पोखरिया बजारमा जनमत पार्टीको क्षेत्रीय जनसम्पर्क कार्यालय उद्घाटन
पोखरिया बजारमा जनमत पार्टीको क्षेत्रीय जनसम्पर्क कार्यालय उद्घाटन
पर्सा, २१ माघ । जनमत पार्टी पर्सा क्षेत्र नम्बर–३ को क्षेत्रीय जनसम्पर्क कार्यालय पोखरिया बजारमा उद्घाटन गरिएको छ। जनतासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको उक्त कार्यालयको उद्घाटन आज आयोजित कार्यक्रममा गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि जनमत पार्टी पर्साका जिल्ला इन्चार्ज माधव सिंह तथा विशिष्ट अतिथि ओमप्रकाश श्राफले संयुक्त रूपमा रिबन काटेर कार्यालयको उद्घाटन गरेका थिए।
सो अवसरमा जनमत पार्टीकी केन्द्रीय सदस्य तथा पर्सा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदकी प्रत्याशी मालती कुशवाहाले जनताको समस्या, भावना र आवश्यकतालाई नजिकबाट बुझ्न तथा सहज रूपमा सम्पर्क कायम गर्न कार्यालय स्थापना गरिएको बताइन्। उनले जनताको सेवामा समर्पित हुँदै क्षेत्रका विकास र समृद्धिका लागि पार्टी प्रतिबद्ध रहेको...















