आजको विशेष

🇳🇵 रवीन्द्र ढाँटको शानदार जित, ‘Road to UFC’ को फाइनलमा प्रवेश

🇳🇵 रवीन्द्र ढाँटको शानदार जित, ‘Road to UFC’ को फाइनलमा प्रवेश

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
  नेपाली मिक्स्ड मार्सल आर्ट्स (MMA) फाइटर रवीन्द्र ढाँटले ‘Road to UFC’ सिजन–५ को सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै कासिप मुर्डोजलाई पराजित गरेका छन्। यो जितसँगै रवीन्द्रले प्रतियोगिताको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन्। महत्त्वपूर्ण सेमिफाइनल भिडन्तमा प्रभावशाली प्रदर्शन गर्दै जित निकालेका रवीन्द्रको सफलताले नेपाली खेलकुद क्षेत्रमा उत्साह थपिएको छ। अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित प्रतिस्पर्धामा फाइनलसम्मको यात्रा तय गर्नु नेपाली खेलाडीका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। फाइनल प्रवेशसँगै अब रवीन्द्रको लक्ष्य ‘Road to UFC’ को उपाधि जित्दै नेपालको नाम अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा थप उचाइमा पुर्‍याउने हुनेछ। उनको प्रदर्शन र आत्मविश्वासले नेपाली खेलप्रेमीमा पनि ठूलो आशा जगाएको छ। फाइनलमा प्रवेश गरेपछि रवीन्द्रले नेपालमा जारी कठिन परिस्थितिप्रति पनि भावुक हुँदै ने...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो ३६ घण्टाको अवधिमा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेको कोषको खातामा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ सहयोग प्राप्त भएको हो। नेपाल–चीन सीमाबाट बग्ने भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत तथा उद्धारका लागि व्यक्ति तथा विभिन्न संघसंस्थाबाट कोषमा सहयोग आउने क्रम तीव्र भएको हो। सरकारले कोषमा रकम संकलन तथा समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागत रूपमा १ करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताहरूबाट रकम ग्रहण गरिरहेका छन् भने व्यक्तिगत सहयो...
शव व्यवस्थापनका लागि रेडक्रसले उपलब्ध गराएका १,४४० झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

शव व्यवस्थापनका लागि रेडक्रसले उपलब्ध गराएका १,४४० झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि मृत्यु भएका तथा फेला परेका शवको संख्या ४८९ पुगेको जनाइएको छ। शवलाई सुरक्षित र व्यवस्थित रूपमा राख्न नेपाल रेडक्रस सोसाइटीले गृह मन्त्रालयलाई १ हजार ४४० वटा शव प्याक गर्ने झोला उपलब्ध गराइसकेको छ। तर, शव फेला पर्ने क्रम बढ्दै गएपछि उक्त संख्या पर्याप्त नभएको भन्दै भारत सरकारबाट थप झोला सहयोगस्वरूप ल्याउने तयारी भइरहेको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले रेडक्रसबाट शव व्यवस्थापनका लागि आवश्यक झोला प्राप्त भइसकेको पुष्टि गर्दै आवश्यकता बढेकाले भारत सरकारसँग थप झोला माग गर्न लागिएको जानकारी दिएका छन्। नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशाल भण्डारीका अनुसार शुक्रबार झापाबाट थप ४०० वटा झोला ल्याइँदैछ। ती झोला नवलपरासी, धादिङ र चितवनमा फेला परेका शवको व्यवस्थापनमा प्रयोग गरिनेछ। रेडक्रसले आफ्नो केन्द्रीय कार्यालयबाट पनि थप झोला मगाएको उनले ब...
गृहमन्त्री गुरुङ नुवाकोटमा, उद्धार तथा राहत व्यवस्थापनको स्थलगत अनुगमन

गृहमन्त्री गुरुङ नुवाकोटमा, उद्धार तथा राहत व्यवस्थापनको स्थलगत अनुगमन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
गृहमन्त्री सुधन गुरुङ नुवाकोट पुग्नुभएको छ। उहाँ स्थलगत सडकमार्ग हुँदै नुवाकोट पुगेर विपद् प्रभावित क्षेत्रको अवस्था र जारी उद्धार तथा राहत कार्यबारे जानकारी लिनुभएको हो। गृहमन्त्री गुरुङले नुवाकोटस्थित नेपाली सेनाको नं. १ सैन्य तालिम गणमा पुगेर विपद्को पछिल्लो अवस्था, उद्धार अभियान तथा राहत व्यवस्थापनको स्थलगत निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले प्रभावित नागरिकको उद्धार तथा राहत वितरणलाई थप प्रभावकारी बनाउन सम्बन्धित सुरक्षा निकाय र उद्धार टोलीलाई आवश्यक निर्देशन दिनुभएको छ। यसअघि काठमाडौंमै रहेर उहाँले विभिन्न जिल्लामा विपद्को अवस्था तथा उद्धार कार्यबारे सुरक्षा निकाय र सम्बन्धित टोलीसँग निरन्तर समन्वय गर्दै जानकारी लिँदै आउनुभएको थियो। पछिल्लो अवस्थाको प्रत्यक्ष निरीक्षण तथा व्यवस्थापनमा आवश्यक समन्वय गर्न उहाँ नुवाकोट पुग्नुभएको बताइएको छ। गृहमन्त्री गुरुङ केही समय नुवा...
श्री स्वस्थानी–बासुकी टोलद्वारा बाढीपीडितका लागि राहत संकलन

