Author: Xpress Tv News Nepal

पर्वत केन्द्रविन्दु भएर गयो भूकम्प

पर्वत केन्द्रविन्दु भएर गयो भूकम्प

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ । शुक्रबार साँझ ७ः०८ बजे पर्वतको क्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।  
आज पनि सकिएन रविको थुनछेक बहस, आइतबार फेरि उपस्थित हुने

आज पनि सकिएन रविको थुनछेक बहस, आइतबार फेरि उपस्थित हुने

Breaking News 2, आजको विशेष, ताजा अपडेट, राजनीति, समाचार
११ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक हेर्दाहेर्दैमा राखिएको छ । बुधबारबाट जारी बहस नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले अनलाइनखबरलाई जानकारी दिए । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार दिनभर बयान भएको थियो भने बिहीबारबाट थुनछेक बहस भइरहेको छ । बिहीबार ८ जना सरकारी वकिलहरूले बहस गरेका थिए । शुक्रबार सुरुमा जाहेरवालाका तर्फबाट वकिलहरूको बहस भएको थियो । त्यसपछि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र सुरेन्द्र थापाले बहस गरेका छन् । उनीहरूको बहस नसकिएपछि आइतबार पुनः अदालत उपस्थित हुने शर्तमा रविलाई परिवारको जिम्मा लगाइएको छ । थुनछेक बहस सकिएपछि जाहेरवाला...
काठमाडौंका कुन–कुन स्थानमा जानेछ आज ५ घण्टा बिजुली ?

काठमाडौंका कुन–कुन स्थानमा जानेछ आज ५ घण्टा बिजुली ?

Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा आज पाँच घण्टा विद्युत् अवरुद्ध हुनेछ । नेपाल विद्युत् प्राधिकरणका अनुसार च्यासल, लुभू फिडर (लगनखेल) र इमाडोल–१ (बानेश्वर) फिडर अन्तर्गत बालकुमारी, इमाडोल तथा लुभू वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् अवरुद्ध गर्नुपरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार माघ १८ गतेसम्म विद्युत् अवरुद्ध हुनेछ ।  ...
प्रधानमन्त्रीको उपस्थितिमा सिद्धबाबा सुरुङमार्ग आज छिचोलिने

प्रधानमन्त्रीको उपस्थितिमा सिद्धबाबा सुरुङमार्ग आज छिचोलिने

Breaking News 2, ताजा अपडेट, लुम्बिनी, समाचार
११ माघ, पाल्पा । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्ग आज वारपार छेडिँदै छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सुरुङमार्ग छिचोलिने भएको हो । प्रधानमन्त्री ओली आज बिहान पाल्पाको बगनासकाली गाउँपालिका भवन  र तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिसकेपछि सुरुङमार्ग छिचोल्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ। कुल एक हजार एक सय २६ मिटर लामो सुरुङमा मुख्य सुरुङको खन्न बाँकी रहेको साढे एक मिटर भाग आज छिचोलिने आयोजनाका प्रमुख कृष्णराज अधिकारी जानकारी दिए । सुरुङ छिचोलिएपछि अन्य कामलाई तीव्रता दिइने उनले बताए । सुरुङमार्गको तीन वटा सहायक सुरुङ यसअघि नै छिचोल्ने काम सकिएको छ । जसमा बाइपास सुरुङ ३ को गत भदौ २६ मा, बाइपास सुरुङ १ को असोज ४ मा र बाइपास सुरुङ २ को पुस ७ मा ‘ब्रेक थ्रु’ भएको थियो । बाइपास सुरुङहरु क्रमशः १५१, २६१ र ३३० मिटर...
बाजुरामा बसको ठक्करबाट चार वर्षीय बालकको मृत्यु

बाजुरामा बसको ठक्करबाट चार वर्षीय बालकको मृत्यु

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढीः बाजुरामा बसको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका–८ का कुल लुहारका चार वर्षीय छोरा निशु लुहारको बसको ठक्करबाट मृत्यु भएको हो। जिल्ला सदरमुकाम मार्तडीबाट महेन्द्रनगर आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१–१०२० नम्बरको बसले साँफे–मार्तडी सडकखण्ड अन्तर्गत बेतालमाण्डौ बजारमा उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले बताए। बसले ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको हो। घटना बिहिवार दिउँसो ३ बजेर ३३ मिनेटमा भएको थियो। बालकलाई ठक्कर दिने बस र चालक कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ का ४९ वर्षीय दिवाकर भट्टलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
कञ्चनपुरबाट खैरोहिराइनसहित एक जना पक्राउ

कञ्चनपुरबाट खैरोहिराइनसहित एक जना पक्राउ

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर।  कञ्चनपुरको भीमदत्त नगरपालिका – १५ गोवरैया स्थित सार्वजनिक पिपल चौतारीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन् । बुधवार १।२० ग्राम लागू औषध खैरो हेरोइन सहित स्थानीय २९ वर्षीय करन राना क्षेत्री पक्राउ परेका हुन । उनलाई  जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।...
नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

