हावाहुरी र वर्षाले सर्लाहीमा मकै बालीमा क्षति
सर्लाहीसहित मधेश प्रदेशमा करिब पाँच महिनापछि शुक्रबार साँझ मेघगर्जन र तीव्र हावाहुरीसहित वर्षा भएको छ।
यहाँ कात्तिकयता पानी नपरेको अवस्थामा शुक्रबार बेलुकी वर्षा भएको हो। यसअघि गएको सोमबार पनि मधेशका विभिन्न स्थानमा हावाहुरीसहित सामान्य वर्षा भएको थियो।
एक हप्तामै दुई पटक तीव्र हावाहुरी चल्दा भर्खरै घोगा लागेको हाइब्रिड मकै बालीमा व्यापक क्षति पुगेको किसानहरूले बताएका छन्। राम्रो आम्दानी हुने आशामा किसानहरूले बीउबिजन, मल, किटनाशक औषधि तथा श्रममा लगानी गरेका थिए।
लालबन्दी नगरपालिका–४ हरिभवनका किसान केदार कार्कीका अनुसार यस वर्ष मकै खेती बढेका बेला हप्ताभित्रै दुई पटक आएको हावाहुरीले मकैका बोट ढालेको छ। शुक्रबार साँझको हावाहुरीले कर्मैया, हरिवन, लालबन्दी, जब्दी, हरिभवन, हरिपुर, जियाजोर, रानिगन्ज, परवानिपुर र घारिबथानलगायत क्षेत्रका मकै बालीमा बढी क्षति पुर्याएको छ।
बागमती नगरपाल...















