अध्यादेशको भविष्य राष्ट्रिय सभाको हातमा, विपक्षी एकजुट हुने संकेत
Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले ल्याएका ८ वटा अध्यादेशको भविष्य अब विपक्षी दलहरूको भूमिकामा निर्भर देखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेल ले अध्यादेश जारी गरिसके पनि संसद्बाट प्रतिस्थापन विधेयक पारित नभए ती स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गते सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका थिए । त्यसपछि क्रमशः सम्पत्ति शुद्धीकरण निवारण, विश्वविद्यालय, सार्वजनिक पदाधिकारी, स्वास्थ्य विज्ञान प्रतिष्ठान, संवैधानिक परिषद् लगायतका विषयमा अध्यादेश ल्याइएको थियो । सरकारले अध्यादेशमार्फत करिब डेढ सय कानुन संशोधन गरेको छ ।
संविधानको धारा ११४ अनुसार संसद् अधिवेशन नरहेको अवस्थामा तत्काल आवश्यक परे अध्यादेश जारी गर्न सकिने व्यवस्था छ । तर संसद् बैठक सुरु भएपछि ती अध्यादेशलाई प्रतिस्थापन विधेयकका रूपमा ...














