माओवादी उम्मेदवार राजु हरिजनमाथि हातपात प्रकरण: थप तीन जना पक्राउ
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) — निर्वाचन प्रचारप्रसारका क्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उम्मेदवार राजु हरिजनमाथि दुर्व्यवहार तथा हातपात गरेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का अनुसार फागुन ५ गते साँझ बर्दघाट नगरपालिका–१२ जमुनियामा चुनावी अभियानमा रहेका बेला अपरिचित व्यक्तिहरूको समूहले हरिजनमाथि हातपात गरी फरार भएको थियो। प्रारम्भिक सूचना तथा खोजी अभियानका आधारमा इलाका प्रहरी कार्यालय बर्दघाट र अस्थायी प्रहरी पोस्ट भटौलियाको संयुक्त टोलीले अभियुक्तहरूलाई उनीहरूकै घरबाट नियन्त्रणमा लिएको हो।
प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी वीर दत्त पन्तका अनुसार फागुन ६ गते राति करिब ११ बजे बर्दघाट नगरपालिका–१३ धनेवा निवासी २२ वर्षीय दिपिन थापा, १९ वर्षीय आयुष राना मगर र १८ वर्षीय राज वि.सी. (राम मिजार) लाई पक्र...















