निपाह भाइरसप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह
Breaking News 1, Breaking News 2, आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, समाचार, स्वस्थ्य
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरससम्बन्धी सम्भावित जनस्वास्थ्य जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
केही देशमा निपाह भाइरसका घटना देखिएको सन्दर्भ उल्लेख गर्दै मन्त्रालयले आवश्यक सबै पूर्वतयारीका कदम चालिरहेको जनाएको छ। यसैक्रममा सबैलाई आतङ्कित नहुन, तर सचेत, सजग र जिम्मेवार बन्न अनुरोध गरिएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी तथा दक्षिण–पूर्वी एसिया क्षेत्रमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम न्यून रहेको मूल्याङ्कन गरे पनि छिमेकी मुलुकमा देखिएका घटनालाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाइएको मन्त्रालयको भनाइ छ।
मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका स्वास्थ्य संस्था र निकायलाई सचेत गराइसकेको र निपाह भा...















