निजी विद्यालयलाई दबाएर होइन, शिक्षा सुधारेर अघि बढौँ
फेसबुकको newsfeed स्क्रोल गर्दै गर्दा एउटा पोस्टमा आँखा अडियो—
“अब सामुदायिक विद्यालयहरूले आफ्नो बेञ्च सफा गर्न थाले हुन्छ, ठूलो संख्यामा विद्यार्थी भर्ना हुन आउँदै छन्।”
केही क्षण सोचें। आजको नेपालमा आर्थिक दबाब, रोजगारीको अनिश्चितता र सरकारी नीतिहरूको प्रभावले अभिभावकहरूलाई नयाँ विकल्प खोज्न बाध्य बनाइरहेको छ।
पछिल्लो समय सरकारले निजी विद्यालय (बोर्डिङ स्कुल) माथि विभिन्न नियम, शुल्क नियन्त्रण र निगरानी बढाएको देखिन्छ। यस्तो अवस्थामा के साँच्चै विद्यार्थीहरूको संख्या सामुदायिक विद्यालयतर्फ बढ्ने हो त?
तर अझ गहिरो प्रश्न उठ्छ—के सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन यस्तो अवस्था आउनै पर्ने हो?
अहिले पनि धेरै अभिभावकले आफ्ना छोराछोरीलाई कक्षा ७–८ सम्म निजी विद्यालयमा पढाएर पछि मात्र सामुदायिक विद्यालयमा सार्ने गरेका छन्। किन? के यो केवल खर्चको कारण हो, कि गुणस्तर र विश्वासको पनि...















