Author: Xpress Tv News Nepal

शक्तिशाली बाढीको बीचमा पनि अडिग रह्यो घर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा

शक्तिशाली बाढीको बीचमा पनि अडिग रह्यो घर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
नेपालमा प्रकृतिले उग्र रूप लिँदा आएको शक्तिशाली बाढीले आसपासका बस्ती तथा संरचनामा ठूलो क्षति पुर्‍याएको छ। बाढीको तीव्र बहावले धेरै घर तथा भौतिक संरचना प्रभावित भइरहेका बेला एउटा घर भने आश्चर्यजनक रूपमा सुरक्षित रहेको दृश्यले सबैको ध्यान तानेको छ। चारैतिर बाढीको भेल र जोखिमपूर्ण अवस्था रहे पनि उक्त घर भने आफ्नो ठाउँमा मजबुत रूपमा उभिएको देखिन्छ। घरभित्र रहेका मानिसहरू बाल्कोनीमा बसेर सुरक्षित रहेको दृश्यसमेत सार्वजनिक भएको छ। यति ठूलो र शक्तिशाली बाढीको सामना गर्दा पनि संरचनामा ठूलो क्षति नदेखिएपछि यसको निर्माण गुणस्तरबारे चर्चा सुरु भएको हो। यदि उक्त घरले वास्तवमै बाढीको यति ठूलो बहावलाई सामना गर्दै सुरक्षित रूपमा उभिन सफल भएको पुष्टि भएमा यसको डिजाइन तथा निर्माणमा संलग्न इन्जिनियर र ठेकेदारको काम प्रशंसनीय हुने भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समेत यस घटनालाई चासोका साथ उल्लेख ग...
त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, ड्रिलिङमा आंशिक सफलता

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, ड्रिलिङमा आंशिक सफलता

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट
बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा उद्धार कार्य तीव्र पारिएको छ। सुरुङमा जमेको लेदो हटाउँदै ड्रिलिङमार्फत उद्धारको बाटो खोल्ने प्रयास भइरहेको छ। उद्धारका क्रममा सुरुङको माथिल्लो भागमा रहेको ‘क्राउन’ पहिचान गर्न टोली सफल भएको छ। क्राउन पहिचान भएपछि ड्रिलिङबाट बनाइएको प्वालमार्फत सुरुङभित्र क्यामेरा र अक्सिजन पठाउने तयारी भइरहेको छ। क्यामेरामार्फत सुरुङभित्रको वास्तविक अवस्था पत्ता लगाउने तथा सम्भावित रूपमा भित्र रहेका व्यक्तिसम्म अक्सिजन पुर्‍याउने प्रयास भइरहेको छ। साथै, सुरुङभित्र थुप्रिएको लेदो हटाउने कामलाई पनि सँगसँगै अघि बढाइएको छ। प्रतिकूल मौसम, लेदो र कठिन भौगोलिक अवस्थाका बीच प्राविधिक तथा सुरक्षाकर्मीको टोलीले उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ। सम्भावित रूपमा सुरुङभित्र फसेकाहरूको उद्धारका लागि टोलीले उपलब्ध सबै उपाय अपनाएर काम गरिरह...
माटोमुनिबाट बालिका रोएको आवाज आएपछि APF टोलीले गर्‍यो उद्धार, अचेत अवस्थामा फेला

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि APF टोलीले गर्‍यो उद्धार, अचेत अवस्थामा फेला

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२, टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरी बल (APF) को उद्धार टोलीले माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकालाई जीवितै उद्धार गरेको छ। शुक्रबार साँझ करिब ६ः१५ बजे टिमुरे क्षेत्रमा खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि तत्कालै त्यसतर्फ खोजी अघि बढाएको थियो। केहीबेरको प्रयासपछि माटोले पुरिएको अवस्थामा बालिकालाई फेला पारेर उद्धार गरिएको हो। सीमा सुरक्षा चौकी (BOP) टिमुरेबाट सप्रनिको कमान्डमा परिचालित ६ सदस्यीय टोलीले बालिकालाई उद्धार गरी चौकीमा ल्याएको जनाइएको छ। उद्धारका क्रममा बालिका निकै कमजोर तथा अचेत अवस्थामा फेला परेकी थिइन्। चौकीमा ल्याएपछि उनलाई न्यानो बनाएर प्राथमिक हेरचाह गरिएको छ। अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गर्ने पहल भइरहेको जनाइएको छ। यद्यपि, रातिको समय ...
🇳🇵 रवीन्द्र ढाँटको शानदार जित, ‘Road to UFC’ को फाइनलमा प्रवेश

