Author: Xpress Tv News Nepal

भारतबाट आएको मोटरसाइकल र टिपर ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते

भारतबाट आएको मोटरसाइकल र टिपर ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार
सिम्रौनगढतर्फ जाँदै गरेको टिपर र भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। आदर्श कोटवाल गाउँपालिका–४ मा भएको उक्त दुर्घटनामा मोटरसाइकलमा सवार भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन्। घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ। घटनापछि स्थानीयवासी र प्रहरी घटनास्थलमा पुगेका थिए। मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।...
झापामा ‘स्वीप अपरेसन’ : ९२ जना नियन्त्रणमा, खैरो हेरोइन र गाँजा बरामद

झापामा ‘स्वीप अपरेसन’ : ९२ जना नियन्त्रणमा, खैरो हेरोइन र गाँजा बरामद

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
भद्रपुर (झापा) । झापामा प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’का क्रममा ९२ जना लागुऔषध प्रयोगकर्ता तथा कारोबारीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टा तथा मातहतका प्रहरी इकाइबाट खटिएको संयुक्त टोलीले सोमबार र मंगलबार जिल्लाका विभिन्न शंकास्पद स्थानमा अपरेसन सञ्चालन गरेको थियो। प्रहरीका अनुसार नियन्त्रणमा लिइएकामध्ये ७९ पुरुष र ४ महिला गरी ८३ जना लागुऔषध सेवनकर्ता तथा ९ जना लागुऔषध कारोबारी रहेका छन्। अपरेसनका क्रममा पक्राउ परेकाहरूको साथबाट ३८ ग्राम ९१० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ तथा ३ ग्राम ९०० मिलिग्राम गाँजा बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले मुख्य कारोबारीका रूपमा दमक नगरपालिका–३ का २७ वर्षीय विकास भुजेल र भद्रपुर नगरपालिका–७ की ३० व...
खुकुरी देखाई युवतीमाथि कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ

खुकुरी देखाई युवतीमाथि कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ । दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने एक युवक लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको तुलसीपुर उपमहानगरपालिका–२, भँके निवासी २४ वर्षीय रमेश ठाडा मगरले करिब तीन महिनाअघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाउँदै डर–धम्की दिई कुटपिट गरेको भिडियो मंगलबार बेलुका करिब ८:३० बजे आफ्नै फेसबुक आईडीमार्फत सार्वजनिक गरेका थिए। भिडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सोही राति करिब १०:४० बजे उनको घरमा छापा मारेर नियन्त्रणमा लिएको हो। पक्राउका क्रममा उनको साथबाट लागुऔषधजन्य औषधि Pregamax १ ट्याब्लेट, Trohmo ४१ ट्याब्लेट, Antikop २ ट्याब्लेट र Nitrazohm ५ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ। यसै घटनामा संलग्न रहेको आशंकामा तुलसीपुर–२, बालापुर निवासी २१ वर्षीय जीवराज खत्रीलाई पनि नियन्त्रणमा...
भाइरल भिडियोबारे रास्वपा सांसद सृष्टि भट्टराईको स्पष्टीकरण: ‘यो पुरानो र निजी क्षण हो’

भाइरल भिडियोबारे रास्वपा सांसद सृष्टि भट्टराईको स्पष्टीकरण: ‘यो पुरानो र निजी क्षण हो’

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो भिडियोबारे स्पष्टीकरण दिएकी छन्। गुडिरहेको कारको झ्यालबाट बाहिर निस्किएर रमाइलो गरिरहेको उक्त भिडियो सार्वजनिक भएपछि उनले शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन्। सांसद भट्टराईका अनुसार उक्त भिडियो हालको नभई आफू सार्वजनिक जिम्मेवारी र सरकारी नियुक्तिमा आउनुभन्दा धेरै अघिको निजी क्षणसँग सम्बन्धित हो। ‘यो भिडियो मेरो हालको सार्वजनिक जिम्मेवारी वा सरकारी नियुक्तिभन्दा अगाडिको निजी समयसँग सम्बन्धित रहेको कुरा स्पष्ट गर्न चाहन्छु,’ उनले भनेकी छन्। त्यतिबेला आफू सवारी चालक नभई यात्रुको रूपमा रहेको र उक्त क्षण केवल रमाइलोका रूपमा कैद गरिएको उनको भनाइ छ। सार्वजनिक पदमा रहे पनि निजी जीवन जिउने अधिकार रहने उल्लेख गर्दै उनले व्यक्तिगत क्षणका आधारमा...
मन्त्री लम्सालको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिपछि निर्माण व्यवसायी असन्तुष्ट, असुरक्षा बढेको गुनासो

