आज अपराह्नदेखि सुरु भएको उक्त बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय भइरहेको छ। साथै, समसामयिक राजनीतिक र प्रशासनिक विषयहरूमा पनि विस्तृत विचार–विमर्श भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ।
आसन्न निर्वाचनलगायतका विषयमा समेत छलफल हुने जानकारी दिइएको छ।...
विवादित मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक Durga Prasai पुनः पक्राउ परेका छन्।
आसन्न निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले आइतबारदेखि आमहड्तालको आह्वान गर्दै फेसबुकमा भिडियो सार्वजनिक गरेको आरोपमा उनलाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रकाश जबेगु लिम्बुका अनुसार प्रसाईंलाई बिहान ८ बजे भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको हो। “सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो,” उनले जानकारी दिए।
प्रसाईंले शनिबार फेसबुकमार्फत चुनाव अवधिभर आमहड्ताल गर्ने घोषणा गर्दै आगजनी र तोडफोडका घटना हुन सक्ने अभिव्यक्ति दिएका थिए। हाल उनलाई प्रहरी परिसर भक्तपुरमा राखेर अनुसन्धान भइरहेको छ।
यसअघि ४ फागुनमा पक्राउ परेका प्रसाईं १३ फागुनमा रिहा भएका थिए। Supreme Cou...
१६ फागुन, काठमाडौं। गत भदौमा भएको ‘जेनजी आन्दोलन’ सम्बन्धी BBC ले निर्माण गरेको डकुमेन्ट्री जनकपुरमा सार्वजनिक रूपमा प्रदर्शन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक कार्यकर्ता गाडीसहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी गणेश बमका अनुसार भारतीय नम्बर प्लेट BR 01 G 01467 भएको सवारीसाधनमा प्रोजेक्टर जडान गरी जनकपुरस्थित रेल्वे स्टेसन अगाडि डकुमेन्ट्री प्रसारण भइरहेको अवस्थामा प्रहरीले विकास जयसवाललाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार घटनास्थलमा रहेका थप दुई सवारीसाधन भने फरार भएका छन्। धनुषाका प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले ती गाडीहरू पनि प्रोजेक्टरसहित डकुमेन्ट्री प्रदर्शनका लागि ल्याइएको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
Deepshikha High School को ३४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा शिक्षा, अनुशासन र उत्कृष्ट उपलब्धिलाई सम्मान गर्ने उद्देश्यले अवार्ड तथा मेडल वितरण गरिएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा डा. हेमन्त श्रेष्ठ, अध्यक्ष रमेश पाण्डे, विशेष प्रमुख अतिथि सुदर्शन थापा, वरिष्ठ उपाध्यक्ष (काठमाडौं प्यावसन), विशेष अतिथि शम्भु प्रसाद फुयाल, वडा नं. ५ का अध्यक्ष गोपाल बुढाथोकी तथा तारकेश्वर प्यावसनका अध्यक्षलगायत विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।
विद्यालयका सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूको उत्साहजनक सहभागिताले कार्यक्रम अझै उल्लासमय बनेको थियो। शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई अवार्ड र मेडलसहित सम्मान गरिएको थियो।
सांस्कृतिक प्रस्तुति, प्रेरणादायी मन्तव्य तथा विद्...
काठमाडौँस्थित कालीमाटी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
तरकारीतर्फ
गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) रु ३५, गोलभेँडा सानो (भारतीय) रु ३५, गोलभेँडा सानो (तराई) रु ४० कायम गरिएको छ।
आलु रातो र आलु रातो (भारतीय) दुवै प्रतिकिलो रु २५ तथा प्याज सुकेको (भारतीय) रु ३८ तोकिएको छ।
गाजर (लोकल) रु ६०, गाजर (तराई) रु ४०, बन्दा (लोकल) रु ४५, बन्दा (नरिवल) रु ३५, काउली स्थानीय रु ४०, काउली स्थानीय (ज्यापू) रु ६०, काउली तराई रु ४० निर्धारण गरिएको छ।
रातो मूला रु ४०, सेतो मूला (लोकल) रु १५, सेतो मूला (हाइब्रिड) रु २०, भन्टा लाम्चो रु ८० र भन्टा डल्लो रु ८५ कायम भएको छ।
मटरकोसा रु ५०, घिउ सिमी (लोकल/हाइब्रिड) रु ६०, घिउ सिमी (राजमा) रु १००, टाटे सिमी रु ८० तोकिएको छ।
तिते करेला रु १८०, घिरौँला रु १४०, लौका रु ७०, फर्सी पाकेको ...