Breaking News 2, आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ४०० रुपैयाँ घटेर एक लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ घटेर एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।...
अमेरिकाको लसएन्जलसमा फेरि फैलियो डढेलो

अमेरिकाको लसएन्जलसमा फेरि फैलियो डढेलो

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
१० माघ, काठमाडौं । अमेरिकाको लसएन्जलस क्षेत्रमा डढेलोले फेरि पनि उग्ररुप लिएको छ । आगोको जोखिम क्षेत्रमा रहेका हजारौं व्यक्तिहरुलाई फेरि पनि सुरक्षित स्थानमा सारिएको छ । अहिले आगो लागेको कास्टिक तलाउ नजिकको पहाडी क्षेत्रमा हो । यसको नजिकमा धनीहरुको बस्ती र स्कुलहरु छन् । यो डढेलोले ८ हजार एकड भन्दा धेरै क्षेत्र जलाइसकेको छ । तीव्र हावा र सुख्खा झाडीका कारण डढेलो फैलिन मद्दत पुगिरहेको छ । यद्यपि यो डढेलोले अहिलेसम्म कुनै पनि घर वा संरचनामा क्षति पुगेको छैन । तर १९ हजार व्यक्तिले आफ्नो घर छाडेर भाग्नुपरेको छ । अमेरिकाको क्यालिफोर्निया राज्यमा पर्ने लसएन्जलस क्षेत्रको आगो निभाउन टोली परिचालन गरिएको छ । यसअघि पनि लसएन्जलस क्षेत्रको प्यासिफिक प्यालिसेड्स क्षेत्रबाट डढेलो फैलिएको थियो । यो डढेलोले लसएन्जलसको शहरी क्षेत्रको ठूलो हिस्सा सखाप पारेको थियो । डढेलोको चपेटामा परेर २५ जनाको म...
भारतमा रेल दुर्घटना, दर्जन बढि नेपालीको मृत्यु

भारतमा रेल दुर्घटना, दर्जन बढि नेपालीको मृत्यु

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भारत । भारतमा पुष्पक एक्सप्रेसको रेल दुर्घटनामा परेको छ । बुधबार लखनउबाट मुम्बई जाँदै गरेको रेल दुर्घटना भएको हो । पधाडे रेलवे स्टेशनमा पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएपछि यात्रुहरु ज्यान जोगाउन ट्रेनबाट हाम फालेका थिए । सोही क्रममा केहीको मृत्यु भएको थियो भने केहीलाई अर्को ट्रयाकबाट आइहेको कर्नाटक एक्सप्रेसले किचेर मृत्यु भएको बताइएको छ । महाराष्ट्रको जलगाउँमा भएको उक्त दुर्घटनामा परेर हालसम्म दर्जन बढि नेपालीको मृत्यु भएको बताइएको छ । हाल मृतकको शव जलगाउँको रेलवेस्टेसनमा राखिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।...
मुस्ताङ लैजान लागिएको ऊँटलाई उद्धार गरी भारत फिर्ता पठाइँदै

मुस्ताङ लैजान लागिएको ऊँटलाई उद्धार गरी भारत फिर्ता पठाइँदै

Breaking News 2, ताजा अपडेट, समाचार
काठमाडौं । गह्रौं भारी बोकाएर हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथ लैजाँदै गरेको ऊँटको उद्धार गरी भारत पठाइने तयारी भएको छ । पोखराको लेखनाथमा एउटा ऊँटलाई गह्रौं भारी बोकाएर पहेंलो बस्त्र लगाएका दुई व्यक्तिले मुक्तिनाथ लैजाने तयारी गरिरहेको विषयमा मंगलबार अनलाइनखबरले समाचार प्रकाशन गरेको थियो । केही दिनअघि पोखराको लेखनाथमा देखिएको ऊँटलाई एनिमल नेपाल, एनिमल लभर्स ग्रुप र प्रहरीले खोजी गरिरहेको थियो । मंगलबार बेलुकी ५ बजेतिर कास्की र तनहुँ जिल्लाको सिमाना कोत्रेमा एनिमल नेपाल र प्रहरी टोलीले ऊँट फेला पारेको हो । त्यहाँबाट ऊँटलाई इलाका प्रहरी कार्यालय खैरेनीटारले राखेको थियो । बुधबार भने ऊँटलाई भारत फर्काइएको एनिमल नेपालका सुपरभाइजर देवराज उपाध्यायले बताए । आज तनहुँ बेलचौतारा इलाका प्रहरी कार्यालयले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर आएपछि मात्र त्यसलाई फिर्ता पठाउन मिल्छ भनेपछि हामी...