मन्त्री लम्सालको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिपछि निर्माण व्यवसायी असन्तुष्ट, असुरक्षा बढेको गुनासो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ले सडक अनुगमनका क्रममा दिएको विवादास्पद अभिव्यक्तिले निर्माण व्यवसायी वृत्तमा व्यापक चर्चा र असन्तुष्टि पैदा गरेको छ। नागढुंगा–मुग्लिन सडक आयोजनाको निरीक्षणका क्रममा उनले काममा ढिलाइ गर्ने ठेकेदारप्रति कडा टिप्पणी गर्दै दिएको अभिव्यक्तिप्रति निर्माण व्यवसायीहरूले आपत्ति जनाएका छन्। अनुगमनका क्रममा धादिङ खण्डमा विद्युत् पोल नसारिँदा निर्माण कार्य प्रभावित भएको जानकारी पाएपछि मन्त्री लम्सालले सम्बन्धित निकायका अधिकारीहरूसामु कडा प्रतिक्रिया दिएका थिए। उनको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि निर्माण व्यवसायीहरूमा असुरक्षाको भावना बढेको महासंघका पदाधिकारीहरूको भनाइ छ। नेपाल निर्माण व्यवसायी महासंघका महासचिव शिवहरि घिमिरे ले मन्त्रीको अभिव्यक्ति जिम्मेवार पदको मर्यादाअनुकूल नभएको बताए। उनका अनुसार निर्माण व्यवसायीलाई धम्की वा दबाब दिएर विक...
खनाल–वाङ वार्ता : नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने नेपालको प्रतिबद्धता

खनाल–वाङ वार्ता : नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने नेपालको प्रतिबद्धता

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यी बीच बेइजिङमा उच्चस्तरीय वार्ता भएको छ। उक्त भेटवार्तालाई चिनियाँ सरकारी सञ्चारमाध्यमले विशेष प्राथमिकताका साथ प्रस्तुत गरेका छन्। चिनियाँ सरकारी पत्रिका China Daily का अनुसार विदेशमन्त्री वाङले नेपालसँग उच्च गुणस्तरको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सहकार्यलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन चीन प्रतिबद्ध रहेको बताएका छन्। उनले नेपाललाई भूपरिवेष्ठित अवस्थाबाट क्षेत्रीय कनेक्टिभिटीको केन्द्रका रूपमा विकास गर्न चीनले निरन्तर सहयोग गर्ने उल्लेख गरे। वार्ताका क्रममा वाङले चीनले छिमेकी कूटनीतिमा नेपाललाई विशेष महत्व दिँदै आएको उल्लेख गर्दै नेपालको नयाँ सरकारले सुशासन, स्थायित्व र विकासलाई अघि बढाउने विश्वास व्यक्त गरे। उनले द्विपक्षीय सहयोग संयन्त्रलाई प्रभावकारी बनाउँदै चिनियाँ लगानी र व्यापार...
अराउहोको अन्तिम गोलले उरुग्वेलाई हारबाट बचायो, साउदी अरेबियासँग १–१ को बराबरी

अराउहोको अन्तिम गोलले उरुग्वेलाई हारबाट बचायो, साउदी अरेबियासँग १–१ को बराबरी

Breaking News 1, Breaking News 2, आजको विशेष, खेलकुद, ताजा अपडेट, समाचार
विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा माक्सी अराउहो को अन्तिम समयमा आएको गोलको मद्दतले उरुग्वे ले साउदी अरेबिया सँग १–१ को बराबरी खेलेको छ। खेलको पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा साउदी अरेबियाले अग्रता लिएको थियो। कर्नरबाट आएको बलमा हसन अल ताम्बक्तीको हेडर उरुग्वेका गोलरक्षक फर्नान्डो मुस्लेरा ले रोके पनि रिबाउन्ड बललाई अब्दुलेलाह अल अम्रीले जाली चुमाउँदै टोलीलाई १–० को अग्रता दिलाएका थिए। अग्रता लिएपछि साउदी अरेबिया ऐतिहासिक जिततर्फ उन्मुख देखिएको थियो। तर दोस्रो हाफमा उरुग्वेले आक्रामक खेल प्रस्तुत गर्‍यो। प्रशिक्षक मार्सेलो बिएल्सा ले रणनीतिक परिवर्तन गरेपछि टोलीको खेलमा सुधार आएको थियो। उरुग्वेले लगातार दबाब सिर्जना गरे पनि साउदी गोलरक्षक मोहम्मद अल ओवैस ले उत्कृष्ट प्रदर्शन गर्दै धेरै अवसर विफल पारे। उनले खेलभरि नौ महत्वपूर्ण बचाउ गरेका थिए। तर खेल सकिन १० मिनेट बाँ...
गण्डकीको बजेट : ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

