बिवाईडीका ७७५ विद्युतीय गाडी प्रकरणः प्रमुख भन्सार अधिकृतसहित ९ कर्मचारी तानिए
काठमाडौँ। मुस्ताङको कोरोला नाकाबाट नेपाल भित्रिएका ७ सय ७५ वटा बिवाईडी (BYD) विद्युतीय गाडीको आयात प्रक्रियामाथि छानबिन तीव्र पारिएको छ। भन्सार छलीको आशंकासँग जोडिएको उक्त प्रकरणमा रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएर भन्सार विभागमा तानिएको छ।
अर्थ मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रारम्भिक प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि सम्बन्धित कर्मचारीहरूलाई विभागमा तानिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। समितिले भन्सार बिन्दुमै नपुगेका सवारीसाधनको समेत जाँचपास भएको हुनसक्ने विषयमा गम्भीर प्रश्न उठाएपछि अनुसन्धान अघि बढाइएको हो।
यस्तै, मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७५ वटा विद्युतीय गाडीको आयात प्रक्रिया र भन्सार जाँचपाससम्बन्धी विषयमा पनि स्थलगत अध्ययन तथा अनुसन्धान जारी रहेको छ। अर्थ मन्त्रालय र भन्सार विभागका उपसचिवहरू, ने...















