कर्णाली र सुदूरपश्चिमलाई आयुर्वेदको केन्द्र बनाउने स्वास्थ्य मन्त्रीको घोषणा
Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मनोरञ्जन, समाचार, सुदूरपश्चिम, स्वस्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आयुर्वेदिक औषधिको अनुसन्धान तथा उत्पादन केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएकी छन्।
हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको सदुपयोग गर्दै आयुर्वेद औषधि उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउने सरकारको दीर्घकालीन योजना रहेको उनले स्पष्ट पारिन्। फार्मा एक्स्पोमा उद्योगी–व्यवसायीहरूलाई सम्बोधन गर्दै मन्त्री गौतमले एलोपेथिक (आधुनिक) औषधिको उत्पादन मध्य र पूर्वी नेपालमा केन्द्रित भएकाले अब आयुर्वेदिक क्षेत्रलाई पश्चिमतर्फ विस्तार गर्न आवश्यक रहेको बताइन्।
उनका अनुसार यसले देशको सन्तुलित विकासमा टेवा पुर्याउने र आवश्यक पर्ने विभिन्न प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न सम्भव हुनेछ।
हालै जुम्ला भ्रमणबाट फर्किएकी मन्त्री गौतमले हिमाली क्षेत्रमा पाइने जडीबुटीको अनुसन्धान र उपयोग बढाउनुपर्नेमा जोड द...















