बागमती

विश्वकपमा केप भर्डेको चमत्कारिक यात्रा जारी, उरुग्वेलाई २–२ को बराबरीमा रोक्यो

विश्वकपमा केप भर्डेको चमत्कारिक यात्रा जारी, उरुग्वेलाई २–२ को बराबरीमा रोक्यो

Breaking News 1, Breaking News 2, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
मियामी । पहिलो पटक फिफा विश्वकपमा सहभागिता जनाएको केप भर्डेले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै दुई पटकको विश्वविजेता उरुग्वेलाई २–२ गोलको रोमाञ्चक बराबरीमा रोक्न सफल भएको छ। समूह ‘एच’ अन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा केप भर्डेले उरुग्वेसँग अंक बाँड्दै नकआउट चरण प्रवेशको आशा जीवित राखेको हो। यसअघि आफ्नो पहिलो खेलमा स्पेनलाई गोलरहित बराबरीमा रोक्दै सबैलाई चकित पारेको केप भर्डेले उरुग्वेविरुद्ध पनि साहसिक प्रदर्शन गर्‍यो। खेलको २१औँ मिनेटमा केभिन पिनाले करिब ३० यार्ड टाढाबाट प्रहार गरेको आकर्षक फ्रिकिक गोलमा परिणत भएपछि केप भर्डेले अप्रत्याशित अग्रता लिएको थियो। तर अग्रता जोगाउने प्रयासमा डिफेन्स कमजोर बन्दा उरुग्वे खेलमा फर्कियो। म्याक्सी अराउजोले डाइभिङ हेडरमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि पहिलो हाफको इन्जुरी समयमा अगस्टिन कानोबियोले गोल गर्दै उरुग्वेलाई २...
ग्यास विक्रेता महासंघ नेपाल द्वारा आयोजित अकाउन्टिङ सफ्टवेयर सम्बन्धी तालिम भब्य रुपमा सम्पन्न

ग्यास विक्रेता महासंघ नेपाल द्वारा आयोजित अकाउन्टिङ सफ्टवेयर सम्बन्धी तालिम भब्य रुपमा सम्पन्न

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, ब्यापार, समाचार
ग्यास विक्रेता महासंघ नेपालले ग्यास विक्रेताहरूलाई आधुनिक प्रणालीमा आधारित हिसाब–किताब तथा कारोबार व्यवस्थापनमा सहजता प्रदान गर्ने उद्देश्यले ई–बिलिङ तथा अकाउन्टिङ सफ्टवेयर सम्बन्धी विशेष तालिम तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममार्फत विक्रेताहरूलाई कारोबारमा हुने मिसम्याच (गलत हिसाब–किताब) बाट जोगाउनका लागि कम खर्चमा, सरल र सहज रूपमा प्रयोग गर्न सकिने सफ्टवेयर प्रणाली महासंघले उपलब्ध गराएको जानकारी दिइएको छ। यस प्रणालीमार्फत विक्रेताहरूले आफ्नो दैनिक खरिद–बिक्री, हिसाब–किताब तथा कर सम्बन्धी विवरणहरू डिजिटल रूपमा व्यवस्थापन गर्न सक्ने व्यवस्था मिलाइएको छ। कार्यक्रममा ग्यास विक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्याल, वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद हुलाल, उपाध्यक्षहरू गेहेन्द्र रिजाल, रामप्रसाद ज्ञवाली तथा राधिका महर्जन, सचिव कृष्ण गैरे, कोषाध्यक्ष रविन कार...
कागेश्वरी मनोहरा नगर समितिको प्रथम वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न

कागेश्वरी मनोहरा नगर समितिको प्रथम वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, सुरक्षा
  ग्यास विक्रेता संघ नेपाल, काठमाडौं अन्तर्गत कागेश्वरी मनोहरा नगर समितिको प्रथम वार्षिक साधारण सभा काठमाडौंस्थित हाइली क्रियटिभ स्कुलमा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता कागेश्वरी मनोहरा नगर समितिका अध्यक्ष प्रकाश लामिछानेले गरेका थिए भने कार्यक्रम सञ्चालक बसन्तराज पोखरेलले गरेका थिए। प्रमुख अतिथिका रूपमा कागेश्वरी मनोहरा नगरपालिका–७ का कार्यवाहक अध्यक्ष भक्त थापा उपस्थित थिए। त्यसैगरी, विशिष्ट अतिथिका रूपमा ग्यास विक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालको उपस्थिति रहेको थियो। कार्यक्रममा अतिथिका रूपमा बृदिगम्भीर पण्डित, महेश्वर चापागाईं, हरिकृष्ण ढकाल, रामप्रसाद ज्ञवाली, गेहेन्द्र रिजाल, कुञ्ज गेटे, रविन कार्की, डिलराज भट्टराई, हेमबहादुर थापा, मञ्जु थापालगायत विभिन्न ग्यास डिलर तथा व्यवसायिक संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। ...
रास्वपा महाधिवेशनमा शीर्ष नेताको अनुपस्थिति, राजनीतिक वृत्तमा चर्चा

