🇳🇵 रवीन्द्र ढाँटको शानदार जित, ‘Road to UFC’ को फाइनलमा प्रवेश
नेपाली मिक्स्ड मार्सल आर्ट्स (MMA) फाइटर रवीन्द्र ढाँटले ‘Road to UFC’ सिजन–५ को सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै कासिप मुर्डोजलाई पराजित गरेका छन्। यो जितसँगै रवीन्द्रले प्रतियोगिताको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन्।
महत्त्वपूर्ण सेमिफाइनल भिडन्तमा प्रभावशाली प्रदर्शन गर्दै जित निकालेका रवीन्द्रको सफलताले नेपाली खेलकुद क्षेत्रमा उत्साह थपिएको छ। अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित प्रतिस्पर्धामा फाइनलसम्मको यात्रा तय गर्नु नेपाली खेलाडीका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
फाइनल प्रवेशसँगै अब रवीन्द्रको लक्ष्य ‘Road to UFC’ को उपाधि जित्दै नेपालको नाम अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा थप उचाइमा पुर्याउने हुनेछ। उनको प्रदर्शन र आत्मविश्वासले नेपाली खेलप्रेमीमा पनि ठूलो आशा जगाएको छ।
फाइनलमा प्रवेश गरेपछि रवीन्द्रले नेपालमा जारी कठिन परिस्थितिप्रति पनि भावुक हुँदै ने...















