शान्तिबाटिका रत्नपार्कमा श्री अष्टलक्ष्मी साधना तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु
काठमाडौं । धार्मिक आस्था, आध्यात्मिक जागरण तथा सनातन संस्कृतिको संरक्षण गर्ने उद्देश्यले काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा श्री अष्टलक्ष्मी साधना तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। पूर्व बनझाक्री गुरु गोबिन्द ढुंगाना खत्रीको आयोजनामा हुने उक्त महायज्ञ २०८२ साल माघ २४ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका छन्।
महायज्ञको औपचारिक शुभारम्भको पूर्वसन्ध्यामा आज भव्य कलश यात्रा सम्पन्न गरिएको छ। धार्मिक विधि–विधानअनुसार श्रद्धालु भक्तजनहरूको सहभागितामा सुरु भएको कलश यात्रा रानीपोखरीबाट प्रारम्भ भई रत्नपार्क हुँदै शान्तिबाटिकामा पुगेर समापन गरिएको थियो। परम्परागत बाजागाजा, वैदिक मन्त्र उच्चारण तथा भक्तजनहरूको जयघोषले वातावरण पूर्ण रूपमा भक्तिमय बनेको थियो। यस यात्राले महायज्ञको आध्यात्मिक महत्वलाई थप उजागर गर्नुका साथै सम्पूर्ण क्षेत्रलाई धार्मि...