🇳🇵 रवीन्द्र ढाँटको शानदार जित, ‘Road to UFC’ को फाइनलमा प्रवेश

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
  नेपाली मिक्स्ड मार्सल आर्ट्स (MMA) फाइटर रवीन्द्र ढाँटले ‘Road to UFC’ सिजन–५ को सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै कासिप मुर्डोजलाई पराजित गरेका छन्। यो जितसँगै रवीन्द्रले प्रतियोगिताको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन्। महत्त्वपूर्ण सेमिफाइनल भिडन्तमा प्रभावशाली प्रदर्शन गर्दै जित निकालेका रवीन्द्रको सफलताले नेपाली खेलकुद क्षेत्रमा उत्साह थपिएको छ। अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित प्रतिस्पर्धामा फाइनलसम्मको यात्रा तय गर्नु नेपाली खेलाडीका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। फाइनल प्रवेशसँगै अब रवीन्द्रको लक्ष्य ‘Road to UFC’ को उपाधि जित्दै नेपालको नाम अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा थप उचाइमा पुर्‍याउने हुनेछ। उनको प्रदर्शन र आत्मविश्वासले नेपाली खेलप्रेमीमा पनि ठूलो आशा जगाएको छ। फाइनलमा प्रवेश गरेपछि रवीन्द्रले नेपालमा जारी कठिन परिस्थितिप्रति पनि भावुक हुँदै ने...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो ३६ घण्टाको अवधिमा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेको कोषको खातामा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ सहयोग प्राप्त भएको हो। नेपाल–चीन सीमाबाट बग्ने भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत तथा उद्धारका लागि व्यक्ति तथा विभिन्न संघसंस्थाबाट कोषमा सहयोग आउने क्रम तीव्र भएको हो। सरकारले कोषमा रकम संकलन तथा समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागत रूपमा १ करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताहरूबाट रकम ग्रहण गरिरहेका छन् भने व्यक्तिगत सहयो...
शव व्यवस्थापनका लागि रेडक्रसले उपलब्ध गराएका १,४४० झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

शव व्यवस्थापनका लागि रेडक्रसले उपलब्ध गराएका १,४४० झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि मृत्यु भएका तथा फेला परेका शवको संख्या ४८९ पुगेको जनाइएको छ। शवलाई सुरक्षित र व्यवस्थित रूपमा राख्न नेपाल रेडक्रस सोसाइटीले गृह मन्त्रालयलाई १ हजार ४४० वटा शव प्याक गर्ने झोला उपलब्ध गराइसकेको छ। तर, शव फेला पर्ने क्रम बढ्दै गएपछि उक्त संख्या पर्याप्त नभएको भन्दै भारत सरकारबाट थप झोला सहयोगस्वरूप ल्याउने तयारी भइरहेको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले रेडक्रसबाट शव व्यवस्थापनका लागि आवश्यक झोला प्राप्त भइसकेको पुष्टि गर्दै आवश्यकता बढेकाले भारत सरकारसँग थप झोला माग गर्न लागिएको जानकारी दिएका छन्। नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशाल भण्डारीका अनुसार शुक्रबार झापाबाट थप ४०० वटा झोला ल्याइँदैछ। ती झोला नवलपरासी, धादिङ र चितवनमा फेला परेका शवको व्यवस्थापनमा प्रयोग गरिनेछ। रेडक्रसले आफ्नो केन्द्रीय कार्यालयबाट पनि थप झोला मगाएको उनले ब...
रसुवाको हाइड्रोपावर सुरुङमा फसेकाको उद्धार तीव्र

रसुवाको हाइड्रोपावर सुरुङमा फसेकाको उद्धार तीव्र

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
रसुवाको हाइड्रोपावर सुरुङमा फसेकाको उद्धार तीव्र रसुवास्थित एक जलविद्युत् आयोजनाको सुरुङभित्र बाढीका कारण फसेका मानिसहरूको उद्धार कार्य नेपाली सेनाले बिहानैदेखि तीव्र बनाएको छ। जटिल भौगोलिक अवस्था र जोखिमपूर्ण परिस्थितिका बीच परिचालित सेनाको उद्धार टोलीले हालसम्म दुई जनालाई सुरुङबाट सकुशल बाहिर निकालिसकेको छ। सुरुङभित्र अझै केही व्यक्ति फसेको आशंकामा सेनाले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ। अप्ठ्यारो भू–बनोट र चुनौतीपूर्ण अवस्थाका बाबजुद सेनाले आवश्यक प्राविधिक उपकरणसहित विशेष तालिमप्राप्त जनशक्ति परिचालन गरी सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी तथा उद्धारलाई तीव्र बनाएको छ।...
गृहमन्त्री गुरुङ नुवाकोटमा, उद्धार तथा राहत व्यवस्थापनको स्थलगत अनुगमन

