ज्ञानेन्द्र शाहीको भनाइ: संख्या कम भए पनि संसद्मा जनताको आवाज कमजोर हुन दिँदैनौं
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सिट संख्या कम भए पनि संसद्मा मौन नबस्ने र सुशासन तथा जनजीविकाका विषयमा दृढताका साथ आवाज उठाउने बताएका छन् ।
नयाँ सांसदहरूलाई बधाई दिन राप्रपाले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संसद्मा आफ्नो दलको उपस्थिति सीमित भए पनि एजेन्डामुखी र प्रभावकारी भूमिका रहने स्पष्ट पारे ।
‘हामीसँग संसद्मा ५ सिट मात्र छन्, तर हामी चुप लागेर बस्दैनौं,’ शाहीले भने, ‘रोस्ट्रमबाट जनताका मुद्दा उठाउँछौं, भ्रष्टाचारविरुद्ध आवाज बुलन्द गर्छौं र जनजीविकाका सवाललाई निरन्तर उठाइरहन्छौं ।’
उनले सरकारद्वारा सुशासनका पक्षमा चालिएका सकारात्मक कदमहरूको समर्थन गर्ने उल्लेख गर्दै सीमा क्षेत्रमा देखिएका व्यवहारप्रति भने आपत्ति जनाए ।
‘पूजाआजाका लागि सानो परिमाणमा सामान ल्याउने सर्वसाधारणमाथि कुटपिट भएको छ, जुन गलत अभ...















