ढुवानी र कच्चा पदार्थ महँगिएपछि प्रशोधित पानीको मूल्य बढ्ने
काठमाडौं — नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य वृद्धि गर्ने घोषणा गरेको छ। बढ्दो ढुवानी खर्च र कच्चा पदार्थको मूल्यमा आएको तीव्र वृद्धिका कारण उद्योग सञ्चालन महँगो बनेपछि यस्तो निर्णय गरिएको महासंघले जनाएको हो।
महासंघका महासचिव ध्रुवप्रसाद अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्यापिङ रोल, जार तथा जार क्यापलगायत सामग्रीको मूल्य करिब ४० प्रतिशतसम्म बढेको छ। साथै पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ढुवानी खर्चसमेत उल्लेखनीय रूपमा बढाएको छ।
महासंघले सुरक्षित र गुणस्तरीय पिउने पानी उपलब्ध गराउँदै आएको यस उद्योगले राजस्व संकलन, रोजगारी सिर्जना र बजार आपूर्तिमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरेको छ। तर पछिल्लो समय लागत अत्यधिक बढेपछि पुरानै मूल्यमा पानी बिक्री गरी उद्योग सञ्चालन सम्भव नभएको निष्कर्ष निकालिएको छ।
विज...















