विचार

चितवन–पर्सा निकुञ्जमा बाघको आहारा प्रजाति सर्वेक्षण सुरु

चितवन–पर्सा निकुञ्जमा बाघको आहारा प्रजाति सर्वेक्षण सुरु

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
  चितवन, जेठ १९ – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघका लागि आवश्यक आहारा प्रजातिको अवस्था अध्ययन गर्न सर्वेक्षण कार्य सुरु गरिएको छ। जेठ १ गतेदेखि सुरु भएको सर्वेक्षण अन्तर्गत नवलपरासीको त्रिवेणीदेखि रौतहटसम्म फैलिएको बाघको बासस्थान क्षेत्रमा अध्ययन भइरहेको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार सर्वेक्षणका लागि करिब ४०० वटा ट्रान्जेक्ट (मार्ग) निर्धारण गरिएको छ। ती मार्गमार्फत बाघको प्रमुख आहारा प्रजातिको संख्या, वितरण र अवस्थाबारे तथ्याङ्क संकलन गरिनेछ। बाघका प्रमुख आहारा प्रजातिमा जरायो, चितल, लगुना, रतुवा, गौरीगाई, बँदेल, निलगाई तथा बाँदर पर्दछन्। यस्तै, शुक्लाफाँटा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पाइने चौका र बाह्रसिंगा पनि बाघका महत्वपूर्ण आहारा प्रजातिका रूपमा रहेका छन्। सर्वेक्षण सम्पन्न भएपछि ‘दूरी छनोट विधि’ (Distan...
रवि लामिछानेको ८ प्रस्ताव: नेपाल–भारत सम्बन्ध ‘विकास कूटनीति’मा रूपान्तरण गर्न आग्रह

रवि लामिछानेको ८ प्रस्ताव: नेपाल–भारत सम्बन्ध ‘विकास कूटनीति’मा रूपान्तरण गर्न आग्रह

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई परम्परागत भूराजनीतिक दृष्टिकोणबाट बाहिर निकाल्दै ‘विकास कूटनीति’को आधारमा पुनर्परिभाषित गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । भारतीय दैनिक हिन्दुस्तान टाइम्समा प्रकाशित आफ्नो लेखमार्फत उनले दुई देशबीचको सम्बन्धलाई राजनीतिक तनावभन्दा माथि उठाएर लगानी, व्यापार, ऊर्जा, पर्यटन र प्रविधिमा आधारित सहकार्यतर्फ लैजानुपर्ने धारणा राखेका हुन् । लामिछानेले कूटनीतिक नियोगहरूलाई पनि राजनीतिक सम्पर्क केन्द्रभन्दा आर्थिक सहकार्य, लगानी प्रवर्द्धन र व्यापार विस्तारको ‘इन्जिन’का रूपमा रूपान्तरण गर्नुपर्ने सुझाव दिएका छन् । भारत भ्रमणका क्रममा उनले पाँच दिने औपचारिक कार्यक्रमअन्तर्गत भारतीय जनता पार्टी (भाजपा) नेतृत्वसँग भेटवार्ता गर्ने तयारीसमेत भएको रास्वपाले जनाएको छ । भेटमा दुई देशका ...
कालीमाटी बजारमा आज तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

कालीमाटी बजारमा आज तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, फोटो फिचर, विचार, समाचार
काठमाडौं, जेठ १९ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेँडा, आलु, प्याज, हरियो तरकारी, फलफूल तथा मसला बालीको मूल्य निर्धारण गरिएको हो। आजको मूल्यसूचीअनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो रु ६०, भारतीय गोलभेँडा रु ७५, रातो आलु रु ३२–३५ र भारतीय सुकेको प्याज रु ४३ कायम गरिएको छ। यस्तै, बन्दा रु ४५, स्थानीय काउली रु ८०, सेतो मूला रु २०, लाम्चो भन्टा रु ४० तथा डल्लो भन्टा रु ५० प्रतिकिलो तोकिएको छ। हरियो तरकारीतर्फ घिउ सिमी, बोडी र मकै बोडीको मूल्य प्रतिकिलो रु ८० देखि रु ११० सम्म रहेको छ भने भटमासको कोसा रु १५०, टाटे सिमी रु १३० र भिन्डी रु ५० कायम गरिएको छ। च्याउको मूल्य पनि उच्च रहेको छ, जसअनुसार कन्य च्याउ रु २६०, राजा च्याउ रु ३२०, डल्ले च्याउ रु ५०० र सिताके च्याउ रु १,००० प्रतिकिलो निर्धारण गर...
प्रधानमन्त्री शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

