मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक: कसको कति सम्पत्ति
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत प्रधानमन्त्री बालेन शाहसहित मन्त्रिपरिषद्का सदस्यहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणले मन्त्रीहरूको चल–अचल सम्पत्ति, बैंक मौज्दात, सेयर, ऋण तथा आयस्रोतबारे विस्तृत जानकारी दिएको छ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह
काठमाडौं–९ मा आमाको नाममा ५ आना र धनुषामा १.२ विघा जमिन रहेको उल्लेख छ। बुवाको नाममा महोत्तरीमा ९ विघा जग्गा छ। श्रीमतीसँग संयुक्त रूपमा १९० तोला सुन रहेको जनाइएको छ। बैंक खातामा १ करोड ४६ लाख मौज्दात रहेको र आयस्रोत फेसबुक, युट्युब र स्पोटिफाइ रहेको उल्लेख गरिएको छ। सामाजिक सञ्जालका फलोअर्स संख्या पनि विवरणमा समावेश गरिएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्ले
ललितपुर, काभ्रे, तनहुँलगायत जिल्लामा घर तथा अपार्टमेन्ट छन्। विभिन्न बैंकमा करिब १ करोड ९० लाख मौज्दात रहेको छ। ४५ तोला सुन तथ...