रास्वपा महाधिवेशनमा शीर्ष नेताको अनुपस्थिति, राजनीतिक वृत्तमा चर्चा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । आइतबारदेखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी नहुने भएका छन्। महाधिवेशनमा शुभकामना दिन नेपाली कांग्रेस, एमाले र नेकपाबाट अध्यक्ष वा शीर्ष तहका नेताको सट्टा अन्य प्रतिनिधि पठाउने तयारी भएपछि यसको राजनीतिक अर्थबारे चर्चा हुन थालेको छ। नेपाली कांग्रेसले हालसम्म प्रतिनिधिको टुंगो लगाएको छैन। एमालेले पूर्वउपमहासचिव प्रदीप ज्ञवालीलाई पठाउने निर्णय गरेको छ भने नेकपाबाट उपमहासचिव वर्षमान पुन सहभागी हुने भएका छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन भने स्वयं महाधिवेशनमा उपस्थित हुने कार्यक्रम छ। संसदमा प्रभावशाली उपस्थिति बनाएको रास्वपाको महाधिवेशनमा प्रमुख दलका शीर्ष नेताहरू अनुपस्थित रहने निर्णयलाई कतिपयले राजनीतिक दूरी वा प्रतिस्पर्धी दलप्रतिको दृष्टिकोणका रूपमा व्याख्या गरेका छन्। विशेषगरी एमाले...
राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गर्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत

राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गर्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरेको छ। प्रतिनिधिसभाको आज बसेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सभाले अनुमोदन गरेको हो। प्रस्तावमाथिको सामान्य छलफलमा सांसदहरूले उठाएका जिज्ञासा तथा सुझावहरूको जवाफ दिँदै अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्षको बजेट देशको विद्यमान आर्थिक क्षमताअनुसार तयार गरिएको र आवश्यकताका आधारमा मात्र ऋण लिने व्यवस्था गरिएको स्पष्ट पारे। उनले ऋणको वास्तविक अवस्थालाई अर्थतन्त्रको समग्र आकारसँग तुलना गरेर मूल्याङ्कन गर्नुपर्ने उल्लेख गर्दै हाल मुलुकको पुरानो ऋण करिब ३० खर्ब रुपैयाँ रहेको जानकारी दिए। अर्थमन्त्री वाग्लेले सरकारले आर्थिक अनुशासन कायम राख्दै सन्तुलित बजेट ल्याएको बताउँदै भने, “बजेटको आकार पनि सन्तुलित छ र ऋणको भार पनि अना...
सार्वजनिक खरिद ऐनका जटिलता हटाउन अध्यादेश ल्याउनुपर्‍यो : कानुनमन्त्री गौतम

सार्वजनिक खरिद ऐनका जटिलता हटाउन अध्यादेश ल्याउनुपर्‍यो : कानुनमन्त्री गौतम

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल समाधान गर्न सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ ल्याउनुपरेको बताएकी छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा उक्त अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले संसद् अधिवेशन नभएको अवस्थामा सार्वजनिक खरिदसम्बन्धी समस्याको शीघ्र समाधानका लागि अध्यादेश ल्याइएको स्पष्ट पारिन्। उनले सार्वजनिक खरिद ऐनका कारण विकास निर्माणका काममा बारम्बार अवरोध सिर्जना हुने विषय संसद्मा पटक–पटक उठ्दै आएको उल्लेख गर्दै सरकारको कामलाई तीव्रता दिन कानुनी व्यवस्था संशोधन आवश्यक भएको बताइन्। मन्त्री गौतमले प्रतिस्थापन विधेयकमार्फत आवश्यक सुधारका विषय थप मिलाउन सकिने उल्लेख गर्दै सरकारले जनताका जल्दाबल्दा समस्या समाधान गर्न अध्यादेश ल्याएको दाबी गरिन्। उनले सरकार जनताका समस्या स...
नेपाली चिया निर्यातको अवरोध हटाउन कूटनीतिक पहल जारी : परराष्ट्रमन्त्री