श्री स्वस्थानी–बासुकी टोलद्वारा बाढीपीडितका लागि राहत संकलन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौंको टोखा नगरपालिका–८, जालपा चोकमा रहेको श्री स्वस्थानी–बासुकी टोल विकास संस्थाले बाढीपीडितका लागि राहत संकलन कार्यक्रम सञ्चालन गरेको छ। बाढी तथा विपद्बाट प्रभावित परिवाच्रलाई सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीय बासिन्दा तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले स्वेच्छिक रूपमा राहत सामग्री तथा सहयोग उपलब्ध गराइरहेका छन्। संस्थाले विपद्को यस कठिन घडीमा पीडित परिवारलाई साथ दिन इच्छुक सम्पूर्ण व्यक्ति तथा संघसंस्थालाई राहत संकलन अभियानमा सहभागी भई सहयोग गर्न आग्रह गरेको छ। स्थान : टोखा–८, जालपा चोक आयोजक : श्री स्वस्थानी–बासुकी टोल विकास संस्था...
रसुवा बाढी: सेना र निजी हेलिकप्टरबाट ११४ जनाको हवाई उद्धार, कुन हेलिकप्टरले कति उद्धार गरे ?

रसुवा बाढी: सेना र निजी हेलिकप्टरबाट ११४ जनाको हवाई उद्धार, कुन हेलिकप्टरले कति उद्धार गरे ?

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
  रसुवामा आएको भीषण बाढीपछि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर परिचालन गरी हालसम्म ११४ जनाको हवाई उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नेपाली सेनाका हेलिकप्टरबाट ८५ जना र निजी क्षेत्रका हेलिकप्टरबाट २९ जना रहेका छन्। 🇳🇵 नेपाली सेना — ८५ जना टिमुरे–धुन्चे: ६० जना टिमुरे–त्रिशूली: १३ जना मैलुङ: ५ जना बेत्रावती: ४ जना त्रिशूली–काठमाडौं: ३ जना 🚁 निजी हेलिकप्टर — २९ जना कैलाश हेलिकप्टर: ५ जना — रसुवा–टिचिङ अस्पताल प्रभु हेलिकप्टर: ८ जना — टिचिङ अस्पताल ५, वीर अस्पताल ३ फिसटेल हेलिकप्टर: ५ जना — रसुवा–टिचिङ अस्पताल सिम्रिक हेलिकप्टर: ५ जना — रसुवाबाट ३, टिचिङ अस्पतालबाट २ अन्नपूर्ण हेलि: ४ जना — रसुवा–टिचिङ अस्पताल एभरेस्ट हेलिकप्टर: २ जना — रसुवा–टिचिङ अस्पताल 📌 कुल हवाई उद्धार: ११४ जना विपत्तिको समयमा उद्धार कार्यमा खटिएका नेपाली सेना तथा निजी...
बाढीले त्रिशूली तट तहसनहस, दर्जनौँ घर बगे; हेलिकप्टरबाट उद्धार जारी

बाढीले त्रिशूली तट तहसनहस, दर्जनौँ घर बगे; हेलिकप्टरबाट उद्धार जारी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
नुवाकोट । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण नुवाकोटको त्रिशूली आसपासका तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीको तीव्र बहावले नदी किनारका बस्ती तथा भौतिक संरचनामा व्यापक क्षति पुर्‍याएको छ। प्रभावित क्षेत्रमा रहेका धेरै घर तथा संरचना बाढीले बगाएको बताइएको छ। प्रहरीका अनुसार नुवाकोटको ढुंगेबजारमा मात्रै करिब ७५ घर बाढीले बगाएको प्रारम्भिक विवरण आएको छ। त्यस्तै, बेत्रावती र देवीघाट क्षेत्रमा समेत ठूलो क्षति भएको र अधिकांश घरहरू बाढीको चपेटामा परेको जनाइएको छ। बाढीका कारण प्रभावित क्षेत्रमा जनजीवन अस्तव्यस्त बनेको छ। नदी आसपासका बस्तीमा रहेका नागरिकको अवस्थाबारे यकिन विवरण संकलन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। बाढीको बहाव अत्यधिक रहेकाले प्रभावित क्षेत्रमा पुगेर क्षतिको वास्तविक अवस्था पहिचान गर्नसमेत कठिनाइ भइरहेको छ। उद्धार कार्यलाई तीव्र बनाउन काठमाडौंलगायतका स्थानबाट हेलि...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा, देशभर बाढी–पहिरोले बढायो चिन्ता

