३८औँ पटक पक्राउ परे ‘पेसेवर चोर’ सन्तोष रानाभाट, यसअघि ३७ मुद्दा दर्ता
काठमाडौं । प्रहरीले ३९ वर्षीय सन्तोष रानाभाटलाई ३८औँ पटक पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले तनहुँ ऋषिङ गाउँपालिका–५ रामजाकोट घर भएका रानाभाटलाई चोरी कसुरमा मंगलबार पक्राउ गरेको हो।
कार्यालयका एसपी रमेश्वर कार्कीका अनुसार पक्राउ परेका रानाभाटको साथबाट ८८० ग्राम सुनका गरगहना, ३१७ ग्राम चाँदीका गहना, १९ थान धातुका सिक्का, पाँच थान विभिन्न कम्पनीका घडी, दुई थान मोबाइल, साथै खुकुरी र फलामको रड बरामद गरिएको छ।
वैशाख १४ गते काठमाडौंको टोखा–जागरण टोलस्थित एक घरमा भएको चोरी घटनाको अनुसन्धानका क्रममा उनको संलग्नता खुलेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। थप अनुसन्धानका क्रममा उनले चैत ११ गते सचेतना मार्ग र वैशाख ८ गते कालोपुल क्षेत्रमा पनि चोरी गरेको खुलेको छ।
प्रहरीका अनुसार रानाभाट ‘पेसेवर चोर’ हुन् र प्रायः एक्लै चोरी गर्ने गरेको देखिएको छ। उनी पैदल हिँडे...















