रोमानिया पठाइदिने भन्दै लाखौँ ठगी, म्यानपावर सञ्चालक पक्राउ
विराटनगर – वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने भन्दै सर्वसाधारणबाट लाखौँ रुपैयाँ असुलेको आरोपमा मोरङबाट एक म्यानपावर सञ्चालक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–८ निवासी ३७ वर्षीय उद्धव पाठक रहेका छन्। प्रहरीले पाठकसँगै म्यानपावरमा लेखापालका रूपमा कार्यरत रतुवामाई–९ का अभि भण्डारीलाई पनि नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार पाठकले रतुवामाई–८ दाम्राभिट्टामा ‘केएसए’ नामक म्यानपावर सञ्चालन गर्दै आएका थिए। उनले आकर्षक तलब र रोजगारीको प्रलोभन देखाउँदै रोमानिया पठाइदिने आश्वासनमा विभिन्न व्यक्तिबाट ठूलो रकम उठाएको आरोप छ।
इलाका प्रहरी कार्यालय सिजुवाबाट इन्स्पेक्टर कैलाश लिम्बूको नेतृत्वमा खटिएको टोलीले सोमबार साँझ दुवै जनालाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।
पक्राउ परेका दुवै जनाविरुद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको छ। अदालत...















