पूर्वप्रधानमन्त्री कार्की आक्रोशित, ‘आमा’ सम्बोधनमा आपत्ति
पूर्वप्रधानमन्त्री तथा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की ले आफूलाई ‘आमा’ भनेर सम्बोधन गरिएकोप्रति असन्तुष्टि जनाएकी छन् ।
काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा कानुन दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी भई बाहिरिने क्रममा पत्रकार दिवाकर साहले प्रतिक्रिया लिन खोज्दा उनी आक्रोशित देखिएकी थिइन् ।
पत्रकारले ‘आमा दर्शन’ भनेपछि कार्कीले तत्कालै “कोले आमा भनेको ?” भन्दै असन्तुष्टि जनाइन्। पत्रकारले आफूले सम्बोधन गरेको बताएपछि उनले “तिमीहरूको आमा नै फेरिसक्यो” भन्ने प्रतिक्रिया दिएकी थिइन्।
त्यसपछि पत्रकारले ‘केही फरक पर्दैन, आमा फेरिँदैन’ भने पनि कार्कीले रुखो शैलीमा “बालेन शाहकी श्रीमतीलाई आमा भन” भन्दै जवाफ फर्काएकी थिइन्। उनले सबिना काफ्ले (प्रधानमन्त्रीपत्नी) लाई संकेत गर्दै “आमा होइन ? बच्चाको आमा होइन ?” भनेर प्रतिप्रश्न समेत गरेकी थिइन्।
यस क्रममा पत्रकारले कार्कीलाई ‘देशकै आमा...















