रवि लामिछानेको ८ प्रस्ताव: नेपाल–भारत सम्बन्ध ‘विकास कूटनीति’मा रूपान्तरण गर्न आग्रह
Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई परम्परागत भूराजनीतिक दृष्टिकोणबाट बाहिर निकाल्दै ‘विकास कूटनीति’को आधारमा पुनर्परिभाषित गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
भारतीय दैनिक हिन्दुस्तान टाइम्समा प्रकाशित आफ्नो लेखमार्फत उनले दुई देशबीचको सम्बन्धलाई राजनीतिक तनावभन्दा माथि उठाएर लगानी, व्यापार, ऊर्जा, पर्यटन र प्रविधिमा आधारित सहकार्यतर्फ लैजानुपर्ने धारणा राखेका हुन् ।
लामिछानेले कूटनीतिक नियोगहरूलाई पनि राजनीतिक सम्पर्क केन्द्रभन्दा आर्थिक सहकार्य, लगानी प्रवर्द्धन र व्यापार विस्तारको ‘इन्जिन’का रूपमा रूपान्तरण गर्नुपर्ने सुझाव दिएका छन् ।
भारत भ्रमणका क्रममा उनले पाँच दिने औपचारिक कार्यक्रमअन्तर्गत भारतीय जनता पार्टी (भाजपा) नेतृत्वसँग भेटवार्ता गर्ने तयारीसमेत भएको रास्वपाले जनाएको छ । भेटमा दुई देशका ...















