रास्वपालाई बाबुराम भट्टराईको सुझाव : ‘प्रदेश खारेजीको एजेन्डा छाडेर सुशासन र विकासमा केन्द्रित हुनुस्’
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रदेशसभा खारेज गर्ने एजेन्डा त्यागेर सुशासन र विकासका मुद्दामा केन्द्रित हुन सुझाव दिएका छन्।
रास्वपाको महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने तथा संघीय संरचनामा पुनर्विचार गर्ने विषय उठेको सन्दर्भमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले यस्तो कदम मुलुकका लागि गम्भीर भूल हुन सक्ने बताएका हुन्।
उनले आफ्नो धारणा दुई प्रमुख आधारमा प्रस्तुत गरेका छन्। पहिलो, विधिको शासन र संवैधानिक प्रक्रियाको सम्मान। उनका अनुसार एकातिर संविधान संशोधनबारे बहस गर्न कार्यदल गठन गर्ने र अर्कोतर्फ पर्याप्त सहमति बिना एकपक्षीय निर्णय अघि बढाउने प्रयासले राजनीतिक दल, विभिन्न समुदाय र नागरिकबीच विश्वासको संकट निम्त्याउन सक्छ।
दोस्रो, नेपालको सामाजिक तथा भौगोलिक विविधताको सन्दर्भ। भट्टराईले लामो राजनीतिक संघर्ष र...