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा, देशभर बाढी–पहिरोले बढायो चिन्ता

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, प्रदेश समाचार, बागमती, राजनीति, समाचार
केही दिनअघि पालञ्चोक भगवतीको मूर्तिबाट ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि यसलाई कुनै ठूलो अनिष्ट वा विपत्तिको संकेतका रूपमा चर्चा गरिएको थियो। अहिले देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिका घटना बढ्दै गएपछि ती चर्चाले पुनः ध्यान तानेका छन्। म आफूलाई कुनै भविष्यवक्ता ठान्दिनँ, म एक सामान्य व्यक्ति हुँ। गुरुले दिनुभएको ज्ञान, शिक्षा र मार्गदर्शनका आधारमा नै मैले त्यतिबेला उक्त विषयमा पोस्ट गरेको थिएँ। तर अहिले देशका विभिन्न ठाउँबाट बाढी, पहिरो र जनधनको क्षतिका दुःखद खबरहरू आइरहँदा मन निकै दुःखी भएको छ। गुरुले विजयादशमीसम्म देशले कठिन परिस्थितिको सामना गर्नुपर्ने, ठूलो जनधनको क्षति हुन सक्ने तथा बाढी–पहिरोजस्ता प्राकृतिक विपत्ति आउन सक्ने बताउनुभएको थियो। त्यसपछि नेपालका शक्तिपीठहरूमा शक्ति जागृत भई संकट क्रमशः टर्दै देशमा शान्ति, सुख र समृद्धि कायम हुने उहाँको विश्वास थियो। ...
नयाँ दिल्लीमा वरिष्ठ पत्रकार कुमार भट्टराईलाई ‘राजीव गान्धी गौरव रत्न’ अवार्ड

नयाँ दिल्लीमा वरिष्ठ पत्रकार कुमार भट्टराईलाई ‘राजीव गान्धी गौरव रत्न’ अवार्ड

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
नयाँ दिल्ली — मठ–मन्दिर तथा सनातन धर्मको संरक्षण र प्रवर्द्धनका विषयमा निरन्तर प्रचार प्रसार गर्दै आएका एक्सप्रेस टिभी न्युज नेपालका प्रबन्ध निर्देशक वरिष्ठ पत्रकार कुमार भट्टराईलाई अन्तर्राष्ट्रिय समरसता मञ्चले प्रथम ‘राजीव गान्धी गौरव रत्न अवार्ड–२०२६’ प्रदान गरेको छ। नयाँ दिल्लीमा आयोजित विशेष समारोहबीच भट्टराईलाई उक्त सम्मान प्रदान गरिएको हो। विभिन्न स्थानमा रहेका ऐतिहासिक तथा धार्मिक मठ–मन्दिरको खोज, अध्ययन र प्रचार–प्रसार गर्दै सनातन धर्म तथा धार्मिक सम्पदाको संरक्षणका विषयलाई सञ्चारमाध्यममार्फत निरन्तर उठाउँदै आएको योगदानको कदरस्वरूप अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ। पत्रकारितामार्फत धार्मिक तथा सांस्कृतिक सम्पदाको उजागर गर्दै आएको र आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गरेको योगदानलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय समरसता मञ्चले भट्टराईलाई सम्मान गरेको हो। अवार्ड ...
शिव शक्ति बाबा ले पाए अन्तररास्ट्रिय समरसता मंच प्रथम राजीव गांधी गौरव रतन अवार्ड

शिव शक्ति बाबा ले पाए अन्तररास्ट्रिय समरसता मंच प्रथम राजीव गांधी गौरव रतन अवार्ड

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
नयाँ दिल्ली — अन्तर्राष्ट्रिय समरसता मंचले श्री श्री श्री परमपूज्य जगद्गुरु शिव शक्ति बाबा महाराजलाई प्रथम ‘राजीव गान्धी गौरव रत्न अवार्ड–२०२६’ प्रदान गरेको छ। कोशी प्रदेश, मोरङको लेटाङमा बस्दै आउनुभएका दिव्य सिद्ध पुरुष शिव शक्ति बाबालाई भारतका पूर्वप्रधानमन्त्री स्वर्गीय राजीव गान्धीको जयन्ती समापन महोत्सवका अवसरमा नयाँ दिल्लीमा आयोजित विशेष कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो।   दुःखी, गरिब, असहाय तथा पीडितहरूको सेवामा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका शिव शक्ति बाबाले भारतका विभिन्न स्थानमा समेत सेवा तथा उपचारसम्बन्धी कार्य गर्दै आउनुभएको बताइएको छ। विशेषगरी भारतको जयगाउँ तथा सिक्किमलगायतका क्षेत्रमा पुगेर बिरामी तथा समस्यामा परेका व्यक्तिहरूलाई उपचार गर्दै आएको भन्दै उहाँलाई कार्यक्रममा विशेष निमन्त्रणा गरिएको थियो। मानव सेवा, सामाजिक सहयोग तथा परोपकारी कार्यमा पुर्‍...