Author: Xpress Tv News Nepal

गगनलाई सभापति मान्दै कोइराला पक्ष एकतामा, देउवा समूहबाट अलग

गगनलाई सभापति मान्दै कोइराला पक्ष एकतामा, देउवा समूहबाट अलग

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं — नेपाली कांग्रेस भित्रको आन्तरिक शक्ति सन्तुलनमा नयाँ मोड आएको छ। सर्वोच्च अदालतको अन्तिम फैसलापछि कोइराला पक्षका शीर्ष नेताहरूले शेरबहादुर देउवा समूह छोड्दै एकताको पक्षमा अघि बढ्ने निर्णय गरेका छन्। डा. शेखर कोइराला, डा. शशांक कोइराला र धनराज गुरूङ सहितका नेताहरूले आइतबार बिहान विशालनगरस्थित शेखर कोइरालाको सम्पर्क कार्यालयमा छुट्टै भेला गर्दै गगन थापा लाई सभापतिका रूपमा स्वीकार्दै एकतामा जाने निर्णय गरेका हुन्। यसअघि धुम्बाराहीस्थित देउवा समूहको बैठकमा अनुपस्थित रहँदै उनीहरूले आफ्नो अलग धार स्पष्ट गरेका थिए। भेलामा कोइराला पक्षका अन्य केन्द्रीय सदस्य र सांसदहरू समेत सहभागी रहेको जनाइएको छ। नेता गुरूङका अनुसार सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्दै पार्टीभित्र थप विभाजन नभई एकता कायम गर्नुपर्नेमा सहमति जुटेको हो। “हामी पार्टी फुटको पक्षमा छैनौँ, कांग्रेसलाई एकताबद्ध बन...
वीरगञ्जमा सडक विस्तार अभियान तीव्र, अतिक्रमित संरचना भत्काउने कार्य सुरु

वीरगञ्जमा सडक विस्तार अभियान तीव्र, अतिक्रमित संरचना भत्काउने कार्य सुरु

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, विचार, समाचार
पर्सा — वीरगञ्ज मा मुख्य सडक विस्तारलाई तीव्रता दिँदै अतिक्रमित संरचना हटाउने अभियान आइतबार बिहानैदेखि सुरु गरिएको छ। सडक डिभिजन कार्यालय हेटौँडा ले त्रिभुवन राजपथ अन्तर्गत गण्डकचोकदेखि मितेरीपुलसम्मको सडक खण्डमा निर्माण गरिएका घरटहरा भत्काउन थालेको हो। कार्यालयका अनुसार सडकको बीच भागबाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्र खाली गराउँदै सडक विस्तार गर्ने लक्ष्य राखिएको छ। यस क्रममा करिब एक दर्जन एक्जाभेटर प्रयोग गरी झण्डै १,२०० भन्दा बढी संरचना हटाइने जनाइएको छ। इन्जिनियर भोला साहका अनुसार सर्वोच्च अदालत को फैसला र संघीय सरकारको निर्देशनअनुसार मापदण्ड विपरीत बनेका संरचना हटाउने कार्य अघि बढाइएको हो। “पटक–पटक सूचना जारी गर्दा पनि अटेर भएपछि बाध्य भएर भत्काउन सुरु गरिएको हो,” उनले बताए। यता स्थानीय व्यापारी तथा घरधनीहरूले भने छोटो समयको सूचना दिएर घर खाली गर्न बाध्य बनाइएको भन्दै असन्तुष्...
आजदेखि देशभर २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाविरुद्धको औषधि वितरण

आजदेखि देशभर २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाविरुद्धको औषधि वितरण

