बागमती

रौतहटको गौरमा सुरक्षा कडाइ, १८ जना नियन्त्रणमा

रौतहटको गौरमा सुरक्षा कडाइ, १८ जना नियन्त्रणमा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार
रौतहट — गौरमा देखिएको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ। प्रशासनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल संयुक्त रूपमा खटिएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवका अनुसार शान्ति–सुरक्षा कायम गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ। घटनामा संलग्न रहेको आशंकामा हालसम्म १८ जनालाई नियन्त्रणमा लिइएको उनले बताए। दुई समुदायबीच संवादमार्फत समाधान खोज्न पहल भइरहेको जनाउँदै प्रशासनले स्थिति सामान्य बनाउन प्रयास जारी रहेको जानकारी दिएको छ। घटनालाई उक्साउने व्यक्तिहरूलाई निगरानीमा राखिएको र आवश्यक परे कानुनी कारबाही अघि बढाइने चेतावनी पनि प्रशासनले दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको भन्दै सर्वसाधारणलाई संयमित र शान्त रहन प्रशासनले आग्रह गरेको छ।...
बाघ गणनाका क्रममा ६० क्यामेरा हराए

बाघ गणनाका क्रममा ६० क्यामेरा हराए

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
  चितवन — चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज सम्मिलित कम्प्लेक्स क्षेत्रमा सञ्चालन गरिएको बाघ गणनाका क्रममा ६० वटा क्यामेरा हराएका छन्। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार समस्याग्रस्त भएका ८५ क्यामेरामध्ये ६० वटा फेला नपरेका र २५ वटा बिग्रिएका छन्। यस कम्प्लेक्समा कुल १ हजार ७८० क्यामेरा प्रयोग गरिएको थियो। गत पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणना बिहीबार सम्पन्न भएको हो। दुई निकुञ्जलाई एउटै कम्प्लेक्सका रूपमा विभाजन गरी तीन ब्लक बनाएर गणना गरिएको थियो। ९५८ वटा ग्रिड निर्धारण गरी प्रत्येक दुई वर्ग किलोमिटर क्षेत्रलाई आधार मानेर क्यामेरा जडान गरिएको बताइएको छ। प्रत्येक ब्लकमा १७ रातसम्म क्यामेरा राखेर तथ्यांक सङ्कलन गरिएको थियो। यसअघि सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा ३५५ वटा वयस्क बाघ रहेका थिए। उक्त तथ्यांकअनुसार चितवनमा १२८...
अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज : भाषिक विविधता संरक्षणमा जोड

अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज : भाषिक विविधता संरक्षणमा जोड

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ — आज विश्वभर २१ फेब्रुअरीका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। भाषिक अधिकारको संरक्षण, सांस्कृतिक पहिचानको सम्मान तथा बहुभाषिक शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। सन् १९५२ मा तत्कालीन पूर्वी पाकिस्तान (हाल बङ्गलादेश) मा बङ्गाली भाषालाई मान्यता दिन माग गर्दै गरिएको आन्दोलनका क्रममा विद्यार्थीमाथि गोली प्रहार भई ज्यान गुमाउनुपरेको घटनाको स्मरणमा यो दिवस मनाउन थालिएको हो। उक्त घटनालाई अन्तर्राष्ट्रिय मान्यता दिँदै यूनेस्कोले सन् १९९९ नोभेम्बर १७ मा २१ फेब्रुअरीलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा घोषणा गरेको थियो। त्यसयता सन् २००० देखि संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर औपचारिक रूपमा यो दिवस मनाइँदै आएको छ। नेपाल बहुभाषिक देशका रूपमा परिचित छ। भाषा आयोग नेपालको प्रतिवेदनअनुसार नेपालमा बोलिने भाषाको सङ्ख्या ...
काठमाडौँका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति अवरुद्ध हुने

काठमाडौँका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति अवरुद्ध हुने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, विचार, समाचार
काठमाडौँ — नेपाल विद्युत प्राधिकरण अन्तर्गत बानेश्वर वितरण केन्द्रका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति अस्थायी रूपमा बन्द हुने भएको छ। सिनामङ्गल चोक तथा तिलगङ्गा आँखा अस्पताल अगाडि रहेको ११ मिटर अग्लो हाई–टेन्सन पोल ढल्किएपछि त्यसको व्यवस्थापन तथा मर्मतका लागि ११ केभी लाइन सटडाउन गर्न लागिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बिहान ११:०० देखि १२:३० बजेसम्म बत्तिसपुतली एयरपोर्ट डेडिकेटेड फिडर (चाबहिल सबस्टेशन) अन्तर्गत पर्ने तिलगङ्गा, प्रकाश सन्यास आश्रम, शम्भुमार्ग, गौशाला तथा एयरपोर्ट आसपासका क्षेत्रहरूमा विद्युत आपूर्ति बन्द रहनेछ। त्यस्तै, दिउँसो १:०० देखि २:३० बजेसम्म न्यु एयरपोर्ट फिडर (बानेश्वर सबस्टेशन) अन्तर्गत पर्ने तीनकुने, गैरीगाउँ, सिनामङ्गल र एयरपोर्ट क्षेत्रहरूमा विद्युत अवरुद्ध हुने सूचनामा उल्लेख छ। बानेश्वर वितरण केन्द्रका प्रमुख मधुसुदन यादवका अनुसार मर्मत क...
पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोह सम्पन्न

पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोह सम्पन्न

Breaking News 1, Breaking News 2, आजको विशेष, गण्डकी, ताजा अपडेट, बागमती, समाचार
कास्की — पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशिला कार्कीले युवापुस्तालाई राष्ट्रको भावी नेतृत्वको आधार स्तम्भका रूपमा चित्रित गर्नुभयो। उहाँले वर्तमान युगमा युवाहरू नै भोलिका राजनेता, सक्षम प्रशासक, दूरदर्शी नीति–निर्माता तथा समाज रूपान्तरणका अग्रदूत हुने बताउनुभयो। “तपाईंहरूले कल्पना गर्नुभएको समुन्नत भविष्यको आधार आजैबाट तयार पार्नुपर्छ,” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “दृढ संकल्प, इमान्दारिता र जिम्मेवारीबोधले मात्र राष्ट्र निर्माणको अभियान सफल हुन्छ।” प्रधानमन्त्रीले शिक्षालाई केवल डिग्री प्राप्तिको माध्यम नभई चरित्र निर्माण, सीप विकास र सामाजिक उत्तरदायित्वसँग जोडिएको प्रक्रिया भएको उल्लेख गर्नुभयो। उहाँले स्नातक विद्यार्थीहरूलाई ज्ञान, सीप र नैतिक मूल्यमान्यतालाई व्यवहारमा उतार्दै देशको समृद्धिमा योगदान गर...
विमानस्थलबाट १३ लाखभन्दा बढीका मोबाइल र ल्यापटपसहित एक पक्राउ

विमानस्थलबाट १३ लाखभन्दा बढीका मोबाइल र ल्यापटपसहित एक पक्राउ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १३ लाख ८० हजार रुपैयाँ मूल्य बराबरका मोबाइल र ल्यापटपसहित एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१ निवासी ३४ वर्षीय सञ्जीव खड्का रहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार उनलाई शङ्कास्पद गतिविधिका आधारमा निगरानी गरेर नियन्त्रणमा लिइएको हो। उनका अनुसार गोल्डेन गेट बाहिरपट्टि शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा निगरानी गर्दा खड्काले बाह्य मुलुकबाट आएका यात्रुहरूलाई भन्सार छल्न लगाई विद्युतीय सामग्री अवैध रूपमा सङ्कलन गरी लैजान खोजेको पाइएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।...
रवि लामिछानेद्वारा रास्वपा र पुराना दलप्रति प्रतिक्रिया

रवि लामिछानेद्वारा रास्वपा र पुराना दलप्रति प्रतिक्रिया

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, लुम्बिनी, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमालेको झण्डा जलाउने घटना भए कारवाही गरिने स्पष्ट पारेका छन्। उनले भने, “रास्वपाका कार्यकर्ताले एमालेको झण्डा जलाए कारबाही हुनेछ। तर यदि कसैले घुसपैठ गरेर विवाद उत्पन्न गर्ने प्रयास गर्‍यो भने होसियार रहनुहोस्। रास्वपाले गरेको भए कारवाही हुन्छ, तर नभएर अन्यायपूर्ण प्रचार भए त्यसलाई बेवास्ता गर्नु ठीक हुन्छ।” सभामा उनले आफ्ना केही समर्थकहरूले गाली गरेको सुनेको उल्लेख गर्दै भने, “रास्वपाले सबैलाई जन्माएको होइन। यहाँका समर्थकहरू काम गर्न नसकेपछि रास्वपा बनाएका हुन्। रास्वपा तीन वर्षको पार्टी हो, यहाँ ३ वर्षको बच्चा त छैनन्, सबैजना जवान समर्थक हुन्।” लामिछानेले चोकचोकमा उभिएर आरोप लगाउनेहरूलाई जवाफ दिन नचाहेको पनि बताए। उनले भने, “मलाई आरोप लगाउनेहरूले धेरै आरोप लगाएका छन्। म तिनलाई उठेर जव...
रविले सहकारी ठगेको प्रमाण खोज्नेहरूलाई गगनको यस्तो जवाफ

