बजेटपछि प्रधानमन्त्री बालेनको सन्देश : ‘ढुक्क हुनुस्’
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नागरिकलाई ‘ढुक्क हुनुस्’ भन्दै सन्देश दिएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरेलगत्तै प्रधानमन्त्री बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत छोटो प्रतिक्रिया दिँदै ‘ढुक्क हुनुस्’ लेखेका हुन्।
प्रधानमन्त्रीको उक्त संक्षिप्त सन्देशलाई सरकारले ल्याएको बजेट र आगामी योजनाप्रति विश्वास गर्न आग्रह गरेको रूपमा व्याख्या गरिएको छ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा संसद्मा उपस्थित नभएको विषयलाई लिएर विपक्षी दलहरूले आलोचना गरिरहेका बेला प्रधानमन्त्री बालेन भने बजेट प्रस्तुत हुने संयुक्त बैठकमा सहभागी भएका थिए।
अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन्। यो ...