प्रधानमन्त्री शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विषयमा छलफल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका हुन्। बैठकमा सरकारका प्राथमिकता, नीतिगत निर्णय, मन्त्रालयगत प्रगति समीक्षा तथा समसामयिक राष्ट्रिय विषयहरूमा छलफल हुने जनाइएको छ। बैठकबाट विभिन्न महत्वपूर्ण निर्णयहरू समेत हुन सक्ने अपेक्षा गरिएको छ।...
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको कडा आपत्ति, कूटनीतिक त्रुटि भएको आरोप

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको कडा आपत्ति, कूटनीतिक त्रुटि भएको आरोप

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्मा व्यक्त गरेको अभिव्यक्तिलाई खेदजनक, गैरजिम्मेवार र राष्ट्रहित विपरीत भन्दै कडा आपत्ति जनाएको छ। एमाले महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री शाहको अभिव्यक्तिले नेपालको स्थापित कूटनीतिक अडान, द्विपक्षीय अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय एकतामाथि नकारात्मक असर पारेको उल्लेख गरिएको छ। साथै, उनले तत्काल संसद् र आम नेपाली जनतासँग माफी माग्नुपर्ने माग समेत गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “नेपालको भूमि, सीमा र राष्ट्रिय स्वाधीनता कुनै दल वा व्यक्तिको विषय होइन, यो सम्पूर्ण नेपाली जनताको साझा विषय हो।” यस्ता संवेदनशील विषयमा गैरजिम्मेवार अभिव्यक्तिले देशको कूटनीतिक मर्यादामा क्षति पुर्‍याएको एमालेको आरोप छ। एमालेले २०७७ साल जेठ ७ गते तत्कालीन सरकारको नेतृत्वमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटि...
विद्युत्‌मा भ्याट फिर्ता हुँदैन, उपभोक्तालाई असर नपर्ने गरी सहुलियत दिने तयारी : अर्थमन्त्री वाग्ले

विद्युत्‌मा भ्याट फिर्ता हुँदैन, उपभोक्तालाई असर नपर्ने गरी सहुलियत दिने तयारी : अर्थमन्त्री वाग्ले

Breaking News 1, Breaking News 2, अर्थ, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत्‌मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) सरकार पछाडि नहट्ने स्पष्ट पारेका छन् । तर अन्तिम उपभोक्तालाई प्रत्यक्ष असर नपर्ने गरी सहुलियत दिने विकल्पमा छलफल भइरहेको उनले बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले सोमबार आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले आगामी साउनदेखि नै उपभोक्तालाई मार नपर्ने व्यवस्था ल्याइने संकेत गरे । उनका अनुसार विद्युत्‌मा भ्याट लगाउने निर्णय सरकारको ठूलो आँट हो र विगतमा छलफल भए पनि कार्यान्वयन हुन नसकेको अवस्था थियो । “विद्युत्‌मा भ्याट आउँछ, तर उपभोक्तालाई असर नपर्ने गरी व्यवस्था गर्छौं,” उनले भने । आगामी बजेटमा ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि कर लाग्ने व्यवस्थापछि आलोचना बढेको छ । यसबारे प्रतिक्रिया दिँदै अर्थमन्त्री वाग्लेले सरकारले उपभोगमा आधारित कर प्रणालीतर्फ अघि बढेको बताए...
प्रधानमन्त्री शाहको सीमा अभिव्यक्तिपछि भारतीय मिडियामा व्यापक चर्चा

प्रधानमन्त्री शाहको सीमा अभिव्यक्तिपछि भारतीय मिडियामा व्यापक चर्चा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई भारतीय सञ्चारमाध्यमहरूले प्रमुख समाचारका रूपमा प्रकाशित गरेका छन्। संसद्मा श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई र नेकपा एमालेकी उपनेता पद्मा अर्यालको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘भारतले मात्र नभई नेपालले पनि कतिपय स्थानमा भारतीय भूमि मिचेको हुन सक्ने’ भन्दै दुवै देशले छलफलमार्फत सीमा विवाद समाधान गर्नुपर्ने बताएका थिए। प्रधानमन्त्रीको यो अभिव्यक्तिपछि भारतका विभिन्न सञ्चारमाध्यमहरूमा विषयले ठूलो प्राथमिकता पाएको छ। बीबीसी हिन्दी र नवभारत टाइम्सले प्रधानमन्त्रीको भनाइलाई उद्धृत गर्दै यसलाई ‘आश्चर्यजनक’ टिप्पणीका रूपमा प्रस्तुत गरेका छन्। ती समाचारमा सीमा विवादलाई वार्तामार्फत समाधान गर्नुपर्ने प्रधानमन्त्रीको भनाइलाई समेत समेटिएको छ। त्यस्तै जी न्युजले यसला...
संसदमा प्रधानमन्त्रीको स्पष्ट सन्देश: पहिलो वर्ष सुशासनमा केन्द्रित, भ्रष्टाचार नियन्त्रण प्राथमिकता

