गुल्मी जिल्लामा चार लाख ९९ हजार मतपत्र आइपुगे
गुल्मी जिल्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार लाख ९९ हजार मतपत्र प्राप्त भएको छ। दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रत्यक्षतर्फ दुई लाख ४६ हजार र समानुपातिकतर्फ दुई लाख ५३ हजार मतपत्र आइपुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
सूचना अधिकारी हर्क श्रीसका अनुसार मतपत्र नेपाली सेना र सशस्त्र प्रहरी बलको सुरक्षामा ल्याई मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा क्षेत्र नम्बर–२ को निर्वाचन अधिकृत कार्यालयमा सुरक्षित रूपमा राखिएको छ।
निर्वाचन क्षेत्र नम्बर–१ मा दुई लाख ६९ हजार (प्रत्यक्ष १ लाख ३१ हजार, समानुपातिक १ लाख ३८ हजार) र क्षेत्र नम्बर–२ मा दुई लाख ३० हजार (प्रत्यक्ष १ लाख १५ हजार, समानुपातिक १ लाख १५ हजार) मतपत्र प्राप्त भएका छन्।
जिल्लामा दुई लाख २९ हजार ५४९ मतदाता रहेका छन्, जसमा महिला १ लाख १५ हजार २१०, पुरुष १ लाख १४ हजार ३३७ र अन्य दुई जना छन्। ...