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार, स्वस्थ्य
काठमाडौँ – सरकारले आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाविरुद्धको औषधि वितरण सुरु गरेको छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिनसम्म यो अभियान सञ्चालन गरिरहेको हो। स्वास्थ्य सेवा विभागका अनुसार छ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदैछ। साथै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाविरुद्धको औषधि ‘अलबेन्डाजोल’ पनि प्रदान गरिँदैछ। अभियानलाई प्रभावकारी बनाउन देशभरका स्थानीय तहले पायक पर्ने स्थानमा खोप केन्द्र स्थापना गरेका छन्। कार्यक्रममा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको विभागले जनाएको छ। भिटामिन ‘ए’ को कमीबाट हुने स्वास्थ्य समस्या न्यूनीकरण गर्ने उद्देश्यले यो कार्यक्रम विसं २०५० मा आठ जिल्लाबाट सुरु भई २०५९ सालदेखि देशभर विस्त...
भारतीय सहयोगमा बडिगाडमा स्वास्थ्य चौकी भवन निर्माण सुरु

भारतीय सहयोगमा बडिगाडमा स्वास्थ्य चौकी भवन निर्माण सुरु

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, विचार, समाचार
बागलुङ – भारतीय सरकारको आर्थिक सहयोगमा बडिगाड गाउँपालिका–७ भिमगिठेमा नयाँ स्वास्थ्य चौकी भवन निर्माण कार्य सुरु भएको छ। कुल करिब ४ करोड ७ लाख रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनाका लागि काठमाडौँस्थित भारतीय दूतावास र बडिगाड गाउँपालिकाबीच द्विपक्षीय सम्झौता सम्पन्न भएको हो। सम्झौताअनुसार भारतीय दूतावासले करिब २ करोड ९४ लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउनेछ भने बाँकी रकममध्ये ५ प्रतिशत लागत गाउँपालिकाले व्यहोर्नेछ। ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत निर्माण हुन लागेको भवनको शिलान्यास गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी र भारतीय दूतावासका द्वितीय सचिव अजयकुमार सिंहले संयुक्त रूपमा गर्नुभएको हो। शिलान्यास समारोहमा अध्यक्ष अधिकारीले पुरानो स्वास्थ्य चौकी भवन जीर्ण बन्दै जाँदा सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको उल्लेख गर्दै स्थानीय आवश्यकताअनुसार नयाँ भवन निर्माण थालिएको...
धरानमा ५९ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ

धरानमा ५९ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, विचार, समाचार, सुरक्षा
सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गमा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। आज बिहान गरिएको सवारी जाँचका क्रममा ५९ किलो गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको संयुक्त टोलीले भेँडेटारबाट धरानतर्फ आउँदै गरेको बिआर १० पिबी २२४१ नम्बरको भारतीय स्कार्पियोलाई रोकेर जाँच गर्दा गाँजा फेला परेको हो। प्रहरीका अनुसार सवारी साधनको सिटमुनि ‘फल्स बटम’ बनाई लुकाइछिपाइ गरेर गाँजा ओसारपसार गरिएको थियो। पक्राउ पर्नेमा भारतको बिहार राज्य, सुपौल जिल्ला बलुवा बजार–६ का २२ वर्षीय चालक सुबिध कुमार, सोही स्थानका २२ वर्षीय रोहित कुमार र सुपौल बजार–१ का ४० वर्षीय मोहम्मद जमशेर रहेका छन्। तीनै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाए...
आईसीसी महिला च्यालेन्ज ट्रफी: नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै

आईसीसी महिला च्यालेन्ज ट्रफी: नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, विचार, समाचार
काठमाडौं — International Cricket Council (आईसीसी) महिला टी–२० च्यालेन्ज ट्रफीअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। खेल रुवान्डामा नेपाली समयअनुसार बेलुका पौने ५ बजे सुरु हुनेछ। नेपाली महिला टोलीले पहिलो पटक रुवान्डामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो। प्रतियोगितामा नेपाल र अमेरिकासहित इटाली, आयोजक रुवान्डा र भानुआतु सहभागी छन्। सबै टोलीले एकअर्कासँग दुई पटक खेल्ने प्रारूप तय गरिएको छ। अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली प्रतियोगिताको विजेता बन्नेछ। आजदेखि सुरु भएको प्रतियोगिता वैशाख १८ गतेसम्म सञ्चालन हुनेछ। आईसीसीले यो प्रतियोगिता पहिलो पटक आयोजना गरेको हो। यसअघि नेपाल क्रिकेट सङ्घ (क्यान) ले गएको बुधबार नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई औपचारिक रूपमा बिदाइ गरेको थियो।...
ढुवानी र कच्चा पदार्थ महँगिएपछि प्रशोधित पानीको मूल्य बढ्ने

