गृहमन्त्री गुरुङमाथि दबाब बढ्दै : रातारात सभापति लामिछानेसँग भेट
Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं — सम्पत्ति शुद्धीकरण मुद्दामा मुछिएका व्यवसायीसँग सम्बन्धित कम्पनीमा प्रत्यक्ष लगानी देखिएपछि गृहमन्त्री सुधन गुरुङमाथि राजीनामाको दबाब तीव्र बनेको छ। यही सन्दर्भमा उनी आइतबार राति रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।
भट्टसम्बद्ध ‘स्टार माइक्रो इन्स्योरेन्स’ कम्पनीमा गुरुङले आफ्नै नाममा शेयर लिएको कागजात सार्वजनिक भएसँगै विवाद चुलिएको हो। अनुसन्धानको दायरामा रहेको कम्पनीमा स्वयं गृहमन्त्रीको संलग्नता देखिँदा निष्पक्ष अनुसन्धान प्रभावित हुन सक्ने भन्दै सत्तारूढ दलभित्रैबाट राजीनामाको माग उठ्न थालेको छ।
सुरक्षास्रोतका अनुसार गुरुङ बेलुकी करिब ८ बजे लामिछाने निवास पुगेका थिए र राति १० बजेतिर त्यहाँबाट बाहिरिएका थिए। भेटका क्रममा परिवारका सदस्य वा अन्य पार्टी सहकर्मीको उपस्थिति नरहेको जनाइएको छ।
रास्वपा स्रोतले दिएको जानकारीअनुसार गुरुङले प्रधानमन्त्री बाल...















