बागेश्वर धाम मा महाशिवरात्रिमा ३०० कन्याको सामूहिक विवाह, १६८० कन्याका ‘धर्मपिता’ बने धीरेन्द्र कृष्ण शास्त्री
Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, मधेस प्रदेश, समाचार
महाशिवरात्रिको पावन अवसरमा भारतको मध्यप्रदेशस्थित बागेश्वर धाममा भव्य सामूहिक कन्या विवाह कार्यक्रम सम्पन्न भएको छ। यस वर्ष करिब ३०० गरिब तथा असहाय कन्याहरूको वैदिक विधिअनुसार विवाह सम्पन्न गरिएको बागेश्वर धामका शिष्य कन्हैया पटेलले जानकारी दिएका छन्।
मन्दिरमा भक्तजनहरूले चढाएको दानपेटीबाट संकलित रकममार्फत हरेक वर्षजस्तै यस वर्ष पनि आर्थिक रूपमा विपन्न परिवारका छोरीहरूको विवाह गराइएको हो। कार्यक्रममा नेपालबाट एक कन्या समेत छनोट गरिएको बताइएको छ।
यो सामूहिक विवाह कार्यक्रम सातौँ संस्करणका रूपमा आयोजना गरिएको हो। करिब दुई महिनासम्म फारम संकलन गरी घर–घर पुगेर छनोट प्रक्रिया अघि बढाइएको थियो। ४० सदस्यीय टोलीले करिब ३० हजार किलोमिटर यात्रा गर्दै दुई महिनासम्म खटिएर ३०० कन्याको अन्तिम छनोट गरेको जनाइएको छ। तीमध्ये १०८ आदिवासी समुदायका कन्याहरू समावेश छन्।
बागेश्वर धामका पिठाधीश्वर धीरेन्द्...















