रास्वपा महाधिवेशनमा शीर्ष नेताको अनुपस्थिति, राजनीतिक वृत्तमा चर्चा
काठमाडौं । आइतबारदेखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी नहुने भएका छन्। महाधिवेशनमा शुभकामना दिन नेपाली कांग्रेस, एमाले र नेकपाबाट अध्यक्ष वा शीर्ष तहका नेताको सट्टा अन्य प्रतिनिधि पठाउने तयारी भएपछि यसको राजनीतिक अर्थबारे चर्चा हुन थालेको छ।
नेपाली कांग्रेसले हालसम्म प्रतिनिधिको टुंगो लगाएको छैन। एमालेले पूर्वउपमहासचिव प्रदीप ज्ञवालीलाई पठाउने निर्णय गरेको छ भने नेकपाबाट उपमहासचिव वर्षमान पुन सहभागी हुने भएका छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन भने स्वयं महाधिवेशनमा उपस्थित हुने कार्यक्रम छ।
संसदमा प्रभावशाली उपस्थिति बनाएको रास्वपाको महाधिवेशनमा प्रमुख दलका शीर्ष नेताहरू अनुपस्थित रहने निर्णयलाई कतिपयले राजनीतिक दूरी वा प्रतिस्पर्धी दलप्रतिको दृष्टिकोणका रूपमा व्याख्या गरेका छन्। विशेषगरी एमाले...