नेपाली चिया निर्यातको अवरोध हटाउन कूटनीतिक पहल जारी : परराष्ट्रमन्त्री

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन सरकार कूटनीतिक तहबाट सक्रिय पहल गरिरहेको बताएका छन्। बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठ नेतृत्वको टोलीले मन्त्री खनालसँग भेट गरी भारततर्फ नेपाली चिया निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक पहल गरिदिन आग्रह गरेको थियो। भेटका क्रममा टोलीले भारतीय चिया बोर्डले लागू गरेको नयाँ व्यवस्थाका कारण नेपाली चिया उद्योग प्रभावित भएको भन्दै त्यसबाट उत्पन्न समस्याबारे परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएको थियो। सो अवसरमा परराष्ट्रमन्त्री खनालले चिया निर्यातमा देखिएको अवरोधप्रति सरकार गम्भीर रहेको र यस विषयमा भारतीय पक्षसँग निरन्तर संवाद भइरहेको जानकारी दिए। ‘चिया निर्यातमा देखिएका समस्या समाधानका लागि भारतीय अधिकारीहरूसँग कुराकानी अघि बढिसकेको छ,’ ...
सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा परेका दीपक भट्टको ६ करोड ३० लाख मूल्यको ‘१’ नम्बर प्लेट गाडी जफत

सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा परेका दीपक भट्टको ६ करोड ३० लाख मूल्यको ‘१’ नम्बर प्लेट गाडी जफत

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
सम्पत्ति शुद्धीकरणसहित विभिन्न कसुरमा पुर्पक्षका लागि थुनामा पठाइएका दीपक भट्टको करिब ६ करोड ३० लाख रुपैयाँ मूल्यको ‘०१–०३३ च १’ नम्बर प्लेट भएको लक्जरी गाडी जफत भएको छ। विशेष अदालतले बुधबार भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिँदै उक्त गाडी कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाउन निर्देशन दिएको हो। अदालतका अनुसार विभागले अब उक्त गाडीको व्यवस्थापन गर्नेछ। भट्टबाट बरामद अमेरिकी डलर र थाई भाट नेपाल राष्ट्र बैंकमा पठाउन तथा बरामद मोबाइलहरू अदालतको जिन्सीमा राख्न पनि आदेश दिइएको छ। यसै मुद्दामा सुलभ अग्रवाल पनि पुर्पक्षका लागि थुनामा पठाइएका छन्। भट्ट र अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, बीमा ऐन, धितोपत्र तथा विदेशी विनिमयसम्बन्धी कसुरका आरोपमा विभिन्न अदालतमा मुद्दा दायर गरिएको छ।...
सभामुख डिपी अर्याल र यूएईका राजदूतबीच शिष्टाचार भेट

सभामुख डिपी अर्याल र यूएईका राजदूतबीच शिष्टाचार भेट

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि Abdulla Jarwan Al Shamsi बीच शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल–United Arab Emirates सम्बन्ध, व्यापार, लगानी, पर्यटन प्रवर्द्धन तथा हवाई सेवा विस्तारलगायत विषयमा छलफल भएको बताइएको छ। सभामुख अर्यालले नेपालमा लगानीको वातावरण अझ सुदृढ बनाउन तथा दुई देशबीच हवाई उडान विस्तारका लागि सहकार्य बढाउन आग्रह गरेका छन्। साथै, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउने विषयमा समेत कुराकानी भएको जनाइएको छ।...
भारतबाट आएको मोटरसाइकल र टिपर ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते

भारतबाट आएको मोटरसाइकल र टिपर ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार
सिम्रौनगढतर्फ जाँदै गरेको टिपर र भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। आदर्श कोटवाल गाउँपालिका–४ मा भएको उक्त दुर्घटनामा मोटरसाइकलमा सवार भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन्। घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ। घटनापछि स्थानीयवासी र प्रहरी घटनास्थलमा पुगेका थिए। मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।...