एसईईमा जफत गरिएका एक करोडभन्दा बढी मूल्यका मोबाइल नष्ट
Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, शिक्षा, समाचार
सिरहा । माध्यमिक शिक्षा परीक्षा (एसईई)का क्रममा चिट चोर्न प्रयोग गरिएको आरोपमा बरामद गरिएका ४९६ वटा मोबाइल फोन र पाँच वटा स्मार्टवाच नष्ट गरिएको छ।
गत चैतमा सम्पन्न एसईई परीक्षाका बेला जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट सात वटा आइफोन, ४८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल फोन तथा पाँच वटा स्मार्टवाच जफत गरिएको थियो। परीक्षा सञ्चालन निर्देशिकाविपरीत प्रयोग भएको ठहर गर्दै ती उपकरण बिहीबार नष्ट गरिएको हो।
मधेश प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग गरेको पाइएमा नष्ट गरिने चेतावनी दिएकी थिइन्। सोही निर्देशनअनुसार जिल्ला परीक्षा समन्वय समिति सिरहाले बरामद उपकरण व्यवस्थापनका लागि उपसमिति गठन गरी नष्ट गर्ने निर्णय गरेको जनाएको छ।
शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत राजदेव यादवको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ...