रविले सहकारी ठगेको प्रमाण खोज्नेहरूलाई गगनको यस्तो जवाफ

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बागमती, राजनीति, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न छन् वा छैनन् भन्ने विषयमा करिब दुई वर्षअघि प्रतिनिधिसभामा तीव्र विवाद भएको थियो। नेपाली कांग्रेस लगायतका दलले उनीमाथि छानबिन हुनुपर्ने माग गरेका थिए भने तत्कालीन एमाले र माओवादी लगायतका दलले संलग्नता नरहेको दाबी गरेका थिए। कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै लामो समयसम्म संसद अवरोधसमेत गरेको थियो। अन्ततः एमाले नेता सूर्य थापाको नेतृत्वमा संसदीय छानबिन समिति गठन भई प्रतिवेदन बुझाइएको थियो। सोही प्रतिवेदनका आधारमा सरकारले रवि लामिछानेमाथि सहकारी ठगी सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको हो। पोखराको सूर्यदर्शन सहकारी प्रकरणबाट सुरु भएको अनुसन्धान पाँच जिल्लासम्म फैलिएको छ। ती जिल्लाका अदालतहरूले लामिछानेलाई तत्काल निर्दोष भन्न नसकिने ठहर गर्दै धरौटी माग गरेका थिए। धरौटी बुझाएर रिहा भएका लामिछानेलाई सुप्र...
७ महिनामा मुस्ताङमा ३ लाख २५ हजार पर्यटक भित्रिए

७ महिनामा मुस्ताङमा ३ लाख २५ हजार पर्यटक भित्रिए

Breaking News 1, Breaking News 2, आजको विशेष, कर्णाली, ताजा अपडेट, बागमती, समाचार
मुस्ताङ — चालु आर्थिक वर्षको सात महिनामा मुस्ताङ जिल्लामा कुल ३ लाख २५ हजार ५५८ जना पर्यटक भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार साउनदेखि माघसम्म विदेशी ६९ हजार ८१४ र स्वदेशी दुई लाख ५२ हजार ६६४ पर्यटकले मुस्ताङको भ्रमण गरेका हुन्। प्रहरी तथ्यांकअनुसार राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै भित्रिएका पर्यटकमध्ये साउनमा १९ हजार ७८१, भदौमा २३ हजार २०५, असोजमा ७५ हजार ५९९, कात्तिकमा ८३ हजार ७६६, मङ्सिरमा ४९ हजार ५०, पुसमा ३९ हजार १५३ र माघमा ३२ हजार ४ पर्यटक रहेका छन्। गत वर्ष सोही अवधिमा मुस्ताङ भ्रमण गरेका पर्यटक ३ लाख ४० हजार ७२९ थिए। यस आधारमा चालु वर्षमा १८ हजार १७१ जना अर्थात् ५.३३% कम पर्यटक भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेका अनुसार म्याग्दी र मुस्ताङको सिमाना घाँसामा, पोखरा–जोमसोम हवाईमार्ग र मनाङ हुँदै थोरङ्लापास मार्गबाट भ...
माओवादी उम्मेदवार राजु हरिजनमाथि हातपात प्रकरण: थप तीन जना पक्राउ

माओवादी उम्मेदवार राजु हरिजनमाथि हातपात प्रकरण: थप तीन जना पक्राउ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, सुदूरपश्चिम
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) — निर्वाचन प्रचारप्रसारका क्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उम्मेदवार राजु हरिजनमाथि दुर्व्यवहार तथा हातपात गरेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का अनुसार फागुन ५ गते साँझ बर्दघाट नगरपालिका–१२ जमुनियामा चुनावी अभियानमा रहेका बेला अपरिचित व्यक्तिहरूको समूहले हरिजनमाथि हातपात गरी फरार भएको थियो। प्रारम्भिक सूचना तथा खोजी अभियानका आधारमा इलाका प्रहरी कार्यालय बर्दघाट र अस्थायी प्रहरी पोस्ट भटौलियाको संयुक्त टोलीले अभियुक्तहरूलाई उनीहरूकै घरबाट नियन्त्रणमा लिएको हो। प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी वीर दत्त पन्तका अनुसार फागुन ६ गते राति करिब ११ बजे बर्दघाट नगरपालिका–१३ धनेवा निवासी २२ वर्षीय दिपिन थापा, १९ वर्षीय आयुष राना मगर र १८ वर्षीय राज वि.सी. (राम मिजार) लाई पक्र...