टोखा–८ मा करिडोर विस्तार तीव्र, ९५ प्रतिशत काम सम्पन्न : नगर प्रमुख प्रकाश अधिकारीद्वारा स्थलगत अनुगमन
आज २०८२ साल फागुन ३० गते
टोखा नगरपालिका को नगर प्रमुख प्रकाश अधिकारी ज्यु ले बिहान देखि स्थलगत अनुगमन गर्दै करिडोर विस्तारको प्रगति निरीक्षण गरेका छन्। अनुगमन टोलीले बानियाँटार पुल देखि रमणबस्ती हुँदै शान्तिबस्ती सम्म करिडोरको अवस्था, सडक विस्तार, स्थानीयको समस्या तथा सुझावबारे जानकारी लिइएको थियो।
अनुगमनका क्रममा नगर प्रमुख प्रकाश अधिकारीले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै करिडोर विस्तारले दैनिक आवागमन, सडक व्यवस्थापन तथा शहरी विकासमा सकारात्मक प्रभाव पार्ने बताए। उनले विकास निर्माणका कामहरूलाई तीव्र र व्यवस्थित रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै स्थानीयवासीको सहकार्य र सुझावलाई नगरपालिकाले उच्च प्राथमिकता दिने उल्लेख गरे।
कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष रमेश खत्री, वडा सदस्य अनुप राई, वडा नम्बर ११ का सदस्य महेश थपलिया लगायत जनप्रतिन...















