो। अनुगमनमा मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठा र सहरी विकास तथा भवन निर्माण महाशाखाका प्रमुख भूपेन्द्रकुमार यादवसमेत सहभागी थिए। निरीक्षणका क्रममा मन्त्री देवकोटाले काठमाडौँबाट स्ट्रक्चरल इन्जिनियर ल्याएर प्राविधिक मूल्याङ्कन गरिएको र सोही आधारमा पुनर्निर्माण अघि बढाइएको जानकारी दिए। उनका अनुसार मर्मत गरेर प्रयोगमा ल्याउन सकिने भवनहरूको काम अन्तिम चरणमा पुगेको छ। ‘पाँच–छ महिनाको छोटो अवधिमै निर्माण व्यवसायी र मन्त्रालयबीचको सहकार्य...
अमेरिका–इजरायल र इरानबीचको युद्ध अन्त्यको माग गर्दै काठमाडौंमा प्रदर्शन

अमेरिका–इजरायल र इरानबीचको युद्ध अन्त्यको माग गर्दै काठमाडौंमा प्रदर्शन

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । मानव अधिकार तथा शान्ति समाज ले अमेरिका, इजरायल र इरानबीच जारी युद्ध अन्त्यको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ। संस्थाले आज एकैदिन अमेरिकी राजदूतावास महाराजगञ्ज, इजरायली राजदूतावास लाजिम्पाट र याक एन्ड यति होटल स्थित इरानी कन्सुलेट कार्यालय अगाडि प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा ‘शक्ति राष्ट्रहरू युद्धको पक्षपोषण होइन, युद्ध अन्त्यमा योगदान गर’, ‘अमेरिका, युद्ध रोक, शान्ति कायम गर’ लगायतका नारासहित ब्यानर बोकेर सहभागीहरूले विश्व शान्तिको कामना गरेका थिए। प्रदर्शनकारीहरूका अनुसार अमेरिका, इजरायल र इरानबीच जारी द्वन्द्वले विश्व शान्तिलाई गम्भीर रूपमा प्रभावित पारेको छ। समाजले डोनाल्ड ट्रम्प लाई सम्बोधन गर्दै युद्ध विस्तार हुँदै जानु विश्व शान्तिका लागि ठूलो खतरा भएको उल्लेख गरेको छ। जारी द्वन्द्व तत्काल अन्त्य गरी शान्ति प्रवर्द्धनका लागि विशेष पहल गर्न पन...
चैत १० मा बालेन्द्र शाहको सपथग्रहण ‘शुभ साइत’, एकैपटक मन्त्रिपरिषद् गठनको तयारी

चैत १० मा बालेन्द्र शाहको सपथग्रहण ‘शुभ साइत’, एकैपटक मन्त्रिपरिषद् गठनको तयारी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले आगामी चैत १० गते प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको सपथ लिने आन्तरिक तयारी गरिएको छ। उच्च स्रोतका अनुसार सोही दिनका लागि ‘शुभ साइत’ समेत तय गरिएको जनाइएको छ। शाहको सपथग्रहण लगत्तै मन्त्रिपरिषद्का सदस्यहरूको पनि एकैपटक सपथग्रहण गराउने तयारी रहेको बताइएको छ। विगतमा जस्तो चरणबद्ध रूपमा मन्त्रिपरिषद् विस्तार नगरी यसपटक पूर्ण मन्त्रिपरिषद् एकैपटक गठन गर्ने योजना रास्वपाले बनाएको स्रोतको दाबी छ। पार्टीले चैत ८ र ९ गतेभित्र मन्त्रिपरिषद् गठनसम्बन्धी सबै निर्णय टुंग्याउने र १० गते सपथग्रहण कार्यक्रम सम्पन्न गर्ने तयारी गरेको छ। मन्त्रिपरिषद् चयनमा भौगोलिक सन्तुलन, जातीय तथा क्षेत्रीय प्रतिनिधित्व, चुनावी परिणाम, विज्ञता र लैङ्गिक समावेशितालाई प्राथमिकतामा राखिने जनाइएको छ। २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा र...
रास्वपाः सरकार गठनमा अझै करिब १० दिन लाग्ने, मन्त्रीको नामबारे औपचारिक छलफल छैन

रास्वपाः सरकार गठनमा अझै करिब १० दिन लाग्ने, मन्त्रीको नामबारे औपचारिक छलफल छैन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी सरकारमा सहभागी हुने मन्त्रीहरूको नामबारे हालसम्म कुनै औपचारिक छलफल नभएको स्पष्ट पारेको छ। पार्टीका प्रवक्ता मनिष झाले सञ्चारमाध्यमसँग कुरा गर्दै अहिले विभिन्न माध्यममा सार्वजनिक भइरहेका सम्भावित मन्त्रीका नामहरूमा सत्यता नभएको बताएका हुन्। उनले पार्टीको सचिवालय बैठक सुरु हुनुअघि यस्तो प्रतिक्रिया दिएका थिए। उनका अनुसार समानुपातिकतर्फका सांसदहरूको टुंगो लागेर निर्वाचन आयोग बाट प्रमाणपत्र प्राप्त भएपछि मात्रै मन्त्री चयनबारे औपचारिक छलफल सुरु हुनेछ। झाले भने, “अनौपचारिक कुराकानीहरू हुन सक्छन्, तर पार्टीको तहमा भावी मन्त्रिपरिषद् गठनका विषयमा कुनै औपचारिक छलफल भएको छैन। सबै प्रक्रिया पूरा भएपछि नयाँ सरकार गठन गर्न अझै करिब १० दिनजति लाग्न सक्छ।” उनले आफू पुनः निर्वाचित सांसदमध्ये एक भएकाले स्वाभाविक रूपमा केही अपेक्षा भए पनि कुनै मन्त्...