भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीका बहुमूल्य सामान बरामद
Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार, सुदूरपश्चिम, सुरक्षा
धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको बहुमूल्य धातु, गरगहना तथा नगदसहित दुई करोडभन्दा बढी मूल्य बराबरका सामान नेपाल प्रहरीले बरामद गरेको छ ।
तीन महिनाअघि फागुन १३ गते भारतको दिल्लीस्थित राजेन्द्रनगर निवासी संजयकुमार माखीजाको घरबाट करोडौं मूल्यका धनसम्पत्ति चोरी भएपछि आरोपीहरू फरार रहेका थिए । घटनामा संलग्न बाजुराको बुढीगंगा नगरपालिका–१० का उपेन्द्र रावतसहितको समूह नेपालतर्फ भागेको खुलेपछि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक महेश शाहीका अनुसार भारतीय नागरिक संजयकुमार माखीजाले नेपाल प्रहरीमा उजुरी दिएपछि विभिन्न जिल्लासँग समन्वय गरेर अनुसन्धान सुरु गरिएको थियो ।
अनुसन्धानका क्रममा प्रहरीले उपेन्द्र रावतसहित बाजुराको खप्तड छान्ना गाउँपालिका–३ का लोकेश धामी र अछामको साँफेबगर नगरपालिका–४ का अर्जुन सुनारलाई पक्राउ गरे...















