रास्वपाद्वारा ७७ वटै जिल्लामा निर्वाचन समिति गठन
Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्ला अधिवेशनको तयारीलाई तीव्रता दिँदै देशभरका ७७ वटै जिल्लामा निर्वाचन समिति गठन गरेको छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार शनिबार र आइतबार हुने जिल्ला अधिवेशनका लागि प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको हो।
उनले सबै जिल्लामा निर्वाचन समिति परिचालन भइसकेको र महाधिवेशनको कार्यतालिकाअनुसार अधिवेशनसम्बन्धी कामहरू अगाडि बढिरहेको जानकारी दिए। उनका अनुसार समितिले जिल्लास्तरीय अधिवेशन सम्पन्न गराएर प्रतिवेदन केन्द्रमा बुझाउनेछ।
केही स्थानीय तहमा परेको उजुरीका कारण बागमती र मधेश प्रदेशका केही पालिकामा अधिवेशन स्थगित गरिएको छ भने कतिपय स्थानमा पुनः निर्वाचन गराउन निर्देशन दिइएको केसीले बताए।
रास्वपाको विद्यमान विधानअनुसार जिल्ला समितिमा एक सभापति, एक उपसभापति, एक सचिव, एक सहसचिव तथा पाँच जना समावेशी...