१५ फागुन, काठमाडौं।नेपाल पुलिस क्लब जय ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशलाई पराजित गर्दै पुलिसले उपाधि यात्रा तय गरेको हो।
बागमतीले दोस्रो इनिङमा दिएको ८९ रनको लक्ष्य पुलिसले तेस्रो सत्रमा २ विकेट गुमाएर सहजै पूरा गर्यो। पुलिसका लागि सोहेल कुँवरले अविजित ३५ रन बनाए। शंकर रानाले २७ रन जोडे भने करण केसी २५ रनमा अविजित रहे।
बागमतीका रिजन ढकाल र सन्दीप लामिछानेले समान १–१ विकेट लिए।
यसअघि, पुलिसले पहिलो इनिङमा बनाएको १४९ रनको अग्रता पछ्याउँदै बागमती दोस्रो इनिङमा २३७ रनमै अलआउट भयो। इशान पाण्डेले सर्वाधिक ८० रन बनाए भने बिबेक मगरले ४५ रन जोडे। सूर्य तामाङ ३० रनमा अविजित रहे।
पुलिसका ललित राजवंशीले २६.२ ओभरमा ८४ रन खर्चेर ५ विकेट लिए। राशिद खानले ३ तथा करण केसीले १ विकेट हात पारे।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बा...
काठमाडौँ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अमन मास्के आज बिहानैदेखि टोखा नगरपालिकाका विभिन्न वडामा घरदैलो अभियानमा सक्रिय रहनुभएको छ। उहाँले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा र सुझाव सुन्नुका साथै आफ्नो चुनावी एजेन्डाबारे जानकारी गराइरहनुभएको छ।
घरदैलो कार्यक्रमका क्रममा मास्केले सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन, ढल निकास, शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच विस्तारजस्ता विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै युवाका लागि रोजगारी सिर्जना, सीपमूलक तालिम र उद्यमशीलता प्रवर्द्धनका कार्यक्रमलाई अगाडि बढाउने योजना पनि उहाँले सार्वजनिक गर्नुभएको छ।
स्थानीयवासीले विकास निर्माणको गति बढाउन, पारदर्शी र जवाफदेही नेतृत्व आवश्यक रहेको धारणा राखेका छन्। सो अवसरमा मास्केले जनताको विश्वासलाई बलियो आधार बनाएर क्षेत्रको समग्र विका...
शुक्रबारसम्म निर्वाचन आयोगमा ४३ राजनीतिक दलले मात्रै आफ्नो चुनावी घोषणापत्र पेश गरेका छन्। आयोगको राजनीतिक दल शाखाका अनुसार ५६ वटा निर्वाचन चिन्हअन्तर्गत ६१ दलका उम्मेदवार प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा छन्।
आयोगले दलहरूलाई फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी आयोगमा बुझाउन र त्यसपछि फागुन ४ देखि १८ गतेसम्म प्रचार–प्रसार गर्न समयसीमा निर्धारण गरेको थियो।
तर आचारसंहितामा दल तथा उम्मेदवारले अनिवार्य रूपमा घोषणापत्र बुझाउनुपर्ने व्यवस्था भए पनि त्यसको पालना नगर्ने प्रवृत्ति निरन्तर दोहोरिँदै आएको छ।...
आम जनता पार्टीका तर्फबाट रौतहट जिल्ला क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार ऋषि धमलाले आफ्नो निर्वाचन क्षेत्रका लागि विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। “हरघर मिले रोजगार” मूल नारासहित उनले समग्र विकासको खाका अघि सारेका हुन्।
तीन दशकभन्दा बढी समय पत्रकारितामा सक्रिय धमलाले “रौतहट–४ को उन्नति र प्रगति नै मेरो सपना” उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन र खेलकुदलाई प्राथमिकतामा राखेका छन्। गरिबीका कारण कुनै विद्यार्थीले पढाइ छोड्न नपरोस् भन्ने उद्देश्यसहित छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने र जेहेन्दार तथा विपन्न विद्यार्थीलाई विशेष सहुलियत उपलब्ध गराउने योजना उनले प्रस्तुत गरेका छन्। मुस्लिम विश्वविद्यालय स्थापनाका लागि पहल गर्ने प्रतिबद्धतासमेत जनाइएको छ।
कृषि क्षेत्र सुदृढीकरणतर्फ उनले जिल्लाका चिनी उद्योगसँग समन्वय गरी उखु किसानलाई उचित मूल्य सुनिश्चि...
काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपालबाट ८ अर्ब ६१ करोड २० लाख रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ। सम्बन्धित विभागका अनुसार यस अवधिमा ४ हजार १५३ मेट्रिक टन अलैंची विदेश पठाइएको हो।
यो परिमाण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा बढी हो। गत आवको समान अवधिमा ५ अर्ब ३९ करोड रुपैयाँ बराबरको ३ हजार २८ मेट्रिक टन अलैंची निर्यात भएको थियो।
नेपालबाट दुबई, अष्ट्रेलिया, फ्रान्स, भारत, स्विट्जरल्यान्ड र अमेरिका लगायतका मुलुकमा अलैंची निर्यात हुँदै आएको छ। इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, भोजपुर, धनकुटा, दोलखा र काभ्रेपलाञ्चोकसहित ३९ जिल्लामा यसको खेती गरिन्छ।
‘खोल्साको सुन’ भनेर चिनिने अलैंची नेपालका प्रमुख निर्यातजन्य तथा बहुमूल्य मसला बालीमध्ये एक हो।...