गण्डकीको बजेट : ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

Breaking News 1, Breaking News 2, आजको विशेष, गण्डकी, ताजा अपडेट, बागमती, समाचार
गण्डकी प्रदेश सरकारले ‘आत्मनिर्भर र समुन्नत प्रदेश : सुखी प्रदेशवासी’ भन्ने दीर्घकालीन सोचलाई केन्द्रमा राख्दै लगानी, नवप्रवर्तन, उद्यमशीलता तथा औद्योगिकीकरणलाई प्रोत्साहन गर्ने गरी आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेको छ। सोमबार गण्डकी प्रदेशसभाको बैठकमा आर्थिक मामिला मन्त्री जितबहादुर शेरचन ले बजेट प्रस्तुत गर्दै प्रदेशको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि निजी क्षेत्रसँग सहकार्य गरिने बताएका छन्। उनका अनुसार प्रदेशमा लगानी आकर्षित गरी आर्थिक विकास र रोजगारी सिर्जना गर्न ‘मेरो प्रदेश : मेरो दायित्व’ तथा ‘इन्भेष्ट गण्डकी’ अभियान सञ्चालन गरिनेछ। लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत, कानुनी र प्रक्रियागत सुधारसमेत गरिने बजेटमा उल्लेख छ। प्रचुर स्रोत–साधन, अवसर र सम्भावनाले भरिएको गण्डकी प्रदेशलाई आत्मनिर्भर तथा समुन्नत बनाउने लक्ष्यसहित बजेटका प्राथमिकता तय गरि...
नौ मन्त्रालयको बजेटमाथिको छलफल सम्पन्न, मंगलबार प्रधानमन्त्री कार्यालयसहित अन्य निकायको बजेटमाथि बहस हुने

नौ मन्त्रालयको बजेटमाथिको छलफल सम्पन्न, मंगलबार प्रधानमन्त्री कार्यालयसहित अन्य निकायको बजेटमाथि बहस हुने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ । प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ वटा मन्त्रालयका बजेट शीर्षकमाथिको छलफल सम्पन्न भएको छ। सोमबार बसेको बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालय तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको बजेटमाथि विस्तृत छलफल भएको हो। उक्त मन्त्रालयहरूको विनियोजन शीर्षकमाथि १२ जना सांसदहरूले खर्च कटौतीका प्रस्तावसहित आफ्नो धारणा राखेका थिए। साथै, अन्य सांसदहरूले पनि बजेटका प्राथमिकता, प्रभावकारिता र कार्यान्वयनका विषयमा आ-आफ्ना धारणा प्रस्तुत गरेका थिए। छलफल सम्...
संसद भवन निर्माणमा ढिलाइ भएपछि सभामुख अर्याल आक्रोशित, दैनिक एक करोड जरिवानाको चेतावनी

संसद भवन निर्माणमा ढिलाइ भएपछि सभामुख अर्याल आक्रोशित, दैनिक एक करोड जरिवानाको चेतावनी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं — सभामुख डोलप्रसाद अर्याल ले निर्माणाधीन नयाँ संसद भवनको काम समयमै सम्पन्न नभएको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। सोमबार निर्माणाधीन भवन तथा बैठक कक्षको स्थलगत अवलोकनका क्रममा उनले निर्माण व्यवसायीलाई निर्धारित समयमा काम सम्पन्न नगरे दैनिक एक करोड रुपैयाँ जरिवाना तिराउन सकिने चेतावनी दिएका हुन्। नयाँ बानेश्वरस्थित संसद भवनका रूपमा प्रयोग हुँदै आएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आगजनी भएपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठकहरू अस्थायी हलबाट सञ्चालन हुँदै आएका छन्। अवलोकनका क्रममा सभामुख अर्यालले पटक–पटक समय थप्ने तर काममा प्रगति नदेखिएको भन्दै असन्तुष्टि जनाए। उनले निर्माण कार्यमा भइरहेको ढिलाइलाई राष्ट्रको प्रतिष्ठासँग जोडिएको विषय भएको उल्लेख गर्दै सम्बन्धित निकायलाई जवाफदेही बनाउनुपर्ने बताए। “काम सम्पन्न गर्ने निश्चित मिति तय गरौँ, अन्यथा ढिलाइको मूल्य...