गृहमन्त्री गुरुङ नुवाकोटमा, उद्धार तथा राहत व्यवस्थापनको स्थलगत अनुगमन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
गृहमन्त्री सुधन गुरुङ नुवाकोट पुग्नुभएको छ। उहाँ स्थलगत सडकमार्ग हुँदै नुवाकोट पुगेर विपद् प्रभावित क्षेत्रको अवस्था र जारी उद्धार तथा राहत कार्यबारे जानकारी लिनुभएको हो। गृहमन्त्री गुरुङले नुवाकोटस्थित नेपाली सेनाको नं. १ सैन्य तालिम गणमा पुगेर विपद्को पछिल्लो अवस्था, उद्धार अभियान तथा राहत व्यवस्थापनको स्थलगत निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले प्रभावित नागरिकको उद्धार तथा राहत वितरणलाई थप प्रभावकारी बनाउन सम्बन्धित सुरक्षा निकाय र उद्धार टोलीलाई आवश्यक निर्देशन दिनुभएको छ। यसअघि काठमाडौंमै रहेर उहाँले विभिन्न जिल्लामा विपद्को अवस्था तथा उद्धार कार्यबारे सुरक्षा निकाय र सम्बन्धित टोलीसँग निरन्तर समन्वय गर्दै जानकारी लिँदै आउनुभएको थियो। पछिल्लो अवस्थाको प्रत्यक्ष निरीक्षण तथा व्यवस्थापनमा आवश्यक समन्वय गर्न उहाँ नुवाकोट पुग्नुभएको बताइएको छ। गृहमन्त्री गुरुङ केही समय नुवा...
श्री स्वस्थानी–बासुकी टोलद्वारा बाढीपीडितका लागि राहत संकलन

श्री स्वस्थानी–बासुकी टोलद्वारा बाढीपीडितका लागि राहत संकलन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौंको टोखा नगरपालिका–८, जालपा चोकमा रहेको श्री स्वस्थानी–बासुकी टोल विकास संस्थाले बाढीपीडितका लागि राहत संकलन कार्यक्रम सञ्चालन गरेको छ। बाढी तथा विपद्बाट प्रभावित परिवाच्रलाई सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीय बासिन्दा तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले स्वेच्छिक रूपमा राहत सामग्री तथा सहयोग उपलब्ध गराइरहेका छन्। संस्थाले विपद्को यस कठिन घडीमा पीडित परिवारलाई साथ दिन इच्छुक सम्पूर्ण व्यक्ति तथा संघसंस्थालाई राहत संकलन अभियानमा सहभागी भई सहयोग गर्न आग्रह गरेको छ। स्थान : टोखा–८, जालपा चोक आयोजक : श्री स्वस्थानी–बासुकी टोल विकास संस्था...
रसुवा बाढी: सेना र निजी हेलिकप्टरबाट ११४ जनाको हवाई उद्धार, कुन हेलिकप्टरले कति उद्धार गरे ?

रसुवा बाढी: सेना र निजी हेलिकप्टरबाट ११४ जनाको हवाई उद्धार, कुन हेलिकप्टरले कति उद्धार गरे ?

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
  रसुवामा आएको भीषण बाढीपछि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर परिचालन गरी हालसम्म ११४ जनाको हवाई उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नेपाली सेनाका हेलिकप्टरबाट ८५ जना र निजी क्षेत्रका हेलिकप्टरबाट २९ जना रहेका छन्। 🇳🇵 नेपाली सेना — ८५ जना टिमुरे–धुन्चे: ६० जना टिमुरे–त्रिशूली: १३ जना मैलुङ: ५ जना बेत्रावती: ४ जना त्रिशूली–काठमाडौं: ३ जना 🚁 निजी हेलिकप्टर — २९ जना कैलाश हेलिकप्टर: ५ जना — रसुवा–टिचिङ अस्पताल प्रभु हेलिकप्टर: ८ जना — टिचिङ अस्पताल ५, वीर अस्पताल ३ फिसटेल हेलिकप्टर: ५ जना — रसुवा–टिचिङ अस्पताल सिम्रिक हेलिकप्टर: ५ जना — रसुवाबाट ३, टिचिङ अस्पतालबाट २ अन्नपूर्ण हेलि: ४ जना — रसुवा–टिचिङ अस्पताल एभरेस्ट हेलिकप्टर: २ जना — रसुवा–टिचिङ अस्पताल 📌 कुल हवाई उद्धार: ११४ जना विपत्तिको समयमा उद्धार कार्यमा खटिएका नेपाली सेना तथा निजी...