ढुवानी र कच्चा पदार्थ महँगिएपछि प्रशोधित पानीको मूल्य बढ्ने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती
काठमाडौं — नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य वृद्धि गर्ने घोषणा गरेको छ। बढ्दो ढुवानी खर्च र कच्चा पदार्थको मूल्यमा आएको तीव्र वृद्धिका कारण उद्योग सञ्चालन महँगो बनेपछि यस्तो निर्णय गरिएको महासंघले जनाएको हो। महासंघका महासचिव ध्रुवप्रसाद अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्‍यापिङ रोल, जार तथा जार क्यापलगायत सामग्रीको मूल्य करिब ४० प्रतिशतसम्म बढेको छ। साथै पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ढुवानी खर्चसमेत उल्लेखनीय रूपमा बढाएको छ। महासंघले सुरक्षित र गुणस्तरीय पिउने पानी उपलब्ध गराउँदै आएको यस उद्योगले राजस्व संकलन, रोजगारी सिर्जना र बजार आपूर्तिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरेको छ। तर पछिल्लो समय लागत अत्यधिक बढेपछि पुरानै मूल्यमा पानी बिक्री गरी उद्योग सञ्चालन सम्भव नभएको निष्कर्ष निकालिएको छ। विज...
त्रिभुवन विमानस्थलबाट लागुऔषधसहित विदेशी नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट लागुऔषधसहित विदेशी नागरिक पक्राउ

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले लागुऔषधजस्तो देखिने तरल पदार्थसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अमेरिकी राहदानीवाहक ४६ वर्षीय ओग्नियन पेट्रोभ रहेका छन्। विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार उनी काठमाडौँबाट दिल्ली जान लागेको Air Indiaको उडान नम्बर AI-218 मार्फत यात्रा गर्ने क्रममा पक्राउ परेका हुन्। प्रहरीका अनुसार नियमित लगेज जाँचका क्रममा स्क्रिनिङ गर्दा उनको सामान शंकास्पद देखिएपछि थप जाँच गरिएको थियो। त्यसक्रममा गाँजा/भाङको तेलजस्तो देखिने करिब १.२५ लिटर क्षमताका पाँच वटा बोतल बरामद गरिएको बताइएको छ। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरोको जिम्मा लगाइएको छ। प्रहरीले उक्त पदार्थको वास्तविक प्रकृति परीक्षणपछि मात्रै पुष्टि हुने जनाएको छ।...
**जुम्लामा अनलाइनमार्फत मतदाता नामावली दर्ता गर्नेको सङ्ख्यामा वृद्धि**  जुम्ला — राष्ट्रिय परिचयपत्र नम्बरमार्फत अनलाइन प्रणालीबाट मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ।  निर्वाचन आयोगको केन्द्रीय कार्यालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेसँगै राष्ट्रिय परिचयपत्र बनाएका धेरै नागरिकले अनलाइन माध्यमबाटै नाम दर्ता गर्न थालेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।  निर्वाचन अधिकारी दीपेन्द्र कँडेलका अनुसार दर्ता गराउनेमध्ये करिब ९० प्रतिशतले अनलाइन प्रणाली प्रयोग गरेका छन्। उहाँका अनुसार हालसम्म राष्ट्रिय परिचयपत्रमार्फत ३३५ जना र कार्यालयमा प्रत्यक्ष उपस्थित भएर ५ जना गरी कुल ४४० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।  कार्यालयले जिल्लाका सबै स्थानीय तहलाई मतदाता नामावली दर्ता तथा अद्यावधिक प्रक्रियाबारे जानकारी गराउँदै पत्राचारसमेत गरेको जनाएको छ।  गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा ३४ हजार २८० महिला र ३७ हजार ४५९ पुरुष गरी कुल ७१ हजार ७३९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।

