विश्वकपमा केप भर्डेको चमत्कारिक यात्रा जारी, उरुग्वेलाई २–२ को बराबरीमा रोक्यो
मियामी । पहिलो पटक फिफा विश्वकपमा सहभागिता जनाएको केप भर्डेले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै दुई पटकको विश्वविजेता उरुग्वेलाई २–२ गोलको रोमाञ्चक बराबरीमा रोक्न सफल भएको छ।
समूह ‘एच’ अन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा केप भर्डेले उरुग्वेसँग अंक बाँड्दै नकआउट चरण प्रवेशको आशा जीवित राखेको हो।
यसअघि आफ्नो पहिलो खेलमा स्पेनलाई गोलरहित बराबरीमा रोक्दै सबैलाई चकित पारेको केप भर्डेले उरुग्वेविरुद्ध पनि साहसिक प्रदर्शन गर्यो। खेलको २१औँ मिनेटमा केभिन पिनाले करिब ३० यार्ड टाढाबाट प्रहार गरेको आकर्षक फ्रिकिक गोलमा परिणत भएपछि केप भर्डेले अप्रत्याशित अग्रता लिएको थियो।
तर अग्रता जोगाउने प्रयासमा डिफेन्स कमजोर बन्दा उरुग्वे खेलमा फर्कियो। म्याक्सी अराउजोले डाइभिङ हेडरमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि पहिलो हाफको इन्जुरी समयमा अगस्टिन कानोबियोले गोल गर्दै उरुग्वेलाई २...















