भारत भ्रमणपछि चीन जाँदै परराष्ट्रमन्त्री खनाल
काठमाडौँ । भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनाल आगामी साता उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा जाने भएका छन्।
नयाँ सरकार गठनपछि कूटनीतिक सक्रियता बढाइरहेका मन्त्री खनाल जुन १४ (जेठ ३१ गते) मा बेइजिङ प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
स्रोतका अनुसार जुन १५ र १६ (असार १ र २ गते) मा चीनमा उच्चस्तरीय राजनीतिक भेटवार्ता तय गरिएको छ। भ्रमणका क्रममा मन्त्री खनालले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्। उक्त भेटमा नेपाल–चीन सम्बन्ध, सीमा व्यवस्थापन, आर्थिक सहकार्य तथा विगतका सम्झौताहरूको कार्यान्वयनबारे छलफल हुने बताइएको छ।
यस्तै, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को विदेश विभागका प्रमुखसँग पनि उनको भेटवार्ता तय भएको छ। भ्रमणका क्रममा चीनमा रहेका नेपाली व्यवसायी, विद्यार्थी तथा नेपाली समु...