**जुम्लामा अनलाइनमार्फत मतदाता नामावली दर्ता गर्नेको सङ्ख्यामा वृद्धि** जुम्ला — राष्ट्रिय परिचयपत्र नम्बरमार्फत अनलाइन प्रणालीबाट मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। निर्वाचन आयोगको केन्द्रीय कार्यालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेसँगै राष्ट्रिय परिचयपत्र बनाएका धेरै नागरिकले अनलाइन माध्यमबाटै नाम दर्ता गर्न थालेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन अधिकारी दीपेन्द्र कँडेलका अनुसार दर्ता गराउनेमध्ये करिब ९० प्रतिशतले अनलाइन प्रणाली प्रयोग गरेका छन्। उहाँका अनुसार हालसम्म राष्ट्रिय परिचयपत्रमार्फत ३३५ जना र कार्यालयमा प्रत्यक्ष उपस्थित भएर ५ जना गरी कुल ४४० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। कार्यालयले जिल्लाका सबै स्थानीय तहलाई मतदाता नामावली दर्ता तथा अद्यावधिक प्रक्रियाबारे जानकारी गराउँदै पत्राचारसमेत गरेको जनाएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा ३४ हजार २८० महिला र ३७ हजार ४५९ पुरुष गरी कुल ७१ हजार ७३९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।

Breaking News 1, Breaking News 2, आजको विशेष, कर्णाली, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
जुम्ला — राष्ट्रिय परिचयपत्र नम्बरमार्फत अनलाइन प्रणालीबाट मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। निर्वाचन आयोगको केन्द्रीय कार्यालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेसँगै राष्ट्रिय परिचयपत्र बनाएका धेरै नागरिकले अनलाइन माध्यमबाटै नाम दर्ता गर्न थालेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन अधिकारी दीपेन्द्र कँडेलका अनुसार दर्ता गराउनेमध्ये करिब ९० प्रतिशतले अनलाइन प्रणाली प्रयोग गरेका छन्। उहाँका अनुसार हालसम्म राष्ट्रिय परिचयपत्रमार्फत ३३५ जना र कार्यालयमा प्रत्यक्ष उपस्थित भएर ५ जना गरी कुल ४४० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। कार्यालयले जिल्लाका सबै स्थानीय तहलाई मतदाता नामावली दर्ता तथा अद्यावधिक प्रक्रियाबारे जानकारी गराउँदै पत्राचारसमेत गरेको जनाएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि...
काठमाडौं उपत्यकामा महँगीको चाप: दैनिक उपभोग्य वस्तु, ग्यास र यातायात भाडा अनियन्त्रित, उपभोक्ता मारमा

काठमाडौं उपत्यकामा महँगीको चाप: दैनिक उपभोग्य वस्तु, ग्यास र यातायात भाडा अनियन्त्रित, उपभोक्ता मारमा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, ब्यापार, विचार, समाचार
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो समय दैनिक उपभोग्य वस्तुहरूको मूल्य अस्वाभाविक रूपमा वृद्धि हुँदै गएको छ। विशेषगरी केराको मूल्य खुद्रा बजारमा प्रतिदर्जन ३५० देखि ४०० रुपैयाँसम्म पुगेको छ, जबकि किसानले भने सोही उत्पादनको ६० देखि ८० रुपैयाँ मात्र प्राप्त गरिरहेका छन्। यसले उत्पादनदेखि उपभोक्तासम्मको मूल्य श्रृंखलामा गम्भीर असन्तुलन देखिएको छ। त्यस्तै, ग्यास अभावको समस्या पनि बढ्दै गएको छ। उपभोक्ताहरूले सिलिन्डर साट्न ५०० देखि १ हजार रुपैयाँसम्म अतिरिक्त शुल्क तिर्नु परेको गुनासो गरेका छन्। आपूर्ति व्यवस्थापन कमजोर हुँदा उपभोक्ता थप समस्यामा परेका हुन्। यातायात क्षेत्रमा पनि सरकारले तोकेको भाडादरभन्दा बढी असुली भइरहेको भन्दै असन्तुष्टि बढेको छ। अनौपचारिक रूपमा अतिरिक्त शुल्क लिने प्रवृत्तिले सर्वसाधारण यात्रु प्रत्यक्ष प्रभावित भएका छन्। पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै समग्र...