वीरगञ्जमा सडक विस्तार अभियान तीव्र, अतिक्रमित संरचना भत्काउने कार्य सुरु
पर्सा — वीरगञ्ज मा मुख्य सडक विस्तारलाई तीव्रता दिँदै अतिक्रमित संरचना हटाउने अभियान आइतबार बिहानैदेखि सुरु गरिएको छ। सडक डिभिजन कार्यालय हेटौँडा ले त्रिभुवन राजपथ अन्तर्गत गण्डकचोकदेखि मितेरीपुलसम्मको सडक खण्डमा निर्माण गरिएका घरटहरा भत्काउन थालेको हो।
कार्यालयका अनुसार सडकको बीच भागबाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्र खाली गराउँदै सडक विस्तार गर्ने लक्ष्य राखिएको छ। यस क्रममा करिब एक दर्जन एक्जाभेटर प्रयोग गरी झण्डै १,२०० भन्दा बढी संरचना हटाइने जनाइएको छ।
इन्जिनियर भोला साहका अनुसार सर्वोच्च अदालत को फैसला र संघीय सरकारको निर्देशनअनुसार मापदण्ड विपरीत बनेका संरचना हटाउने कार्य अघि बढाइएको हो। “पटक–पटक सूचना जारी गर्दा पनि अटेर भएपछि बाध्य भएर भत्काउन सुरु गरिएको हो,” उनले बताए।
यता स्थानीय व्यापारी तथा घरधनीहरूले भने छोटो समयको सूचना दिएर घर खाली गर्न बाध्य बनाइएको भन्दै असन्तुष्...