संसदमा प्रधानमन्त्रीको स्पष्ट सन्देश: पहिलो वर्ष सुशासनमा केन्द्रित, भ्रष्टाचार नियन्त्रण प्राथमिकता

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको पहिलो वर्षलाई ‘सुशासनको वर्ष’ का रूपमा अघि बढाइएको स्पष्ट गरेका छन्। उनले भ्रष्टाचार, अनियमितता र बेथिति नियन्त्रणलाई सरकारको प्रमुख प्राथमिकता बनाइएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा रास्वपा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले विकास निर्माणलाई रोक्ने नभइ सुशासनलाई आधार बनाएर अघि बढ्ने सरकारको नीति रहेको स्पष्ट पारे। उनका अनुसार पहिलो वर्षमा राज्यका विभिन्न निकायमा देखिएका अनियमितता, बेथिति र भ्रष्टाचार नियन्त्रण गर्दै प्रणालीलाई बलियो बनाउने लक्ष्य राखिएको छ। प्रधानमन्त्रीले भने, “हाम्रो पार्टीका मन्त्री र सभापतिले मुख्य प्राथमिकता सुशासन हो भन्दै आउनुभएको छ। पहिलो वर्षलाई सुशासनको वर्ष भनेका छौँ। यसको अर्थ विकास रोक्ने होइन। तर यो वर्ष विभिन्न निकायलाई निगरानीमा राखेर बेथिति ह...
नेपाल भ्रमणमा अमेरिकी उपविदेशमन्त्री सारा रोजर्स, ‘एसेन्ट समिट २०२६’ मा मुख्य सम्बोधन गर्ने

नेपाल भ्रमणमा अमेरिकी उपविदेशमन्त्री सारा रोजर्स, ‘एसेन्ट समिट २०२६’ मा मुख्य सम्बोधन गर्ने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्स औपचारिक भ्रमणका लागि नेपाल आइपुगेकी छन्। नेपालस्थित अमेरिकी दूतावास ले आइतबार उनको नेपाल आगमनको जानकारी दिँदै भ्रमणका विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो। दूतावासका अनुसार उपविदेशमन्त्री रोजर्सले काठमाडौंमा आयोजना हुने ‘एसेन्ट समिट २०२६’ मा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नेछिन्। भ्रमणका क्रममा उनले नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, अमेरिकन चेम्बर अफ कमर्सका प्रतिनिधिहरू तथा अमेरिकी विदेश मन्त्रालयका विभिन्न कार्यक्रमका पूर्व-सहभागीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटघाटका क्रममा उनले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता तथा डिजिटल स्वतन्त्रताको प्रवर्द्धनका विषयमा आफ्नो धारणा राख्ने जनाइएको छ। साथै, खुला समाज र आर्थिक समृद्धिका लागि यी विषयहरूको महत्त्वबारे पनि छलफल हुने दूतावासले जनाएको छ...
डडेल्धुरामा सशस्त्र प्रहरीका जवानसहित दुई जना सम्पर्कविहीन, खोजी कार्य तीव्र

डडेल्धुरामा सशस्त्र प्रहरीका जवानसहित दुई जना सम्पर्कविहीन, खोजी कार्य तीव्र

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, विचार, समाचार
डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–५ क्षेत्रमा सशस्त्र प्रहरी बलका एक जवानसहित दुई जना सम्पर्कविहीन भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार सम्पर्कविहीन हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी)मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन्। प्रहरीका अनुसार शुक्रबारदेखि सम्पर्कमा नरहेका उनीहरू मामाभान्जा नाता पर्ने व्यक्ति हुन्। घटनाबारे जानकारी प्राप्त भएपछि सुरक्षाकर्मीले खोजी कार्यलाई तीव्रता दिएका छन्। प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहले महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेको जानकारी दिँदै नदीमा बगेको हुन सक्ने आशंका गरिएको बताए। सोही आधारमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायले नदी आसपासका क्षेत्रमा खोजी अभियान सञ्चालन गरिरहेका छन्। बेपत्ता दुवै जनाको अवस्था ह...